ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

 न्यूज विराट
ओलीलाई भेटेर फर्केका भीम रावलसहितका नेताहरू माधव नेपालसँग छलफलमा

एमालेको स्थायी कमिटी बैठक स्थगित गरी कार्यदलको १०बुँदे सहमति अनुसार अगाडि बढ्न गरेको प्रस्ताव अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेपछि माधव नेपालनिकट नेताहरू कोटेश्वर पुगेका छन् ।

नेपाल पक्षका कार्यदल सदस्यहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्यले च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा जारी स्थायी कमिटी बैठकमा पुगेर बैठक रोक्न माग गरेका थिए ।

तर, ओलीले कार्यसूची अनुसार बैठक अगाडि बढाउने बताएपछि  स्थायी कमिटी बैठकबाट बाहिरिएका नेताहरू नेता नेपालसँग छलफल गर्न नेपाल निवास कोटेश्वर पुगेका छन् ।

बैठकमा पुगेर ओलीसमक्ष नेपाल पक्षका नेताहरूले मुख्यतः तीनवटा एजेण्डा उठाएका थिए । एक, कार्यदलको सहमति अनुसार बैठक राख्नुपर्ने । दुई, अध्यक्ष ओली र नेता नेपालबीच छलफल र संवाद हुनुपर्ने । तीन, एकता भाडिने गतिविधि गर्न नहुने । तर, ती प्रस्तावमा ओलीले चासो दिएनन् ।

बैठकले कार्यदलको सहमति अनुमोदन गरेर कार्यदल भंग गरेको छ । एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बोलाएको छ ।

सम्बन्धित समाचार

विराटनगरको उपमेयर उम्मेदवार कार्कीविरुद्धको उजुरीमा छानबिन थालियो

विराटनगर, १४ वैशाख ।नेकपा एमालेबाट विराटनगर महानगरपालिकामा उपमेयर पदकी उम्मेदवार शिल्पा कार्कीविरुद्ध परेको उजुरीमाथि छानबिन सुरु भएको छ । उजुरीमा निर्वाचन अधिकृतको कार्यालयले छानबिन थालेको हो । उपमेयर उम्मेदवार कार्कीसहित पाँचजना उमेदवारविरुद्ध उजुरी परेको मुख्य...

आर्थिक प्याकेज ल्याउँदै छौँ, श्रमिक बेदखल गर्नु गलत:मन्त्री भट्टराई

काठमाडौं, २५ वैशाख-संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न नपाउने बताएका छन् । कोरोना भाइरसको नियन्त्रण रोकथामका लागि लकडाउन लागू गरिएपछि होटल संघ नेपाल (हान)ले होटल बन्द गर्ने...

प्रहरीको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले बर्दी लगाएको प्रहरीको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । वडा प्रहरी कार्यालय विराटनगरको नवनिर्मित भवनको उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुरक्षा निकायमा महत्वपूर्ण अंग प्रहरी रहको बताउदै बर्दी...

कोरोना संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर, १४ जेठ-कोरोना सङ्क्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ । प्रदेश १ मा कोरोना भाइरसको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजिटिभ आएकालाई आइसोलेसन केन्द्रमा राखेर उपचार गर्नेे तयारी सुरू गरेको प्रदेश सरकारले जनाएको...

झापाका २८ संक्रमितले जिते काेराेना

धरान, जेठ २७-झापाका काेराेना संक्रमितमध्ये २८ जना निकाे भएर घर फर्किएका छन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार १८ देखि ५६ वर्षका उमेर समूहका २८ जना निकाे भएर घर फर्किएका हुन् ।...

फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग

एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...

रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइयो

काठमाडौं, २३ साउन-स्वास्थ्यमा समस्या देखिएपछि सांसद रेशम चौधरीलाई वीर अस्पताल पुर्‍याइएको छ । डिल्ली बजार कारागारका जेलर गणेश आचार्यका अनुसार उनको खुट्टा सुनिएपछि वीर अस्पताल पर्‍याइएको हो । उनी २ वर्षदेखि डिल्लीबजार कारागारमा जेल जीवन...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्