देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

 न्यूज विराट
देशभर थपिए २७ सय कोरोना संक्रमित, निको हुने ६ लाख नाघे

काठमाडौं, १७ जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ९८५ नमुनाको पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

त्यस्तै, आज ४ हजार १७ जना संक्रमणमुक्त भएसँग निको हुनेको संख्या ६ लाख नाघेको छ । अहिलेसम्म ६ लाख १४९ जना निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज थप ३३ जना संक्रमितको निधन भएको छ । अहिलेसम्म ९ हजार १४५ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयको तथ्यांक छ । अहिलेसम्म ६ लाख ४० हजार ६६२ जनामा कोरोना पुष्टि भएको छ । देशभर ३१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित समाचार

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

अझै सिल भएन सप्तरीमा कोरोना भेटिएका युवकको गाउँ

सप्तरी, ३१ वैशाख-सप्तरीको डाक्नेश्वरी नगरपालिका-३ हटैलका १ युवकमा कोरोना संक्रमणको पुष्टि भएपछि सिल गरिएको सुनिए पनि बस्तीमा हालसम्म सेनिटाइजसम्म नगरिएको स्थानीयहरूले गुनासो गरेका छन् । बस्तीमा संक्रमित भेटिएसँगै आफूहरू त्रसित भएको अवस्थामा हालसम्म जनप्रतिनिधीले कुनै...

थारू कल्याणकारिणीमा विवाद : निर्वाचन रोक्न माग

विराटनगर । थारु कल्याणकारिणी सभा मोरङले विधान विपरीत हुन लागेको निर्वाचन रोक्न माग गरेको छ ।थारु कल्याणकारिणी सभा मोरङले शुक्रबार एक विज्ञाप्ती जारी गर्दै यस्तो माग राखेको हो । निर्वाचन मण्डलीले एक पक्षीय रुपमा थारु...

पाल्पामा देखिएन सारङ्गी, सुनिएन मालश्री धुन

दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको...

प्रचण्ड-माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : ओली

काठमाडौं, २६ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउन जन्मिएको टिप्पणी गरेका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई...

भन्सार विभागमा इ–पेमेन्टबाट पहिलो महिनामै ७ अर्बभन्दा धेरैको कारोबार

नेपाल सरकार भन्सार विभागले माघ मसान्तसम्म ७ अर्ब ४ करोड रुपैयाँबराबरको राजस्व डिजिटल माध्यमबाट संकलन गरेको छ । उक्त डिजिटल संकलनको व्यवस्था गत १ पुसदेखि कार्यान्वयन गरिएको थियो । यसरी भन्सार विभागको प्रज्ञापनपत्रसम्बन्धी भुक्तानी एनसीएचएल तथा...

भोलि संविधान संशोधन विधेयक संसदमा दर्ता हुने

काठमाडौं, १७ जेठ-भोलि संविधान संशोधन विधेयक प्रतिनिधि सभामा दर्ता हुने भएको छ । संसद सचिवालय सम्भावित कार्यसूचीको पहिलो नम्बरमा संविधान संशोधन विधेयकलाई राखेको छ । यसअघि भने सम्भावित कार्यसूचीमा राखेर अन्तिम समयमा हटाइएको थियो । प्रमुख...

नेपालमा ८१ वर्षीया वृद्धाले कोरोनालाई जितिन्

सुर्खेत, ११ वैशाख-कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिन लकडाउनलाई क्षेत्रगत रूपमा कडाइ गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले निर्देशन दिएका छन् । उनले कर्णालीका १० वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सँग भिडियो संवाद गर्दै...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्