लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

 न्यूज विराट
लामो समय घरभित्रै थुनिनुपरेपछि अष्ट्रेलियामा लकडाउनप्रति असन्तुष्टि

काठमाडौं, ६ साउन । कोरोना महामारी रोकथामका लागि अष्ट्रेलियाको तीन शहरका एक करोड ३० लाख मानिस प्रभावित छन् । न्यू साउथ वेल्समा एक महिनादेखि, भिक्टोरियामा एक सातादेखि र साउथ अष्ट्रेलिया राज्यमा मंगलबारदेखि लकडाउन छ ।

लामो समय घरभित्रै थुनिनुपरेकामा मानिसहरुले भने लकडाउनप्रति असन्तुष्टि जनाउन थालेका छन् । अष्ट्रेलियाका दुई ठूला सहर न्यू साउथ वेल्सको राजधानी सिड्नी र भिक्टोरियाको राजधानी मेलवर्नमा लकडाउन कहिले हट्छ भन्ने निश्चित छैन । बेलायत र अमेरिकामा पछिल्लो समय लकडाउन हटाइएकाले अष्ट्रेलियाको संघीय सरकारमाथि पनि दबाब छ ।

अहिलेसम्म अष्ट्रेलियामा १४ प्रशितभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन् । यो दर विश्वका शक्तिशाली विभिन्न ३८ मुलुकको संगठन ओईसीडीमा आवद्ध देशबीच तुलना गर्दा सबैभन्दा कम हो ।

मुलुकमा कोरोना खोप लगाउने गति निकै सुस्त भएको भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको आलोचना भइरहेको छ । विपक्षी लेबर पार्टीका जिम काल्मर्स भन्छन्, ‘यी प्रधानमन्त्री जनता कष्टमा परिरहेको बेला हराउँछन् ।’

यद्यपि मोरिसनले भने यस विषयलाई सामान्य रुपमा लिएका छन् । ‘कुनै पनि मुलुकले महामारी नियन्त्रणको लागि शतप्रतिशत काम गर्न सकेका छैनन् । मलाई अष्ट्रेलियाका नागरिकले यो कुरा बुझ्नेछन्’, बुधबार स्थानीय सञ्चारमाध्यममा उनले भनेका छन् ।

मोरिसनले अष्टेलियाले कोरोना भाइरसको संक्रमण निकै कममा राख्न सफल भएको दावी गरेका छन् । अहिलेसम्म अष्ट्रेलियामा कोरोना संक्रमणको कारण ९१५ जनाको मृत्यु भएको छ । जबकी बेलायतमा मंगलबार एकैदिन ९० जनाको मृत्यु भएको थियो ।

कोरोना महामारी नियन्त्रणका लागि सीमा नाका बन्द गर्ने, क्वारेन्टिनको नियम ल्याउने र लकडाउन गर्नेजस्ता उपाय अपनाएको भन्दै प्रधानमन्त्री मोरिसनको प्रशंसा हुँदै आएको थियो । तर पछिल्लो महिनामा देखिएको कोरोनाको डेल्टा भेरियन्टले भने अष्ट्रेलियाले अपनाएको रोकथाका उपायलाई चुनौती दिएको छ ।

डेल्टा भेरियन्टको संक्रमण फेला परेपछि अष्ट्रेलियाको ठूलो सहर सिड्नीमा मात्रै १५ सयभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् । बुधबारमात्र ११० नयाँ संक्रमित थपिएका छन् । जबकी सिड्नीमा अहिले चौथो साताको लकडाउन चलिरहेको छ ।

अहिले मानिसहरुलाई खाद्य सामग्री किन्न र अन्य अत्यावश्यक कामबाहेक घरबाहिर जाने अनुमति छैन । संक्रमण बढिरहेकाले आगामी सेप्टेम्बरसम्म पनि यो लकडाउन लम्बिनसक्ने आशंका छ ।

साउथ अष्ट्रेलिया राज्यमा पनि मंगलबारदेखि एक साताको लागि लकडाउन गरिएको छ । भिक्टोरियामा पनि कम्तीमा आगामी मंगलबारसम्म लकडाउन जारी रहनेछ ।

