विविध कार्यक्रम गरि विराट व्यापार संघले मनायो २१ औ स्थापना दिवस

 न्यूज विराट
विविध कार्यक्रम गरि विराट व्यापार संघले मनायो २१ औ स्थापना दिवस

विराटनगर, १२ असार । विराट व्यापार संघले विविध कार्यक्रम गरि २१ औँ स्थापना दिवस मनाएको छ । शनिबार विराटनगरमा रक्तदान, विपन्न परिवारलाई खाद्यान्न वितरण र द्विप प्रज्वलन गर्दै स्थापना दिवस मनाएको हो ।

विराटनगरका अस्पतालहरुमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै विराट व्यापार संघले दिवसको अवसरमा शनिबार विहान आयोजना गरेको रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको छ ।

रक्तदान कार्यक्रममा सहभागि भएर विराट व्यापार संघका पदाधिकारी तथा सदस्यहरु, संघमा आवद्ध उद्योगी, व्यवसायी, कामदार, कर्मचारी, शसस्त्र प्रहरीलगायतले रक्तदान गरेका थिए ।

सोही कार्यक्रममा संघले कोरोना माहामारीका कारण हातमुख जोर्न समस्यामा पर्दै आएका अति विपन्न परिवारलाई रहतस्वरुप खाद्यान्न समेत वितरण गरेको छ ।

सामाजिक काममा अग्रसर तथा कोरोना माहामारीका कारण जारी गरिएको निषेधाज्ञाका कारण हातमुख जोर्न समस्यामा परेका अति विपन्न परिवारलाई राहत वितरणमा गरेर सहयोग गर्दै आएको संस्था अपन विराटगढ परोपकार समाज र सन्वीदी नेपाल मार्फत करिब एक सय परिवारलाई पुग्ने चालम, दाल, तेल, नुन, भुजालगायतका खाद्य सामाग्री वितरण गरेको विराट व्यापार संघका अध्यक्ष सुजन थापाले जानकारी दिए ।

त्यस्तै स्थापना दिवसकै अवसर पारेर विराट व्यापार संघले साँझ द्विप प्रज्वलनसमेत गरेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा साढे ६ बजे दिवसको अवसरमा विराटनगरस्थित पञ्चमुखि मन्दिरमा पुजापाठ गर्दै मन्दिर अगाडी द्विप प्रज्वलन गरेको हो ।

संघले कोरोना संक्रमणका कारण ज्यान गुमाएका उद्योगी व्यवसायीको सम्झनामासमेत द्विप प्रज्वलन गरेको हो । विराट व्यापार संघ २०५७ सालमा विराटनगरका उद्योगी व्यवसायीहरुको सकृयतामा स्थापना भएको थियो । हाल विराट व्यापार संघमा करिब २ हजार उद्योगी/व्यवसायी आवद्ध रहेको अध्यक्ष थापाले जानकारी दिए।

सम्बन्धित समाचार

प्रदेश १ मा बस्नेत र बरालको मत बराबर, गोलाप्रथाबाट कांग्रेसका बस्नेत विजयी

विराटनगर, १२ माघ । राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ को खुलातर्फ सत्ता गठबन्धनका कांग्रेस उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मत बराबर भएपछि गोला (चिट्ठा) तानेर बस्ने विजयी भएका हुन् । गठबन्धनका बस्नेत र...

एनबीएससी मिल्स क्रिकेट प्रतियोगिताको फाइनलमा

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा एनबीएससी क्रिकेट क्लब विराटनगर फाइनलमा पुगेको छ । वाइआरसीसी विराटनगरलाई ६३ रनले निराश बनाउँदै एनबीएससी उपाधि नजिक पुगेको हो । वाइआरसीसीले उपाधिको लागि बिहीबार अन्तिम सेमिफाइनल...

सीएनआई कोशी एक्स्पोमा चार सय स्टल रहने

विराटनगर । सीएनआई कोशी एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगर – २ शंकरपुरमा माघ १९ देखि २८ गते सम्म संचालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको हो । आयोजक नेपाल उद्योग परिसंघ प्रदेश...

मिल्स क्रिकेट प्रतियोगिता : मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको...

महोत्तरीका ११ स्थानमा ‘कोरोना हेल्थ डेस्क’

महोत्तरी, माघ २१–कोरोना भाइरसको संक्रमण भित्रिन नदिन महोत्तरीका भारतीय सीमानाका ११ स्थानमा ‘हेल्थ डेस्क’ सञ्चालनमा ल्याइएको छ । ती सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको संक्रमण भए नभएको जाँच गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ...

कर्णाली प्रदेश अस्पतालका ४२ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

सुर्खेत, ४ असार-कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउन आएका ३ जनालाई कोरोना पोजेटिभ देखिएपछि अस्पतालको इमर्जेन्सी कक्ष सिल गरिएको छ । समुदायस्तरबाटै उपचार गराउन जेठको ३१ र ३२ गते दैलेखबाट आएका २ जना बिरामी र...

सीएनआई कोसी एक्स्पो : पाँच मुख्य पेभिलियन, ३०० बढि युवालाई रोजगारी

विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...

प्रदेश १ मा लकडाउनको मोडालिटी परिवर्तन हुने

प्रदेश १ सरकारले आगामी १ असारदेखि लकडाउनको मोडालिटी परिर्वतन गर्ने भएको  छ । मोरङको धनपालथान-५ दादरवैरीया स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको ८ कोठे भवनको आज शिलान्यास गर्दे प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश सरकारले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्