
झापामा आजदेखि निषेधाज्ञा खुकुलो
झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...
सर्वोच्च अदालतको परमादेशअनुसार पुनर्स्थापित प्रतिनिधिसभाको अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतको छिनोफानो भई आगामी राजनीतिलाई दिशानिर्देश गर्ने भएकाले अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ । मुलुकमा राजनीतिक परिवर्तनका लागि भएका जनआन्दोलनका सहयात्री नेपाली कांग्रेस र नेकपा एमालेबीच अदालतको फैसलाप्रति मत विभाजन देखिन्छ ।
अदालतको फैसलालाई कांग्रेसले ऐतिहासिक भनेको छ भने एमालेले लोकतन्त्र र संसदीय अभ्यासविपरीत आएको भनी असहमति जनाइरहेको छ । एमालेले सदनमा अदालतको निर्णयलाई गम्भीरतापूर्वक उठाउने घोषणा गरिसकेको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अदालतको निर्णयले कतिपय चुनौती र अप्ठेरो निम्त्याएकाले सदनमा फैसलाका सम्बन्धमा ‘साह्रै गम्भीरतापूर्वक’ कुरा उठाउने प्रतिक्रिया दिए ।
अदालतको असार २८ को प्रतिनिधिसभा पुनःस्थानाको निर्णयसँगै नेपालको राजनीतिक नयाँ कोर्समा प्रवेश गरेको छ । विसं २०७४ को निर्वाचनमा बहुमत प्राप्त गरी करिब साढे तीन वर्ष सरकार चलाएको नेकपा विभाजनपछिको घटनाक्रमले एमालेलाई यस अधिवेशनमा प्रमुख प्रतिपक्षको भूमिकामा पुर्याएको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभामा यसपटक चार वर्षपछि सत्तापक्षको कुर्सीमा बस्दैछ । नेपालमा प्रजातन्त्रको पुनःस्थापनापछिको संसद्मा बलियो र सशक्त प्रमुख प्रतिपक्षको अभ्यासको अनुभव रहेको एमाले सदनमा प्रखररूपमा प्रस्तुत हुने आँकलन गरिएको छ ।
कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला सुरु हुन लागेको अधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको सङ्घीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभामा नेकपा एमालेका १२१, नेपाली कांग्रेस ६३, नेकपा (माओवादी केन्द्र) ४९ र जनता समाजवादी पार्टी नेपालका ३४ सांसद छन् । नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक तथा एक स्वतन्त्र सांसद छन् । मुलुकको सार्वभौम सम्पन्न संसद्मा ५५ विधेयक विभिन्न चरणमा विचाराधीन छन् । अघिल्लो वर्ष असार १८ गते स्थगन भएको सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) एक वर्षपछि यसपटक संयुक्तरूपमा आह्वान भएको छ ।
एमालेभित्रको विवादलगायतका कारणले पछिल्लो छ महिनामा दुईपटक प्रतिनिधिसभा विघटन गरिएकामा अदालतले पुनःस्थापित गरेको हो ।
सङ्घीयता कार्यान्वयनका मामिलामा अत्यन्तै महत्वपूर्ण सङ्घीय निजामती विधेयक र नागरिकतासम्बन्धी विधेयकलाई यस अधिवेशनबाट पारित गर्न आवश्यकता र दबाब छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले सबै पक्षलाई सहमति र विश्वासमा लिएर काम गर्ने प्रतिक्रिया दिए ।
अधिवेशन प्रारम्भ भएको पहिलो बैठकमा राष्ट्रपतिबाट सदन आह्वान र सरकार गठनसम्बन्धी पत्र वाचन गरेर सुनाइनुका साथै सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम स्वीकृत हुने छ । यसबीचमा निधन भएका पूर्वसांसद तथा संविधानसभा सदस्यको निधनप्रति बैठकले शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । कार्यव्यवस्था परामर्श समितिको आजै बस्ने बैठकले सदनको अन्य कार्यसूची तयार गर्ने छ ।रासस
झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...
खोटाङ, ४ वैशाख-बराहपोखरी गाउँपालिकामा काठमाडौँबाट फर्किएका ३ जनालाई क्वारेन्टाइनमा राखिएको छ । साइकलबाट ३ दिन लगाएर गाउँ आइपुगेका उनीहरूलाई वडा नम्बर–४, फाक्टाङस्थित बालकन्या मावि धर्तुङमा निर्माण गरिएको क्वारेन्टाइनमा मङ्गलबारदेखि राखिएको हो । उनीहरूलाई काठमाडौँबाट घर...
हङकङमा एक आवासीय बिल्डिङबाट खसेर एक नेपाली युवतीको मृत्यु भएको छ । हङकङको मोङककस्थित एक बिल्डिङबाट आइतबार साँझ दुई दिदीबहिनी खस्दा उपचारका क्रममा दिदीको मृत्यु भएको हो । अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार आइतबार साँझ दुवै...
विराटनगर । तेली कल्याण समाज नेपाल विराटनगर महानगरको अध्यक्षमा संजय कुमार साह चयन भएका छन् ।विराटनगरमा भएको प्रथम अधिवेशनबाट साह अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । समितिको उपाध्यक्षमा नन्द गोपाल साह, सचिब जगत लाल साह,...
काठमाडौं, १० असोज । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय बालक उज्ज्वल विकको शव ललितपुरमा भेटिएको छ । महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । गत मंगलबार...
काठमाडौं ५ वैशाख-नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधीसभा सदस्य डा. शशांक कोइरालाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारको प्रशंसामा केन्द्रित भएको दाबी गरेका छन् । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त सदनमा प्रस्तुत गरेको आगामी आर्थिक...
विराटनगर, फागुन १८–एलजीको मेची महाकाली रोड शो विराटनगर आइपुगेको छ । एलजीका इलेक्ट्रोनिक्स सामानको उपयोगिताका विषयमा जानकारी दिन एलजीले पूर्वका विभिन्न शहरमा रोड शो सञ्चालन गरिरहेको जनाएको छ । एलजीले इलेक्ट्रोनिक्सका सामानको खरिदमा ५० प्रतिशतसम्म...
विराटनगर । यसवर्षको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार विराटनगरका सक्रिय पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।मुलुकी खबर अनलाइनको सम्पादक रहेका बुढाथोकी अन्नपूर्ण पोस्टको कोशी प्रदेश ब्युरो प्रमुख हुन् । नेपाल पत्रकार महासंघ मोरङ...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.