विराटनगर, २५ साउन । मोरङको बेलबारीकी एक बालिकालाई बलात्कार गरी फरार रहेका एकजना युवा ११ महिनापछि पक्राउ परेका छन् ।
जंगलमा निगुरो टिप्न गएकी बेलबारी लक्ष्मीमार्गकी एक बालिकाकाई बलात्कार गरेर फरार भएका बेलबारी ११ का हाम तामाङलाई बेलबारी प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
तामाङ बलिकाकै आफन्त पर्ने दुई बालकद्धारा जबरजस्ती बलात्कार गराई आफूपनि बलात्कार गरी फरार भएको प्रहरीको दाबी छ ।
जबरजस्ती करणी मुद्दामा फरार मुख्य अभियुक्त होमलाई ११ महिना पछि प्रहरीले पक्राउ गर्न सफल भएको बेलबारी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय बेलबारीबाट संयुक्त रूपमा खटिएको टोलीले चितवनको राप्ती नगरपालिका वडा नं १ बाट आइतबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिनुभयो ।
अभियुक्त होमले ती बालिकाको ३ जना नाबालकलाई कुट्ने र मार्ने धम्की दिएर बलात्कार गर्न लगाएको खुलेको छ । ती ३ जना बालकलाई भने हाजिरी जमानीमा छाडिएको छ ।