एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव पक्ष गएन, बामदेव भने सहभागी

 न्यूज विराट
एमालेको केन्द्रीय कमिटी बैठक सुरु, माधव पक्ष गएन, बामदेव भने सहभागी

काठमाडौं, १८ असार । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा माधव नेपाल पक्ष भने सहभागी भएको छैन । तर, उपाध्यक्ष गौतम भने बैठकमा सहभागी भएका छन् ।

बिहीबार राति पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले माधव नेपालसँग टेलिफोन कुराकानी गरेका थिए । टेलिफोन गरेर बैठकमा सहभागी हुन नेता नेपाललाई ओलीले आग्रह गरेका थिए । तर, नेपालले ओलीको आग्रह अस्वीकार गरे ।

माधव नेपाल समूहले बिहीबार नै आज बस्ने बैठकमा सहभागी नहुने निर्णय गरिसकेको थियो ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार माधव नेपाल समूहलाई पानि बैठकमा सहभागी गराउनका लागि ओलीले प्रयास गरेका हुन् । यद्यपी बैठकमा नेपाल पक्षलाई पनि सहभागी गराउने ओलीको प्रयास भने सफल भएन ।

सम्बन्धित समाचार

काठमाडौंका तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं, ८ वैशाख-काठमाडौंका विभिन्न स्थानमा सञ्चालित तरकारी बजारमा उपभोक्ताको भीड लाग्दा कोरोना संक्रमणको जोखिम बढेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि २५ जनाभन्दा बढी एकैठाउँमा भेला नहुन आदेश गरेको छ । तर,...

देशभर थपिए ८९९ संक्रमित, कुल संक्रमित ३९ हजार ४६०

काठमाडौं, १५ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८९९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

संखुवासभामा कैदी मृत्यु प्रकरण : असईसहित १० प्रहरी पक्राउ

विराटनगर । संखुवासभा कारागारमा २ कैदीको मृत्यु प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जना प्रहरी पक्राउ परेका छन्। संखुवासभा कारागारबाट मंगलबार राति भाग्ने क्रममा समातिएका मादी नगरपालिका ५ का १९ वर्षीय विनोद तोलाङ्गी र...

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको ३ वर्षपछि उद्धार

चितवन, २१ साउन-३ वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्तापश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार...

प्रेस काउन्सिलका अध्यक्ष बस्नेतलाई नहटाउन अन्तरिम आदेश

काठमाडौं, असार १२ । चार महिना अघि जारी भएको अल्पकालिन अन्तरिम आदेशको निरन्तरता दिंदै सर्वोच्च अदालतले आइतबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतलाई नहटाउन सरकारका नाममा आदेश दिएको छ । अदालतको यो आदेशसँगै काउन्सिललाई कार्यकर्ता भर्तिकेन्द्र...

कुलमानलाई बर्खास्त गरेको विरुद्धमा विराटनगरमा पनि प्रर्दशन

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका महानिर्देशबाट कुलमान घिसिङलाई सरकारले बर्खास्त गरेको विरोधमा अखिल क्रान्तिकारीले विराटनगरमा प्रधानमन्त्रीको पुत्ला दहन गर्दै विरोध प्रर्दशन गरेको छ ।विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको विराटनगरको ट्राफिक चोकमा पुत्ला दहन गर्दै आज...

सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : संसद् विघटन बाध्यात्मक राजनीतिक परिस्थिति

काठमाडौं, १९ पुस-प्रधानमन्त्री केपी ओलीले सरकारलई काम गर्न नदिएकोले बाध्यात्मक राजनीतिक परिस्थितिका कारण संसद् विघटन गर्नुपरेको दाबी गर्दै रिट खारेज गर्न भनेका छन् । संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा लिखित जवाफ पठाउने क्रममा ओलीले संसद्...

चीनबाट आइपुग्यो ८ लाख डोज भेरोसेल खोप

सरकारले चीनबाट खरिद गरेको ८ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ८ लाख डोज खोप शुक्रबार बिहान नेपाल आइपुगेको जानकारी दिए । खोप...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्