विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर सन्तोष रिजाल प्रमुख अतिथी र आर.आर. एफ.सी पूर्व डिस्ट्रिक्ट गभर्नर बासुदेव गोल्याण विशिष्ट अतिथी, क्लबकी निवर्तमान अध्यक्ष दिप्ती अग्रवालकोसमेत सहभागिता रहेको थियो ।
पदस्थापन कार्यक्रममा क्लबकी नयाँ अध्यक्ष संचिता जैन, महासचिवमा अनिता सारडा र कोषाध्यक्ष सरिता गोल्छा र समितिका पदाधिकारी सवैले पदभार ग्रहण गरेका हुन् ।
सो अवसरमा अध्यक्ष जैनले यस वर्षको रोटरी २०२१–०२२ को मुख्य नारा ‘सर्भ टु चेन्ज लाइभ्स्’ लाई ध्यानमा राखेर बालिकाको एजुकेशन, ग्रामिण महिलाको शसक्तिकरण, भोकेसनल ट्रेनिङ, बृक्षारोपण, वातावरण, स्वच्छ पानि साथै कोभिड–१९ महामारीका कारण प्रभावित एवम् भोकालाई भोजन र औषधी सामाग्री उपलब्ध गराउने उदेश्यले विभिन्न कार्यक्रमहरु गर्दै जाने बताइन् ।