सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : संसद् विघटन बाध्यात्मक राजनीतिक परिस्थिति

 न्यूज विराट
सर्वोच्चलाई प्रधानमन्त्रीको लिखित जवाफ : संसद् विघटन बाध्यात्मक राजनीतिक परिस्थिति

काठमाडौं, १९ पुस-प्रधानमन्त्री केपी ओलीले सरकारलई काम गर्न नदिएकोले बाध्यात्मक राजनीतिक परिस्थितिका कारण संसद् विघटन गर्नुपरेको दाबी गर्दै रिट खारेज गर्न भनेका छन् ।

संसद् विघटनविरुद्ध सर्वोच्चमा परेको रिटमा लिखित जवाफ पठाउने क्रममा ओलीले संसद् विघटनलाई संसदीय प्रणालीको मूलभूत विशेषताको रूपमा समेत अर्थ्याएका छन् ।

आज सर्वोच्चलाई पठाएको जवाफमा ओलीले लेखेका छन्, ‘वैकल्पिक सरकारको सम्भावनासम्म नभएको र सरकार सञ्चालनको वैधानिक अधिकारलाई गैरसंवैधानिक तवरले निरन्तर अवरोध भई सरकारलाई काम गर्न नदिएको अवस्थामा प्रतिनिधिसभा विघटन गर्नुपर्ने बाध्यात्मक राजनीतिक परिस्थिति आइपरेको हो ।’

ओलीले थप लेखेका छन्, ‘प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने अधिकार संसदीय प्रणालीको मूलभूत विशेषता हो । यो विशेषताबेगर संविधानको धारा ७४ क्रियाशील हुन सक्दैन । यसैगरी धारा ८५ ले प्रतिनिधिसभा अगावै विघटन हुनसक्ने व्यवस्था गरेको छ ।’

प्रधानमन्त्रीले जवाफमा संसदीय प्रणाली अपनाएका अन्य मुलुकमा समेत प्रधानमन्त्रीले संसद् विघटन गर्ने गरेको उल्लेख गरेका छन् । तर, ती मुलुकका संवैधानिक प्रावधानका तथ्यबारे भने केही लेखेका छैनन् ।

ओलीले भनेका छन्, ‘संवैधानिक व्यवस्था, न्यायिक अभ्यास, संसदीय शासन प्रणालीमा आधारभूत मान्यता एवं संसदीय शासन प्रणाली अवलम्बन गर्ने अन्य मुलुकले गरेको अभ्याससमेतका आधारमा गरिएको प्रतिनिधिसभा विघटनको सिफारिस र सो सिफारिसबमोजिम भएका कामकारबाहीहरू संविधानसम्मत भएको हुँदा रिट निवेदन खारेज गरिपाउन सादर अनुरोध गर्दछु ।’

सम्बन्धित समाचार

उम्मेद्वार टुंगो लगाउन आज एमाले सचिवालयको बैठक

भक्तपुर, बैशाख १० । महानगरपालिका र उपमहानगरसहित स्थानीय तहका उम्मेद्वारको टुंगो लगाउन नेकपा एमाले सचिवालय बैठक आज बस्ने भएको छ । एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालका अनुसार आज दिउसो ३ बजे...

प्रदेश १ मा २६ संक्रमित थपिए, ८ जना डिस्चार्ज

विराटनगर, .असार १–प्रदेश १ मा सोमबार २६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४ महिला र २२ जना पुरुषमा संक्रमण देखिएको छ। आज मोरङमा २२ जना, सुनसरीमा ३ जना र झापामा १ जनामा संक्रमण...

लकडाउन लम्बिए उद्योगी व्यवसायीले श्रमिकको भुक्तानी स्थगित गर्ने

निजी क्षेत्रका छाता सङ्गठनहरूले आफ्ना श्रमिकहरूलाई लकडाउन अवधिमा हालमसम्मकाे ५० प्रतिशत बराबरको मात्र पारिश्रमिक उपलब्ध गराउने जनाएका छन् । साथै, थप लकडाउन भएमा भने दिन नसक्ने सङ्केत सरकारसँग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघकी...

एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव : मन्त्री राजभण्डारी

विराटनगर । कोसी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले एमालेलाई आक्रमण र उपेक्षा गरेर कोशी प्रदेशको पुनःनामकरण असम्भव भएको बताएका छन् । पहिचानवादीसँग वार्ता गर्न प्रदेश सरकारले आह्वान गर्दै समिति बनाएपनि पहिचानवादीले बेवास्ता गरेको भन्दै...

प्रदेश १ मा एकैदिन ९८ कोरोना संक्रमित थपिए

विराटनगर, २७ साउन–प्रदेश नं. १ मा आज ९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च संख्या हो । मोरङ ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १÷१ जनामा...

चितवनमा बढ्यो सवारी दुर्घटना : एक वर्षमा ४३५ दुर्घटना, १२८ जनाको मृत्यु

चितवनमा अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाको सङ्ख्या बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार झण्डै दोब्बर सङ्ख्याले दुर्घटना बढेको हो । कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७/७८ मा ४३५ दुर्घटना भएका...

प्रदेश १ मा आज ९५ जना संक्रमित थपिए, ३५ जनाले जिते कोरोना

विराटनगर, ३० साउन-प्रदेश १ मा शुक्रबार ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६२, सुनसरीमा २२, झापामा ९ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरका १३...

प्रदेश १ मा संक्रमितको संख्या २ हजार १० पुग्यो

विराटनगर, ३२ साउन-प्रदेश १ मा आइतबार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । सवैभन्दा धेरै मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्