मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायतका प्रदेशका केही स्थानमा पानी पर्न सक्ने छ । त्यस्तै आज राति प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षाको सम्भावना छ ।
अहिले देशका अधिकांश भू-भागमा बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पानी परिरहेको महाशाखाले जनाएको छ ।
भोलि देशभर बदली रही अधिकांश स्थानमा वर्षा हुने छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने छ । त्यस्तै आइतबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।