खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

 न्यूज विराट
खुकुलो बनाउदै मोरंगमा फेरी थपियो एक हप्ता निषेधाज्ञाा

विराटनगर, २१ असार । अझ खुकुलो प्रावधानसहित मोरङमा थप एक साता निषेधाज्ञा लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले यस अघि भन्दा अझ खुकुलो बनाउदै निषेधाज्ञाको समयावधि एक साता थप गरेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहयाक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी महेशराज तिम्सिनाले जिल्लाभर २८ असार मध्यराति १२ बजेसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरिएको जानकारी दिए ।

‘यसपटक पहिले भन्दा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थपिएको छ । सवै प्रकारका सवारी साधनहरु जोर प्रणाली अनुसार सञ्चालन गर्न पाइनेछ ।’ उनले भने,‘यस अघि चार बजेसम्म मात्र बजार पसल खोल्न पाइने भनिएकोमा अब बेलुका छ बजेसम्म खोल्ने निर्णय भएको छ ।’

तिम्सिनाका अनुसार सोमबार बसेको डिसिसिएमसि बैठकले मंगलबारदेखि सार्बजनिक बससहित, माइक्रोबस, मिनिबस, ट्याक्सीहरु, भाडाका सवारी साधनहरुसहित सवै सवारी साधन जोरबिजोर प्रणालीका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

यसअघि नीजि सवारी सधनहरु मत्र जोरबिजोर प्रणलीका आधारमा चल्न दिइएको थियो । त्यस्तै अब बजार पसलहरु पनि बेलुका ६ बजेसम्म खुल्ला रहने भएका छन् । यस अघि ४ बजेसम्म मात्र खुल्ला गर्ने डिसिसिएमसि बैठकले निर्णय गरेको थियो । शैक्षिक संस्था, सैलुन, ब्यूटी पार्लर, जिमलगायतका खेलकुद, गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न पाइने छैन ।

अस्पतालहरुमा कोरोना संक्रमितको संख्या घटेकोले पसलहरु सञ्चालनमा केही खुकुलो पारिएको तर संक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड सबैलाई अपनाउन प्रशासनले निर्देशन दिएको छ ।

सम्बन्धित समाचार

आजदेखि खुला तरकारी हटिया सञ्चालन

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा सप्तरीको राजविराज नगरपालिकाले राजरङ्गशालामा आजदेखि खुला तरकारी हटिया सञ्चालन गर्दै छ । नगरपालिकाको शुक्रबारको बैठकले तीनबुँँदे निर्णय गर्दै प्रत्येक दिन बिहान ६ देखि ९ बजेसम्म...

कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।...

लागूऔषध ब्राउनसुगर सहित १० जना पक्राउ

विराटनगर । लागूऔषध ब्राउनसुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । झापा, मोरङ र सुनसरीको विभिन्न स्थानहरुबाट प्रहरीले दश जनालाई पक्राउ गरेको हो । झापाको इलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरी टोलीले कचनकवल गाँउपालिका...

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

पत्रकारिता त्यागेर राजनीतिमा होमिएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । राष्ट्रिय सभागृहमा आयोजित समारोहमा उनले नयाँ पार्टी दर्ता गर्ने र त्यसको नाम राष्ट्रिय स्वतन्त्र पार्टी रहने बताएका हुन् । उनले क्षमतावान् व्यक्तिहरूलाई पार्टीमा...

बिहीबारबाट यी सवारी साधन चल्नेछन्, उच्चस्तरीय समितिका १२ निर्णय

उपभाेग्य तथा कृषि सामाग्रीकाे ढुवानी सहज बनाउनकाे लागि सरकारले ती सवारी साधन सुचारू गर्ने भएकाे छ ।बुधबार बसेकाे उच्चस्तरीय समन्वयन समितिकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे । औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपन्छी र...

ऋचा मेमोरियल टी–२० क्रिकेट : लगातार दोस्रो जित निकाल्दै आर्मी फाइनलमा

विराटनगर । विभागीय टिम नेपाल आर्मी लगातर दुई पटक जित निकाल्दै प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा आर्मीले अर्को विभागीय टिम एपीएफलाई खराब...

आजदेखि ४ दिन भारी वर्षाको सम्भावना

काठमाडौं, १२ साउन-नेपालमा मनसुन फेरि सक्रिय भएसँगै आउँदो ४ दिनसम्म मौसम नखुल्ने भएको छ । मौसमविद्का अनुसार अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले मनसुन फेरि सक्रिय भएपछि अझै ४ दिन मौसम नखुल्ने भएको हो ।...

मकालु एभरेष्ट हस्पिटलमा विरामीका लागि सहज, घरमै पुगेर नमूना संकलन

विराटनगर । विराटनगरस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टिस्पेशलिटी हस्पिटल प्रा. लि. द्वारा संचालित मकालु एभरेष्ट हस्पिटलमा विरामीको सहजको लागि ‘होम कलेक्सन सेवा’ सुरू गरेको छ । कुनै पनि विरामीको ल्याबमा स्वास्थ्य परीक्षण गरिनु परे हस्पिटलले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्