जुम्ला, २८ साउन । जुम्लाको चन्दननाथ नगरपालिका-५ कार्कीवाडामा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन् । हिजाे बिहान करिब ४ बजेतिर भालुले आक्रमणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका मोबाइल पसल गर्दै आएका हेमराज रोकाया र उनकी श्रीमती निर्मला रोकाया घाइते भएका हुन् ।
हेमराजलाई बिहान धारामा नुहाउन गएका बेला भालुले हमला गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । घाइते हेमराज दम्पत्तीको उपचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।
घाइते निर्मला रोकायाको अनुहारमा अनि हेमराज रोकायाको टाउको र ढाडमा चोट लागेको अस्पतालले जनाएको छ । अहिले उनीहरू दुवैकाे स्वास्थ्य अवस्था सामान्य छ ।