बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

 न्यूज विराट
बेलबारी ९ नं. वडा कार्यालयले गर्यो जग्गादातालाई सम्मान

विराटनगर, १४ असार । बेलबारी नगरपालिका वार्ड नं ९ कार्यालयले वाडभरिका विभिन्न सङ्घ संस्थालाई जग्गा दान गर्ने जग्गादाताहरूलाई सम्मान गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रमको आयोजना गरेर उनीहरूलाई सम्मान गरेको हो ।

बेलबारी नगरपालिका वडा नं ९ का अध्यक्ष नगेन्द्र खड्काले दाताहरूले संस्थालाई लाएको गुण कहिल्यै भुल्न नसकिने बताउँदै अरूलाई पनि प्रेरणा मिलोस् भनेर यो कार्यक्रमको आयोजना गरिएको बताए ।

काली माविका प्रधानाध्यापक नारायण कोइरालाले दाताहरूले संस्थामा लगाएको योगदान अमूल्य रहेकोले विद्यालयले त्यसको सधैँ सम्मान गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

दाताहरूले भने संस्थालाई जग्गा दिन पाएकोमा आफूहरूलाई खुसी लागेको बताएका थिए । तर केही दाताहरूका परिवारका सदस्यले भने सम्झौता अनुसार काम नभएकोमा गुनासोसमेत प्रकट गरेका थिए ।

बेलबारी ९ मा रहेको काली माविलाई विभिन्न दाताहरूबाट ३ विगाहा १ कठ्ठा जग्गा प्राप्त भएको थियो भने ज्ञानोदय आधारभूत विद्यालयका लागि ३ कठ्ठा १, कृषि भवन निर्माणका लागि २ कठ्ठा १५ धुर र डाँगीहाट स्वास्थ्य चौकीका लागि २ कठ्ठा १५ धुर जग्गा प्राप्त भएको वाडाकार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार

राहतले विपन्न परिवारमा खुसी

विराटनगर, २० चैत-प्रतिकूल अवस्थामा स्थानीय सरकारले खाद्य सामाग्री वितरण अभियान चलाएपछि इटहरीका विपन्न परिवारले राहत महसुस गरेका छन् । । इटहरी उपमहानगरपालिकाले लकडाउनको अवधि थपिएपछि दैनिक ज्यालादारीमा काम गर्ने २० वटै वडाका १० हजार परिवारलाई...

कटहरी गाउँपालिकाले ल्यायो ५५ करोड ४९ लाखको बजेट

विराटनगर । मोरङको कटहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ को लागि ५५ करोड ४९ लाख ८१ हजार १ सय रुपैया बराबरको बजेट ल्याएको छ । कटहरी गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो अधिवेशनमा बिहीबार गाउँपालिकाकी उपाध्यक्ष सीतादेवी...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

बेलबारी बोयर बाख्रा प्रकरणः उपप्रमुखद्वारा छानविन समितिमा बस्न अस्वीकार

विराटनगर, २७ जेठ । मोरङको बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुलीले नगरपालिकाले बोरय बाख्रा प्रकरणको छानबिन गर्न गठन गरेको छानबिन समितिमा बस्न अस्वीकार गरेकी छन् । नगरपालिकाको २४ गते बसेको कार्यपालिकाको बोर्डले सत्य तथ्य छानबिन गरी...

पर्सामा कोरोना संक्रमणबाट युवतीको मृत्यु

वीरगन्ज, २१ साउन-पर्सामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । पर्साको पोखरीया नगरपालिका- ८ घर भएर वडा नम्बर ९ बरवा गाँउस्थित मामाघरमा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।...

काडेतार लगाएर भए पनि सीमानाका जोगाऔँः माधव नेपाल

काठमाडौं, २९ वैशाख-सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको सीमा विवाद गर्न दीर्घकालीन समाधान खोज्न माग गरेका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सीमामा सधैँ समस्या देखिएको सवालमा काडेतार...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, ३० वैशाख-सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । २ जेठमा संसदमा पेश हुने नीति तथा कार्यक्रमबारे छलफल गर्न मन्त्रिपरिषदको बैठक सुरू भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा नीति...

विराटनगर महानगरको मेयर कोइरालाको विरोध  गर्दा चापागाईं हिरासतमा

विराटनगर । महानगरको कामकारबाहीको आलोचना गर्दै विराटनगर महानगरपालिका अगाडि ब्यानर बोकेर उभिने एक महिलालाइ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक विद्यालय शिक्षा सुधारको माग गर्दै महानगरपालिका अगाडि दैनिक धर्ना बस्दै आएकी ५२ वर्षीयाँ इन्दिरा चापागाईंलार्ई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्