बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम

 न्यूज विराट
बीपी प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तालाबन्दी, माग पूरा गर्न सातदिने अल्टिमेटम

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध आन्दोलनरत संयुक्त संघर्ष समितिले आफ्ना माग पूरा गर्न सातदिने अल्टिमेटम दिएको छ । संयुक्त संघर्ष समितिले २३ असारभित्र आफ्ना माग पूरा गर्न अल्टिमेटम दिएको हो ।

संघर्ष समितिले उक्त समयभित्र माग पूरा नभए प्रतिष्ठानका सम्पूर्ण फ्याकल्टी, कर्मचारी, आवासीय चिकित्सक र विद्यार्थीसहित सामूहिक राजीनामा दिएर प्रधानमन्त्री कार्यालय घेराउ गर्ने चेतावनी दिएको छ । समितिले अल्टिमेटम दिँदै प्रतिष्ठानका चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेको छ ।

बढ्दो बेथितिको अन्त्यको माग गर्दै १ असारदेखि प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थीले आन्दोलन गर्दै आएका छन् । मंगलबार पदाधिकारीसितको वार्तामा उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर वार्तास्थलमा उपस्थित भएपछि वार्ता भाँडिएको थियो । बुधबारदेखि सातदिने अल्टिमेटमसहित पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन अघि बढाएको संघर्ष समितिले जनाएको छ ।

प्रतिष्ठानको साख र प्रतिष्ठा पुनः स्थापित गर्दै शुद्धीकरणको अभिप्रायले विगत १६ दिनदेखि आन्दोलनरत रहेको संयुक्त सघर्ष समितिले कुलपति एवं प्रधानमन्त्रीलाई समेत जानकारी गराउँदा पनि यसको समाधान नभएकोले सोमबारदेखि आन्दोलनको स्वरूप परिवर्तन गरेर रिले अनशन सुरु गरेको थियो ।

आन्दोलनलाई सम्बोधन गर्नका लागि पदाधिकारीहरूको गैरजिम्मेवारीपन, लाचारीपन एवं शून्य तयारीले स्तब्ध तुल्याएको भन्दै समितिले विज्ञप्ति जारी गरेको छ । मंगलबार आन्दोलनका क्रममा बाहिरबाट भिजिलान्ते प्रवेश गरी अराजक गतिविधि गरेर संघर्ष समितिको आन्दोलनलाई तुहाउने प्रयास भएको भन्दै रिले अनशनलाई स्थगित गरी तालाबन्दी र सातदिने अल्टिमेटममा आन्दोलनको स्वरूप अघि बढाएको समितिका सदस्य डा. पदम नेपालीले बताए ।

पदाधिकारीको तालाबन्दीपछि अक्षम सम्पूर्ण पदाधिकारीहरूको राजीनामा एवं बहिर्गमन हुनुपर्ने, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोली गठन गरिनुपर्ने, अबका दिनमा पदाधिकारीहरू चयन गर्दा विभिन्न आयोग एवं विज्ञहरूले दिएको सुझावअनुसार विशिष्टीकृत एवं विज्ञहरूको समूह बनाइ उक्त समूहले सिफारिस गरेको व्यक्ति मात्र चयन हुने वातावरण बनाइनुपर्ने पनि माग गरिएको छ ।

सम्बन्धित समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं, १४ असार -आज नेपाली कांग्रेसको पदाधिकारी बस्ने भएको छ । दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने पार्टी उपसभापति विमलेन्द्र निधिले जानकारी दिए । उनका अनुसार...

कांग्रेसका तीन नेताको बैठक : सरकार विस्तार नगरेकोमा सभापतिको आलोचना, ध्यानाकर्षण गराउने निर्णय

नेपाली कांग्रेसका शीर्ष तीन नेताहरूले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई सरकार विस्तारमा दबाब दिने निर्णय गरेका छन् । नेताहरू शशांक कोइराला, बिमलेन्द्र निधि र प्रकाशमान सिंहको बैठकले सरकार विस्तार नगरेकोप्रति सभापतिको आलोचना गर्दै मन्त्रिपरिषद्लाई...

विराटनगरका कांग्रेस नेता गुप्ताले सुरु गरे श्रीलंकालाई आर्थिक सहयोग अभियान

विराटनगर, २७ असार । विराटनगरका नेपाली कांग्रेसका नेता राजेश गुप्ताले आर्थिक संकट झेलीरहेको श्रीलंकालाई सहयोग अभियान सुरु गरेका छन् । नेपाली कांग्रेस प्रदेश १ का कोषाध्यक्ष रहेका गुप्ताले संकटबाट गुज्रीरहेको श्रीलंकाका लागि आर्थिक सहयोग अभियान...

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

जालझेल एक–दुई पटक चल्ला, सधैँ अदालतको परमादेशबाट किस्तीमा सरकार पाउनेवाला छैनन् : ओली

काठमाडौं, ३० असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कहीँ नभएको जात्रा रामशाहपथमा भएको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर बुधबार दिउँसो बालकोटस्थित निजी निवास फर्किएका अध्यक्ष ओलीले जनताको अधिकार खोसेर...

पत्रकारमाथि कुटपिट गर्ने मेयर र कर्मचारीविरुद्ध अझै कारबाही भएन

जनकपुर, पुस २५–धनुषामा पत्रकारमाथि कुटपिट भएको चार दिन बितिसक्दा पनि कारबाहीको प्रक्रिया अघि बढेको छैन । नगरपालिकाका कर्मचारीले मेयरकै अगाडी आधा दर्जन पत्रकारहरूलाई हातपात गर्दै कार्यालयको कम्पाउण्डसम्म लगेका थिए । प्रहरीले पहिलो दिन नै नगरपालिकाबाट...

विराटनगरको शैक्षिक संस्थामा चन्दा आतंक, दुई जना पक्राउ

विराटनगर । शैक्षिक संस्थामा चन्दा आतंक मच्याएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाम माम्सेवुङ गाउँपालिका १ गजुरमुखी घर भइ काठमाण्डौ स्थित भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथरको...

एलपी ग्यासको मुख्य बृद्धि तत्काल फिर्ता लिन माग

विराटनगर, ९ जेठ । एलपी ग्यास ग्यास बिक्रेता संघ मोरङ पेट्रोलिम पदार्थमा गरिएको मुल्यबृद्धि तत्काल फिर्ता लिन माग गरेको छ । नेपाल सरकारले नियतबस जनताको ढाड सेक्नेगरी १६०० पर्ने ग्यासको मुल्य बढाएर १८०० कायम गरेको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्