गत महिना अष्ट्रेलियाका सात सहरमा लकडाउन गरिएको थियो । अष्ट्रेलियाका अधिकारीहरुले अधिकांश मानिसले कोरोना खोप नपाउँदासम्म स्थानीय संक्रमण नियन्त्रणको कामलाई निरन्तरता दिने बताएका छन् ।

अष्ट्रेलियामा अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप पर्याप्त छ । तर यो खोप लगाउँदा रगत जम्ने समस्याको जोखिम बढी हुने भन्ने हल्लाका कारण मानिसहरु डराइरहेका छन् । अष्ट्रेलियामा अनुमति पाएको फाइजरको खोप भने उसले सीमित मात्रामा पाइरहेको छ ।

बीबीसीबाट

सम्बन्धित समाचार

बालबाटिका स्कुल नेशनल एकेडेमीले किन्यो, छराहाङ्गले बेमानी गरेको नेशनल एकेडमीको आरोप

विराटनगर । विराटनगर – ८ मधुमारामा रहेको बालबाटिका बोर्डिङ स्कुल विराटनगर १० मा रहेको नेशनल एकेडमीका संचालकहरुले किनेको छ । नयाँ शैक्षिक सत्रदेखि साविकको बालवाटिका स्कुल नेशनल एकेडमी नामकरण गरी कक्षा नर्सरीदेखि १२ कक्षासम्म संचालन...

सीमामा खटिएका सशस्त्रका असईको मृत्यु

सप्तरी, २३ वैशाख-सीमामा खटिएका १ सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को मृत्यु भएको छ ।भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले...

विराटनगरको जनरल हस्पिटलमा आँखाको उपचार सुरू

विराटनगर । विराटनगर १३ मलायरोडमा रहेको जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर हस्पिटलमा आँखाको सम्पूर्ण उपचार गर्ने आँखा विभाग संचालनमा आएको छ । १५ शैय्याको यो हस्पिटलमा आइतबारदेखि आँखाको सम्पूर्ण उपचार सेवा सुरु हुने भएको...

सामान्य अंकले नेप्से बढ्दा पनि ५६ कम्पनीले कमाए नाफा

काठमाडौं, ७ असोज । यो साताको अन्तिम कारोबारको दिन नेप्से सूचक सामान्य अंकले बढेपछि ५६ कम्पनीले नाफा कमाएका छन् । बिहीबार कारोबारमा आएका २ सय २८ कम्पनीको १ करोड ५७ लाख १४ हजार २ सय ६६...

रानी महोत्सव २७ माघदेखि हुने, राष्ट्रिय कलाकारको प्रस्तुती रहने

विराटनगर । विराटनगर १५ स्थित गौतम बुद्ध स्कुल निजक रानी मिनी महोत्सव हुने भएको छ ।लालीगुराँस स्पोर्टिङ क्लब रानीको आयोजनामा माघ २७ देखि फागुन २७ गतेसम्म उक्त महोत्सव लाग्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएको...

प्रधानन्यायाधीशले बाेलाए फुलकोर्ट

काठमाडौं, २ मंसिर । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाएका छन् । आज दिउँसो २ बजे बस्नेगरि फुलकोर्ट बोलाइएको हो । बैठकमा प्रधानन्यायाधीशसहित २० जना बस्ने छन् । यसअघि बुधबार...

धनकुटा जिल्ला प्रशासनको पनि सेवा बन्द

विराटनगर, २३ वैशाख । जिल्ला प्रशासन कार्यालय धनकुटाले अत्यावश्यकीय बाहेकाका सेवा बन्द गरेको छ । विश्वव्यापी रुपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरस संक्रमण फैलदै गएको र धनकुटा नगरपालिकाका सबै वडाहरुमा निषेधाज्ञा समेत जारी भएकाले प्रशासनका...

६ जना विदेशी नागरिक क्वारेन्टाइनमा

इनरुवा, ६ वैशाख-सुनसरीको हरिनगर गाउँपालिका घुस्कीस्थित कवरत मस्जिदमा आश्रय लिएर बसेका ६ विदेशीलार्ई शुक्रबार क्वारेन्टाइनमा राखिएको छ ।जिल्ला प्रशासन कार्यालय सुनसरीले मस्जिद खाली गर्नका लागि निर्देशन जारी गरेपछि मस्जिद क्वारेन्टाइनमा बस्दै आएका तिनलाई बीजी अस्पतालको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्