नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

 न्यूज विराट
नेपाल र चीनको सिनोफार्मबीच कोरोना खोप खरिदको सम्झौता, २४ असारदेखि हरेक साता आपूर्ति

नेपाल सरकार र चीनको सिनोफार्म कम्पनीबीच खोप खरिदको सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै खोप खरिदको सम्झौता भएको जानकारी दिएको हो ।

सम्झौताअनुसार २४ असारबाट खोप आपूर्ति सुरु हुने र त्यसपछि साप्ताहिक रूपमा विभिन्न चरणमा खोप आपूर्ति हुने मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

‘पछिल्लो समय खोप प्राप्त गर्ने सन्दर्भमा नेपाल सरकारबाट चीनको बेइजिङस्थित सिनोफार्म कम्पनीसँग खोप खरिदका लागि भएको सम्झौताअनुसार २०७८ असार २४ गतेबाट खोप आपूर्ति सुरु भइ तत्पश्चात साप्ताहिक रूपमा विभिन्न चरणमार्फत खोप आपूर्ति गर्ने तयारी भएको छ,’ प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

खोपको निरन्तर आपूर्तिबाट कोभिड-१९ विरुद्धको खोप अभियानलाई निरन्तरता दिने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ । त्यस्तै, कोभ्याक्स सुविधाबाट समेत छिट्टै थप खोप प्राप्त हुने पनि मन्त्रालयले बताएको छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा १५० विद्यार्थीलाई स्वीटर वितरण

विराटनगर, २० पुस । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले खार्जीस्थित ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ । कठ्यांग्रीँदो जाडोबाट बालबालिकाहरु बच्नका लागि एक कार्यक्रमकाबिच क्लबले रोटरीको सिद्धान्त र प्रतीक छापिएको...

सिन्धुलीका ३ सय घरपरिवारलाई राहत प्रदान

सिन्धुलीकोकमलामाई नगरपालिकाले हालसम्म ३ सय घरपरिवारलाई राहत प्रदान गरेको छ ।लकडाउनका कारण समस्यामा परेका घरपरिवारको पहिचान गरी राहत वितरण गरिएको हो । नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीका अनुसार लकडाउन अवधिमा आफ्नो श्रम व्यवसाय नचली दैनिक गुजारा...

सांगठिनक भ्रष्टाचारको अनुसन्धानमा तानिए सेनाका उच्च तहका पदाधिकारी

काठमाडौं, १० जेठ-नेपाली सेनाले सङ्गठनभित्र विभिन्न भ्रष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई कारबाही र अनुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनमा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा कडाइ गरेपछि उनीहरूलाई...

पत्रकार नविन कर्णलाई पितृ शोक

विराटनगर । पत्रकार नविन कर्णलाई पितृ शोक परेको छ । उनका ७७ वर्षीय पिता दुर्गानन्द लाल कर्णको उपचारको क्रममा शनिबार दिउँसो विराटनगरस्थित न्यूरो हस्पिटलमा निधन भएको हो । कर्णको अन्त्येष्ठी विराटनगरस्थित परोपकार घाटमामा आज दिउँसो...

सशस्त्रका २२ डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडाैं, २७ वैशाख-सशस्त्र प्रहरीका २२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवा सिफारिस गरिएकाे छ। गृह मन्त्रालय बढुवा सिफारिस समितिकाे शुक्रबार बसेकाे बैठकले साधारण समूहको साधारण उपसमूहतर्फ रिक्त रहेको २२ पदमा...

स्थिर सरकार बिना मुलुकको आर्थिक विकास असम्भव : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थिर सरकार बिना मुलुकको आर्थिक विकासले फड्को नमार्ने बताएका छन् ।मोरङका बूढीगंगा गाउँपालिकाको प्रशासनिक भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसदसमेत रहेका नेता कोइरालाले स्थिर सरकार र...

प्रदेश ५ मा संकलित ‘स्वाब’को परीक्षण गण्डकीमा

पोखरा, २६ वैशाख  -प्रदेश-५ मा कोरोना परीक्षणमा विश्वसनीय मानिएको पीसीआर किटको अभाव भएपछि ‘स्वाब’ परीक्षणका लागि पोखरा पठाउन थालिएको छ ।पछिल्लो समय कोरोना संक्रमणको इपिसेन्ट मानिएको प्रदेश-५ मा पीसीआर किटको अभाव भएपछि नमुना संकलन गरी...

घरमै बसेर जितिया पर्व मनाउँदै थारू महिला

चितवन, २५ भदौ-थारू समुदायका महिलाको मुख्य चाड हो जितिया । आज जितियाको दोस्रो दिन अर्थात् मुख्य दिन । निकै रमझमका साथ मनाइने यो पर्वमा यस वर्ष खासै उल्लास छैन । कोरोनाको प्रकोपका कारण थारू महिला...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्