देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

 न्यूज विराट
देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएकै दिन माधव समूह अलग, अल्पमतमा विपक्षी गठबन्धन

काठमाडौं, असार २८ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल औपचारिक रूपमै विपक्षी गठबन्धनबाट बाहिरिनुभएको छ । नेपालले सर्वोच्च अदालतको फैसलासँगै आफ्नो समूह आजैबाट विपक्षी गठबन्धनबाट अलग हुने जानकारी गराउनुभएको हो । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको थियो ।

लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको बैठकमा नेता नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गर्नुभएको हो । यता सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएसँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताउनुभएको हो । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्न हुन्छ भन्ने हेर्नुपर्छ ।’

सम्बन्धित समाचार

२४ घण्टामा देशभर ६४१ जना संक्रमित थपिए, १३४ जना डिस्चार्ज

काठमाडौं, ३२ साउन(पछिल्लो २४ घण्टाको अवधिमा थप ६४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर...

प्रदेश २ मा कोरोना संक्रमणबाट ७ को मृत्यु, कुल मृतक ८४

धनुषा, १३ भदौ-प्रदेश २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ महिलासहित ७ जनाको मृत्यु हुनुका साथै १६५ नयाँ संक्रमित थपिएका छन् । सो अवधिमा महोत्तरी र सिरहामा २/२ तथा पर्सामा ३ जनाको मृत्यु भएको...

सुनसरीको खनारमा दुर्घटना, विद्यार्थीको मृत्युपछि स्थानीयले जलाए बस

विराटनगर । सुनसरीको इटहरी खनार सड्क खण्डको शान्तिचौकमा भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको मृत्यु भएको छ । विद्यार्थीको मृत्युपछि खनार क्षेत्र तनावग्रस्त बनेको छ । अहिले सडक बन्द रहेको छ । सडक खुलाउन प्रहरीले...

निःशुल्क उपचार र राहत वितरण गर्न युवा संगठन सुनसरीको माग

विराटनगर, २ जेठ । नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन,सुनसरीले कोरोना महामारिको समयमा पनि शासकहरू चरम भ्रष्टाचारमा लिप्त भएको र जनताको स्वास्थ सुरक्षा माथि खेलबाड गरेको भन्दै आपत्ति जनाएको छ । युवा संगठन,सुनसरीका जिल्ला संयोजक...

चीनको लक्ष्य कोरोना भाइरसले पूरा गरिदियो

एजेन्सी, बैशाख १४-कोरोना भाइरसका कारण संसारभरका धेरैजसो देशमा लकडाउन छ । त्यसैकारण धेरै देश र इलाकामा प्रदुषणको स्तर तुलनात्मक रूपमा कम भएको छ । चीनको अधिकांश समय धुलो र धुवाँले ढाक्ने उत्तरी प्रान्त हुबेईमा पनि...

दसैँमा घर आउँदा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने‍

तनहुँ, १९ असोज-दसैँमा घर आउने व्यक्ति १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नपर्ने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले कोभिड–१९को जोखिमलाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो ।  चाडपर्वमा देश तथा विदेशबाट धेरै...

कुपोषण नियन्त्रण गर्न पोषण बाढ्दै कटहरी

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले पालिका भित्र कुपोषण रोकथाम र नियन्त्रणको लागि पोषण वितरण गर्दै आएको छ । पालिका भित्र बालवालिकाहरुमा कुपोषण देखिन थालेपछि पोषणमैत्री स्थानीय शासन अन्र्तगत पोषण विशेष कार्यक्रमको संचालन गरेर पोषण सामाग्री...

एनसीडिए मोरङको निर्वाचन, ढकाल समूहको चुनावी अभियान आक्रमक

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको आगमी पुस २८ गते हुने निर्वाचनको मिति नजिकिएसँगै चुनावी अभियान तिव्र भएको छ । एनसीडिए मोरङको निर्वाचनमा दुई समूह बनाए चुनावी मैदानमा उत्रिएपछि माहोल तातिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्