अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

 न्यूज विराट
अब माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार ढल्दैन- विमलेन्द्र निधी

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले माओवादी र जसपाले समर्थन फिर्ता लिएपनि सरकार नढल्ने बताएका छन् ।

महोत्तरीको जलेश्वरमा जिल्ला पार्टी कार्यालय (महेश्वर सिंह स्मृति भवन) र सिंहकै शालिक अनावरण गर्दै उनले काँग्रेस नेतृत्वको सरकारले नै चुनाव गराउने बताए । काँग्रेससँग ६१ सिट मात्र रहेपनि प्रधानमन्त्री बनेका पार्टी सभापति शेरबहादुर देउवाले १६५ जनाको समर्थत प्राप्त गरेको कार्यकर्तालाई सुनाए ।

कार्यकर्तालाई उनले भने, ‘काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको छ । विगतमा कांग्रेसले चुनाव हारेकै कारण देशका हरेक क्षेत्रमा भाँडभैलो भएको छ । अब अगामी चुनावमा गाछी छापलाई जिताउने वातावरण बनाउनमा लाग्नुस् ।’

कसैलाई हराउनका लागि नभएर काँग्रेसलाई प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा जिताउनका लागि आफू १४ औं महाधिवेशनबाट पार्टीको सभापति बन्न चाहेको उनको भनाई थियो ।

सम्बन्धित समाचार

गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि

काठमाडौं, ४ असार-गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज बिहान गरिएको परीक्षणमा विभिन्न ४ जिल्लाका थप ३० जनामा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमितमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का १३,...

उडान सञ्चालन योग्य अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं, १९ जेठ-कोभिड-१९ को प्रभावले २ महिनादेखि व्यावसायिक उडान हुन नसकेको मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शीघ्र सञ्चालन योग्य भएको छ । मुलुकमा जारी बन्दाबन्दी र त्यसपछिको सामान्य अवस्थामा विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय उडान...

१८ वटा युद्ध लडेका कमाण्डर ‘विवश’ न्यूरो अस्पतालको बेडमा छटपटिँदै, उपचारका लागि रकम अभाव

विराटनगर । जनयुद्धकालमा १८ वटा मोर्चामा लडाईं लडेर घाइते भएका संखुवासभाका बाबुराम राई (विवश) सिकिस्त बिरामी परेका छन् । उनलाई हाल विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि ल्याइएको छ । युद्धकालमै टाउँकोमा एटिवानको मोर्टार लागेर शक्त...

प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगर, २५ साउन–प्रदेश १ मा आज ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १० महिला १९ पुरुष,...

एकदिने भ्रमण सकेर स्वदेश फर्किए चिनियाँ रक्षामन्त्री वेई

काठमाडौं, १४ मंसिर-चिनियाँ रक्षामन्त्री वेई फेङ्हे एक दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाल-चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसर पारेर आइतबार बिहान नेपाल आएका रक्षामन्त्री वेई साँझ स्वदेश फर्किएका हुन् । उनी काठमाडौंमा रहँदा...

गठबन्धन कार्यदलकाे पहिलाे बैठक आज

आगामी चुनावका लागि सिटको बाँडफाँट गर्न गठित सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक आज बस्दैछ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको चुनावमा तालमेल गरेर अगाडि बढ्ने सहमति पाँचदलीय सत्ता गठबन्धनले गरिसकेको छ...

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले सभामुखको...

लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन

विराटनगर । सातौं संस्करणको मिस्टर एण्ड मिस लिटल कोशीको विराटनगर र इटहरीमा एकै दिन अडिसन हुने भएको छ । आउँदो शनिबार विराटनगरको सेन्टर मल र इटहरीमा अडिसन हुने भएको हो । विराटनगरमा दिउँसो १ बजेदेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्