लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

 न्यूज विराट
लुम्बिनीमा प्रदेश सभा सदस्यहरु बन्धक

काठमाडौं, साउन २६ । अरुलाई लोकतन्त्र र संसदीय व्यवस्थाको पाठ सिकाउने नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा सांसद् पदकै उपहास गरेको छ । माओवादी, जसपा र जनमोर्चासँग मिलेर कांग्रेसले आफ्नै सांसद्लाई रिसोर्टमा बन्धक बनाएर राखेको छ । शंकर पोखरेल नेतृत्वको एमाले सरकारलाई गिराउने प्रयासमा जुटेको विपक्षी गठबन्धनले सांसद्लाई जोगाउन भन्दै सबै सांसद्लाई रिसोर्टमा थुनेर राखेको छ ।

हाल ८० जना सदस्य रहेको लुम्बिनी प्रदेश सभामा विपक्षी गठबन्धनले आफ्नो पक्षमा ४१ जना सांसद् रहेको दाबी गर्दै आएको छ । ४१ सांसदलाई कपिलवस्तुको वाणगंगा नगरपालिकास्थित राजापानी रिसोर्टमा थुनेर राखिएको छ । बुधबार सरकार विरुद्ध विपक्षी गठबन्धले पेस गरेको अविश्वासको प्रस्ताव माथि एकै ठाउँमा मत खसाउन गठबन्धनले सांसद्लाई थुनेर राखेको हो ।

विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९ र माओवादी केन्द्रका १८ जना सांसद् छन् । त्यस्तै जनता समाजवादी पार्टीका तीन र राष्ट्रिय जनमोर्चाका एक जना सांसद् छन् । एमालेले प्रदेश प्रमुखले अहिले आह्वान गरेको बैठक र अविश्वास प्रस्ताव गैरसंवैधानिक भएको बताउँदै आएको छ । त्यसका विरुद्ध सर्वोच्च अदालतमा रिट समेत दायर भएको छ ।

सम्बन्धित समाचार

यार्सा गुम्बासहित पक्राउ परेका दुई जना सार्वजनिक

इनरुवा, २५ असोज-जिल्ला प्रहरी कार्यालय सुनसरीले यार्सा गुम्बासहित पक्राउ गरेका दुई जनालाई आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा खोटाङ रावाबँेशी गाउँपालिका–४ का २७ वर्षीय समीर गुरुङ र सङ्खुवासभा चैनपुर नगरपालिका–४ का ३२ वर्षीय श्यामकुमार...

देउवा–प्रचण्डबीच खटपट सुरु : देउवानै भन्न थाले-प्रचण्डकोपछि बेकार लागिएछ

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले...

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

काठमाडौं, ४ जेठ-नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । ३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा...

तनहुँमा मान्छे आक्रमण गर्न बस्ती छिरेको चितुवा मारियो

तनहुँ, २५ वैशाख-तनहुँको भानु नगरपालिका–४ स्थित लौडारी चुँदी कुमालगाउँमा बुधबार राति मान्छेलाई आक्रमण गर्न आएको चितुवा मारिएको छ । छिर्के बुटा भएको उमेर र तौल खुल्न नसकेको १ पोथी चितुवा मारिएको हो ।  स्थानीय रामबहादुर...

प्रदेश १ : पुनर्नियुक्त मन्त्री आङ्बुहाङले लिए सपथ

विराटनगर, २७ चैत । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले शपथ ग्रहण गरेका छन् । आङ्बुहाङ माओवादी केन्द्र पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरी आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । माओवादी...

किड्स भिलेजमा खेलकुद सप्ताह सम्पन्न

विराटनगर । बिराटनगर – ५ स्थित किड्स भिलेज स्कुलमा खेलकुद सप्ताह सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नानीबाबूहरुलाई १२ वटा बिधामा विभिन्न प्रकारका खेलकुदहरू खेलाईएको थियो। ऊक्त खेलमा प्ले ग्रुपका र सो भन्दा माथिका सबै विद्यार्थीहरूले...

लायन्सका सदस्यदेखि गभर्नरसम्म विराटनगरका विकास अधिकारी

विराटनगर । विराटनगरका युवा व्यवसायी विकाश अधिकारी लायन्स अन्तरास्ट्रिय डिस्ट्रीक ३२५ सी का गर्भनरमा निर्वाचित भएका छन् । अधिकारी आगामी बर्ष सन् २०२४– २०२५ का लागि डिस्ट्रीक गभर्नरमा शनिबार निर्वाचित भएका हुन् । विराटनगरमा शनिबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्