प्रदेश १ का डिआइजी भन्छन्ः अपराध र तस्करीलाई निश्तेज पार्छु

 न्यूज विराट
प्रदेश १ का डिआइजी भन्छन्ः अपराध र तस्करीलाई निश्तेज पार्छु

विराटनगर, २१ असार । प्रदेश नं. १ का नवनियुक्त प्रहरी नायब महानिरीक्षक अरुणकुमार बिसिले आफ्नो विवेक र ब्रम्हले भ्याएसम्म अपराध र तस्करीलाई निश्तेज पार्ने बताएका छन् ।

भर्खरै १ नम्बर प्रदेश प्रहरी कार्यालय सरुवा भएर आएका डिआईजी बिसिले सोमबार दिउँसो प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित संचारकर्मीसंगको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् ।

उनले अपराध र तस्करी नियन्त्रण आफ्नो मुल मन्त्र रहेको बताए । संचारकर्मी सामु आफ्ना भावी ७ बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले आफुले प्रहरीको ब्यवसायिकता र आर्थिक पार्दशितालाई प्राथमिकतामा राखेको बताए । उनले कुनैपनि प्रहरी कर्मचारी ब्यवासायिक दायरा बाहिर गए कडा कारवाही गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

डिआईजी बिसिले प्रदेश एक भारतसंगको खुला सिमा जोडिएको स्थान रहेकोले तस्करी र सिमाजन्य अपराध अत्याधिक हुने गरेको बताउदै त्यसलाई नियन्त्रण तथा न्यूनिकरण गर्न अन्य निकायसंग सहकार्य गरेर नियमन गरिने समेत उल्लेख गरे । डिआईजी बिसिले यसअघि एसपीको रुपमा एक कार्यकाल जिल्ला प्रहरी कार्यालय मोरङको कार्यभार सम्हालिसकेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा ३८ सहित प्रदेश १ मा ९० संक्रमित थपिए, ८१ डिस्चार्ज

विराटनगर ११ भदौ-प्रदेश १ मा बिहिबार ९० जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४६, सुनसरीमा ३८, संखुवासभामा ४, इलाम र प्रदेश १ बाहिरका १÷१ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा मात्र...

विराटनगरमा तास खेल्दै गरेको अवस्थामा आधादर्जन व्यक्ति पक्राउ

विराटनगर, १ फागुन । विराटनगरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१४ का २३ वर्षीय सुबोध यादब, सोही ठाउँका २२ वर्षीय प्रकाश यादव, २८ वर्षीय मुकेश यादव, ३८...

ओलीको गृहनगर दमकमा ६ दलिय गठबन्धनलाई धक्का, एमालले लियो अग्रता

विराटनगर, ३१ वैशाख । सर्वाधिक चासोका साथ हेरिएको एमाले अध्यक्ष ओलीको गृहनगर समेत रहेको झापाको दमक नगरपालिकामा नेकपा (एमाले) ले अग्रता कायम गरेको छ । दमक–१ को दुई सय मत गणना गर्दा मेयरमा एमालेकी गिता...

कोटेश्वरमा ओली-नेपाल सामूहिक बैठक

काठमाडौं, १५ वैशाख-सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद बढेपछि अहिले एकएक्लै र सामूहिक छलफल जारी रहेका छन् । आज बिहान बालुवाटारमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल...

संक्रमणबाट निको हुने दर ७६.९ प्रतिशत

काठमाडौं, १५ कात्तिक-पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पीसीआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।...

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं, २ भदौ-राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।उनको १ सय १ वर्षको उमेरमा आज आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवारले जनाएअनुसार उनी केही समयदेखि अस्वस्थ थिए । घरमै आराम गर्दै...

डब्लूएचओका नेपाल प्रतिनिधि भन्छन् : स्थानीय तहले सक्रियता बढाए कोरोनाको जोखिम घट्छ

काठमाडौं, ३० जेठ-विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. जोस भ्याण्डिलेरले स्थानीय सरकारलाई कोरोना संक्रमण नियन्त्रणमा भूमिका र सक्रियता बढाउन सुझाव दिएका छन् । डा. भ्याण्डिलेरले स्थानीय सरकारले आफ्नो भूमिका र सक्रियता बढाएमा नेपालमा...

जबरजस्ती करणी गरेको अभियोगमा होटल संचालक सहित ३ जना पक्राउ

विराटनगर, १४ माघ । मोरङको बेलबारी बस्ने एक महिलालाई सुन्दरहरैचा नगरपालिका ४ बलिया स्थितमा रहेको श्रेष्ठ होटल एण्ड फेमेली होटलमा जवरजस्ती करणी गरेको अभियोगमा सोही होटल संचालक सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्