प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा ३५७ संक्रमणमुक्त, २०३ संक्रमित थपिए

विराटनगर, २७ असार । प्रदेश १ मा आज ३५७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १६२ महिला र १९५ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ७३१ पुगेको छ ।

प्रदेश १ मा आज २०३ जना कोरोना संक्रमित थपिएका छन । ७२६ जनाको पीसीआर परीक्षण गर्दा १०१ महिला र १०२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापामा ८२, मोरङमा ५४, सुनसरीमा ३९, ते¥हथुममा १३, इलाम र उदयपुरमा ३–३, ताप्लेजुङमा २, संखुवासभा र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण पुष्टि भएको छ ।

झापाको विर्तामोडमा १९, मेचीनगरमा १५, भद्रपुरमा १२, दमकमा १०, अर्जुनधारा र कनकाईमा ९–९, शिवसताक्षीमा ५, कमलगाउँपालिकामा २ र हल्दिबारीमा १, मोरङको विराटनगरमा ३६, सुन्दरहरैचामा ६, लेटाङमा ३, बुढीगंगा र बेलबारीमा २–२, रंगेली, उर्लाबारी, रतुवामाई, पथरीशनिश्चरे र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा २४, धरानमा ८, बराहक्षेत्र र रामधुनीमा २–२, दुहवी, देवानगञ्ज र स्थानीय तह नखुलेका १–१, ते¥हथुमको म्याङलुङमा ११, फेदाप र स्थानीय तह नखुलेका १–१, इलामको माईमा २ र स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, बेलकामा १, ताप्लेजुङको मिक्वाखोलामा २, संखुवासभाको खाँदबारीमा १, धनकुटाको धनकुटा नगरपालिकामा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ४१० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३१२ रहेको मन्त्रालय जनाएको छ ।

सम्बन्धित समाचार

नवीकरण शुल्क नबुझाएका २५ कम्पनीको कारोबार रोक्का

काठमाडौं, २ कात्तिक-नेपाल स्टक एक्सचेञ्जले वार्षिक रूपमा बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएपछि २५ विभिन्न कम्पनीको कारोबारमा रोक लगाएको छ ।  स्टकले आज एक सूचनामार्फत ‘धितोपत्र सूचीकरण विनियमवाली, २०७५’ को विनियम २४ बमोजिम बुझाउनुपर्ने शुल्क नबुझाएको पाइएकाले...

प्रेस काउन्सिलको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त

काठमाडौं, २० जेठ । सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा बालकृष्ण बस्नेत नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका बस्नेतलाई चार वर्षका लागि काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । पत्रकार महासंघका...

‘निशान छापमा वास्तविक सीमा मिलाउन मात्रै संविधान संशोधन’

काठमाडौं, ९ जेठ-सरकारले नयाँ नक्सा कार्यान्वयनक लागि संविधान संशोधन गर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारले जारी गरेको नयाँ नक्सा कार्यान्वन गर्नका लागि संविधान संशोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थ, सूचना...

राष्ट्रिय जनगणना:मोरङमा परिवारको सूचीकरण कार्य शुरु

विराटनगर, ५ असोज । मोरङमा राष्ट्रिय जनगणना अन्र्तगत सुपरिवेक्षकले पहिलो चरण अन्तर्गत भदौ ३० देखि असोज १८ गतेसम्म २० दिन प्रत्येक घरपरिवार एक चुलो एक परिवारको सूचीकरण गर्ने कार्य सुरु गरेको छ। प्रदेश जनगणना कार्यालय...

रातारात एकता गर्ने तयारीमा समाजवादी र राजपा

काठमाडाैं, १० वैशाख-सम्भावित विभाजनलाई रोक्न समाजवादी पार्टीले राजपा नेपालसँग एकीकरणको प्रकृया अगाडि बढाएको छ । समाजवादी पार्टीबाट सांसदहरूको एउटा समूहले भोलि अर्को पार्टी बनाउने चर्चा चलिरहेको बेला उपेन्द्र यादव र राजपा नेताबीच एकता प्रकृया सम्बन्धमा...

मोरङ पब्लिक स्कूलको १८ औं वार्षिकोत्सव सम्पन्न

विराटनगर, फागुन १६–मोरङको बुढीगंगा गाउँपालिका–१ टंकिसिनवारीस्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार सम्पन्न कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरेका...

अध्यक्ष राणालाई मुछेर आएका समाचारप्रति महासंघको खण्डन

काठमाडौं, ७ मंसिर-नेपाल उद्योेग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा र महासंघलाई मुछेर सञ्चारमाध्यममा आएका सामाचारकाे महासंघले खण्डन गरेको छ । महासंघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष राणालाई मुछेर उपाध्यक्षका उम्मेदवार किशोर प्रधानका मतदातालाई संघको...

बलात्कारका घटना मिलापत्र गराए ३ वर्ष कैद

काठमाडौं, ७ मंसिर-बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई कारबाही गर्न कानुनी बाटो खुला भएको छ । आज बसेको मन्त्रिपरिषदले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्दै अध्यादेश पारित गरेको छ । अध्यादेशमा बलात्कारका घटना मिलापत्र गराउने व्यक्तिलाई ६ महिनादेखि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्