अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

 न्यूज विराट
अर्थमन्त्रीको शेयर बजारमा चासो, अब सरकारले पनि लगानी गर्ने आशा

काठमाडौं, १६ असार । अब पुँजी बजारमा सरकारले पनि चासो देखाएको छ । उच्च विन्दुमा पुगेर फर्किएको बजारलाई आफ्नै लयमा फर्काउन अर्थमन्त्री विष्णु पौडेलले चासो देखाएका हुन् ।

पुँजी बजारले देशको अर्थतन्त्रमा पनि ठुलो प्रभाव पार्छ । पुँजी बजारले सरकारलाई पानि धेरै फाइदा पुग्दछ । पछिल्लो केही दिन कारोबार रकम झण्डै २ं० अर्ब माथि पुगेको देखिएको छ । त्यसबाट प्राप्त राजश्वबाट सरकारलाई राम्रो आम्दानी भएको देखिन्छ ।
अन्य देश जस्तै नेपाल सरकारले पनि पुँजी बजारमा ध्यान दिन एकदमै जरुरी देखिएको छ । अन्य देशमा सरकारको दोस्रो प्रथामिकता पुँजी बजार भएपनि नेपालमा यस्तो छैन ।

तर, अब सरकारले पनि चासो देखाएपछि केही राम्रो हुने सवैले अपेक्षा गरेका छन् । पछिल्लो केहीदिन यता कारोबार रकम र बजार घटेको छ तर यो अषाढ मसान्तको क्लोजिङ र सानो करेक्सन मात्र भएको विज्ञहरुको भनाई छ ।

अर्थ मन्त्रालयका सहसचिव दीर्घराज मैनालीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को अध्यक्षमा नियुक्ति भएसँगै सेयर बजार फस्टाउने अनुमान गरिएको छ । नेप्सेका तत्कालीन अध्यक्ष पदभार सम्हालेका लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि रिक्त पदमा मैनाली नियुक्ति भएका थिए । मैनालीको प्रवेशसँगै पछिल्लो समय लगातार ओरालो लागेको नेप्सेमा सुधार आउने आशा गरिएको छ । उनी सेयर बजारप्रति निकै सकारात्मक देखिएका छन् । मैनालीको आगमनले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नति हुने शेयर बजारका प्रयोगकर्ताहरुले अनुमान गरेका छन्।

अब छिट्टै पुँजी बजार आफ्नै लयमा फर्किने सवैको अपेक्षा छ । पछिल्ला केही दिनमा पुँजी बजारको भविष्य नेपालमा राम्रो हुने भएकाले राम्रा राम्रा कम्पनीहरु छानेर लगानी गर्न लगानी कर्ताहरुलाई विज्ञ विष्णु बयलले बताएका छन् उनले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । ‘पुँजी बजारमार्फत मुलुकको आर्थिक विकासमा पुर्याउन सकिने योगदानका सन्दर्भमा नेप्से सञ्चालक समितिका अनुभवी सदस्यहरु तथा व्यवस्थापनबाट आवश्यक सहयोग प्राप्त हुने अपेक्षा मैले राखेको छु’, उनले भने ।

सम्बन्धित समाचार

बैंकको चर्को ब्याजविरूद्ध विराटनगरमा बुधबार मौन जुलुस

विराटनगर । मोरङ व्यापरा संघको नेतृत्वमा विराटनगरमा बुधबार दिउँसो बैंकको चर्को ब्याजविरूद्ध मौन जुलुस हुने भएको छ । बुधबार दिउँसो साढे १० बजे मोरङ व्यापार संघको प्राङ्गणमा वृहत मौन जुलुस हुने भएको हो । उच्च...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १ सय २१ संक्रमित थपिए

विराटनगर, २६ भदौ–प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय २१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक...

अन्तर्राष्ट्रिय व्यापार प्रणालीलाई सामूहिक समृद्धिका लागि निष्पक्ष बनाउनुपर्छः प्रधानमन्त्री ओली 

काठमाडौं, १६ जेठ-प्रधानमन्त्री केपी शर्मा ओलीले साना र ठूला तथा धनी र गरिब राष्ट्रबीचका लागि समावेशी विश्व आर्थिक पद्धति स्थापित गर्न विश्व समुदायसँग आग्रह गरेका छन् । कोरोना महामारी र यसपछिका चरणमा विकासका लागि लगानी...

शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना

विराटनगर । विभिन्न सामाजिक कार्य गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सहयोग गर्दै आएको बेलगाछीस्थित शिव आधारभूत विद्यालयमा स्वच्छता सम्वन्धी सचेतना कार्यक्रम...

रास्वपाको महाधिवेशन प्रक्रिया सुरु , आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बिहीबारबाट महाधिवेशन प्रक्रिया सुरू गर्न लागेको छ। आज सातै प्रदेशमा एक–एक वडा अधिवेशन गर्दै तलबाट महाधिवेशन प्रक्रिया थाल्न लागेको सचिवालय सदस्य सन्तोष परियारले जानकारी दिए। ‘मंसिर ११, १२,...

राहत पर्खंँदै गन्धर्व बस्ती

तनहुँ, ३० चैत-१८ दिनयताको ‘लकडाउन’का कारण जिल्लाको भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५ घरपरिवार राहतको पर्खाइमा छन् ।...

कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, २४ घण्टामा थपिए ५५४ जना

काठमाडौं, १३ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२० जना महिला र ४३४ जना पुरुषमा कोरोना पुष्टि भएको...

इटहरीको अम्बे सहकारीमा ४० करोड घोटला, अध्यक्ष फणीन्द्र मगर सहित पाँच जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा रहेको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरूले निक्षेप गरेको करिब ४० करोड घोटला भएको पाइएको छ । बचत कर्ताहरुले निक्षेप गरेको रकम घोटला भएपछि अम्बे कोसी बचत तथा ऋण...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्