
विराटनगरमा महायज्ञ मंगबलारदेखि सुरु हुने
विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...
काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो ।
पहिले राखिएको थियो तर त्यो शब्दमा नै ‘प्रचण्ड’ को आपत्ति रहेकाले पछि हटाईएको स्रोतको दावी छ । प्रचण्ड तयार नभएपछि न्यूनतम कार्यक्रममा एमसीसीबारे केही उल्लेख नगरिएको प्रधानमन्त्री देउवाले खुलेर नै भन्न थाल्नुभएको छ । नेपाली काँग्रेसका संस्थापन पक्षीय पदाधिकारी र पूर्वपदाधिकारीहरुको भेलामा उपसभापति विमेन्द्र निधिले एमसीसीबारे प्रश्न उठाउनुभयो । ‘एमसीसी र हुम्लामा चीनले सीमा अतिक्रमण गरेको बारेमा साझा न्यूनतम कार्यक्रममा केही समेटिएन किन ?’, निधिको प्रश्न थियो ।
जवाफमा देउवाले भन्नुभयो, ‘राख्न खोजेको हो । तर प्रचण्डले मानेनन् ।’ निधिले भन्नुभयो पार्टीले गरेको स्थलगत रिपोर्टको प्रतिवेदनले चीन तर्फबाट सीमा अतिक्रमण भएको देखिएकाले यसबारे बोल्नुपर्नेमा सरकार के कति कारणले नबोलेको हो जवाफ चाहिन्छ ।भेलामा काँग्रेस नेता जीवनबहादुर शाही पनि उपस्थित हुनुहुन्थ्यो । उहाँले पनि चीनले सीमा मिचिएको तथ्य झुटो सावित भए राजनीति छोड्ने ठोकुवा नै गर्नुभयो । तर देउवा भने यसबाट पन्छिने प्रयास गर्नुभयो । ‘राख्न खोजेको हो, प्रचण्डले मानेनन्’, प्रधानमन्त्री देउवाको जवाफ थियो ।
स्रोतका अनुसार, निधि र शाहीले प्रश्न उठाएपछि महामन्त्री पूर्णबहादुर खड्काले आश्वस्त पार्न खोज्नुभएको थियो । उहाँले यसबारे सरकारले उच्चस्तरीय टोली नै बनाएर काम अगाडि बढाउने बताउनुभयो प्रचण्ड संशोधन विना एमसीसी अनुमोदन गर्न नहुने पक्षमा उभिदै आउनुभएको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पनि प्रचण्ड एमसीसी संशोधन विना अनुमोदन गर्ने पक्षमा रहनुभएन ।
विराटनगर । श्री शिव महापुराण ज्ञान महायज्ञ मंगलबारदेखि सुरु हुने भएको छ । श्री सिद्धेश्वर महादेव सेवा समिति विराटनगर ३ हलेसी टोलको आयोजनामा महायज्ञ सुरु हुने भएको हो ।फागुन ६ देखि १४ गतेसम्म संचालन हुने...
सभामुख अग्निप्रसाद सापकोटाले कोरोनाविरुद्धको खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएकाले बिनाहिचकिचाहट निर्धक्क भएर लगाउन सम्पूर्ण नागरिकलाई आग्रह गरेका छन् । मीनभवनस्थित निजामती अस्पताल परिसरमा कोभिड- १९ विरुद्धको खोप लगाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्थित र सहजरूपमा...
विराटनगर, ९ जेठ । मोरङको बेलावारी नगरपालिका-५ मा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको टिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक...
पाँचथरमा पहिरामा परी २१ जनाको मृत्यु भएको छ । हिजोदेखि जारी वर्षाका कारण पाँचथरको चार स्थानीय तहमा २१ जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता छन् । यस्तै ६ जना घाइते भएका छन् । प्रमुख...
विराटनगर । सुनसरीको इटहरीमा राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल गठन भएको छ । इटहरीमा शुक्रबार भएको एक भेलाले राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल इटहरी उपमहानगरपालिकाको अध्यक्षमा सिर्जना बस्नेत (पराजुली) लाई चयन गरेको छ । समितिको उपाध्क्षमा समिक्षा...
विराटनगर, २९ माघ । मोरङको जहदा गाउँपालिका–१ बस्ने ५५ बर्षीया जोखनी देवी सवरीयालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा गौरीजञ्ज नगरपालिका–१ का २७ बर्षीय प्रेमलाल मण्डल पक्राउ परेका छन् । सवरियाका ज्वाई नाता पर्ने...
काठमाडौं, २ जेठ-सरकारले बेरोजगारीले कोही भोकै नपर्ने र भोकले कोही नमर्ने गरी रोजगराीको सुनिश्चितता गर्ने प्रतिबद्धता जनाएको छ । शुक्रबार सङ्घीय संसद हलमा सङ्घीय संसद र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा...
प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताइएका छन् । नेकपा चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए । कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, 'यो चुनावको...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.