कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

 न्यूज विराट
कतारले क्वारेन्टाइन र आइसोलेसनमा रहेका श्रमिकको पूरा तलब दिने

कतारले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि क्वारेण्टाइनमा बस्नु परेका तथा आइसोलेसनमा राखिएका श्रमिकले पूरा तलव पाउने स्पष्ट गरेको छ । मन्त्रालयका सहायक उपसचिव मोहम्मद हसन अल ओर्वाइद्लीले कम्पनीहरूले श्रमिकको पूर्ण खर्च व्यवहोर्ने बताएका हुन् ।

ओर्वाइद्लीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भने ‘हामीलाई थाहा छ की उनीहरू (श्रमिक) लाई क्वारेण्टाइन वा आइसोलेसनमा राखिएको भनेको हामी सबैलाई सुरक्षित राख्नका लागि नै हो र कम्पनीहरूले उनीहरूको सम्पूर्ण खर्च व्यवहोर्नु पर्दछ ।’

कतारको श्रम तथा सामाजिक मामिला मन्त्रालयले श्रमिकलाई पूरा तलव दिनु अनिवार्य रहेको भन्दै हरेक कम्पनीहरू तथा रोजगारदाताहरूले कानून पालना गर्नुपर्ने बताएको छ ।

कतारले विशेषगरी साना तथा मझौला व्यवसायीलाई वर्तमान संकटको समयमा श्रमिकलाई तलब भुक्तानीका लागि ३ अर्ब कतारी रियाल बराबर राहत उपलब्ध गराउने भएको छ । जुन बैंकमार्फत ऋणका रुपमा लिन सकिन्छ । तर, सो रकम व्यवसायीले नगद निकाल्न पाउने छैनन् । किनकि श्रमिकको खातामा बैंकले सोझै भुक्तानी गरिदिने मन्त्रालयले स्पष्ट पारेको छ ।

सम्बन्धित समाचार

सुर्खेत अस्पतालमा उपचाररत ३१ कोरोना संक्रमित निको भए, आज घर जाँदै 

सुर्खेत, २९ जेठ-प्रदेश अस्पताल सुर्खेतमा उपचाररत कोरोना संक्रमित ३१ जना आज (बुधबार) निको भएर घर फर्किन लागेका छन् । प्रदेशबाट विभिन्न जिल्लाका कोरोना संक्रमितको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि बुधबार घर पठाउन लागिएको हो । अस्पतालमा...

राष्ट्रियसभा अध्यक्षको घोषणाः अब म भत्ता लिन्नँ

काठमाडों, २१ जेठ-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले २२ जेठदेखि आफूले पाउने कुनै पनि खालका भत्ता नलिने घोषणा गरेका छन् । मुलुक कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडिरहेको भन्दै यस्तो बेला आफूले कुनै पनि भत्ता नलिने उनको घोषणा...

मोरङको कटहरीमा महिलालाई नेतृत्वमा विकास तालिम

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ मा महिलाहरुलाई नेतृत्व विकास तालिम दिएको छ । कटहरी गाउँपालिका र कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा शुक्रबार उक्त तालिम भएको हो । तालिमको उदघाटन कटहरी गाउँपालिका अध्यक्ष...

नोबलमा कोरोना संक्रमितको मृत्यु

विराटनगर १२ असोज–विराटनगरको नोबेल मेडिकल कलेजमा सोमबार एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापाको गौरादह १ घर भएका ५१ वर्षीय पुरुषको सोमबार दिउँसो नोबेलको आइसोलेसनमा मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका...

सुझाबको भोको छु : एसपी दीपक पोखरेल

विराटनगर । मोरङ प्रहरी प्रमुख एसपी दिपक पोखरेले शान्ति सुरक्षा कायम गराउन आफ्नो पहिलो प्राथामिकता भएको बताएका छन् । मोरङ प्रहरी प्रमुख भएर आएको भोलीपल्ट मंगलबार पत्रकार सम्मेलन गरी एसपी पोखरेलले यस्तो बताएका हुन् ।...

देशभर थप ८९८० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ५ लाख नाघ्यो

काठमाडौं, ८ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९८० कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार २० हजार १०५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन्...

डुबेर २ जनाको मृत्यु

विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...

औषधी व्यवसायी संघ मोरङद्धारा फेस शिल्ड वितरण

विराटनगर, २४ साउन । नेपाल औषधी व्यवसायी संघ मोरङ जिल्ला शाखाले विराटनगरसहित मोरङका विभिन्न क्षेत्रमा कोरोना भाइरस (कोभिड –१९) संक्रमण बृद्धि भएसँगै औषधी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अनुहार ढाक्ने फेस शिल्ड वितरण गर्न थालेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्