आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

 न्यूज विराट
आज यी चार प्रदेशमा धेरै भारी वर्षा हुन सक्ने, सतर्क रहन महाशाखाको अनुरोध

आग बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित धेरै भारी वर्षा हुन सक्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ ।

आज राति पनि देशभर बदली रही धेरै स्थानमा वर्षा हुने तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जानकारी दिएको छ ।

भोलि पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा भने भारी तथा धेरै भारी वर्षा हुन सक्ने महाशाखालले जानकारी दिएको छ । भोलि राति भने बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै बिहीबार पनि देशभर बदली रही धेरै स्थानमा पानी पर्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

आगामी २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी तथा धेरै भारी वर्षा हुन सक्ने छ । त्यसका कारण पहिरो तथा गेग्रान बहाव एवं नदीनालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

तिन थान भरुवा बन्दुक सहित तिन जना पक्राउ

विराटनगर, १२ असार । तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्के स्थितबाट तिन थान भरुवा बन्दुक सहित तिन जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६...

प्रधानमन्त्रीका प्रेस सल्लाहकारले दिए साइबर अनुसन्धान ब्यूरोमा उजुरी

काठमाडाैं, १३ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रचार विभाग उपप्रमुख एवम् प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रहरीको साइबर अनुसन्धान ब्यूरोमा उजुरी दिएका छन् । फेसबुकमा नक्कली आइडी बनाएर ‘कसैले बदनाम गर्न खोजेको’...

कटहरीमा पालिका स्तरीय अध्यक्ष कप सुरु, उद्घाटनमा द राइजिङ क्लब विजय

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा प्रथम पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कटहरी गाँउपालिका ५ को खेलमैदान बुधबारदेखि उक्त प्रतियोगिता सुरु भएको हो ।उद्घाटन खेलमा कटहरी ४ मा रहेको द राइजिङ...

‘अमेरिका–चीन सम्बन्धलाई नयाँ शीत युद्धमा परिणत गर्न खोजिदैँछ’

एजेन्सी, जेठ ११-चीनका विदेशमन्त्री वांग यीले अमेरिकाले चीनसँगको सम्बन्धलाई नयाँ शीतयुद्धतिर लगिरहेको बताएका छन । उनले भने, ‘अमेरिकाका केही राजनीतिक शक्तिले चीन अमेरिका सम्बन्धलाई आफ्नो पकडमा लिएका छन् र दुवै देशलाई नयाँ शीतयुद्धतिर लैजान खोजिरहेका...

सेल्टा भिगोसँग बराबरीमा राेकियाे बार्सिलाेना

एजेन्सी, असार १४-स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएकाे खेलमा बार्सिलोना सेल्टा भिगोसँग बराबरीमा राेकिएकाे छ । सेल्टा भिगाेकाे मैदानमा सुरूमा २ पटक अग्रता लिएर पनि बार्सिलाेना २-२ गाेलको बराबरीमा रोकिएको हाे । यद्यपि, बार्सिलोना अंक...

टिभिएसआईक्युब २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक

विराटनगर । नेपालको लागि टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो इलेक्ट्रिक स्कुटर टिभिएस आइक्युबको २.२ किलोवाट–आवर भेरिएन्ट सार्वजनिक गरेको छ । यस नयाँ भेरिएन्टको आगमनसँगै अब नेपालमा टिभिएस आईक्युबका३ वटा भेरिएन्टहरु ६ आकर्षक रङहरुमा...

मदन भण्डारी दौड प्रतियोगिता भोली

विराटनगर । मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको छ । नेकोस राष्ट्रिय एथलेटिक्स संघको आयोजनामा विराटनगरमा बुधबार विहान मदन भण्डारी सडक दौड प्रतियोगिता हुने भएको हो । मदन भण्डारीको ७३ औं जन्म जयन्तीको अवसरमा...

सीमा नाकाबाट ११ महिनामा १८१ जनाको उद्धार, सबैभन्दा बढी मंसिरमा

विराटनगर । मानव बेचविखन क्षेत्रमा काम गर्दै आइरहेको साना हात नामक संस्थाले चालु आर्थिक वर्षको ११ महिनामा १८१ जना महिला तथा बालवालिकाहरुको उद्धार गरेको छ । विभिन्न प्रलोभन देखाएर भारत लैजान लागेको नेपाल भारत मोरङको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्