औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

 न्यूज विराट
औषधी व्यवसायी संघ मोरङले मनायो ४८ औँ स्थापना दिवस

विराटनगर, १० असार । पुरानो र सजाय कम भएको औषधी ऐन २०३५ हुदा औषधी क्षेत्रमा देखा परेको बिकृती र विसंङगती अन्त्य हुन नसकेकोले कडा ऐन ल्याएर अपराधमा संलग्नलाई कारवाही गर्न औषधी व्यवसायीहरुले माग राखेका छन् ।

नेपाल औषधी व्यवयासी संघको ४८ औं स्थापना दिवसको अवसर पारेर मोरङले विराटनगरमा बिहीबार आयोजना गरिएको कार्यक्रममा बोल्दै व्यवसायीहरुले यस्तो बताएका हुन् । औषधी क्षेत्रमा देखा परेको बिकृती र विसङ्ंगती अन्त्य गरि स्वच्छ र मर्यादित व्यवयासी संचालन गरिनुपर्नेमा उनीहरूले जोड दिए ।

नेपाल औषधी व्यवसायी संघका पूर्व अध्यक्ष लक्ष्मण माझीले व्यवसायी एक ढिका भएर स्वच्छ र मर्यादित रूपमा व्यापार व्यवसाय गरिनुपर्नेमा जोड दिए ।

नेपाल औषधी व्यवसायी महासंघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले औषधी क्षेत्रमा धेरै गुनासो आउने भएकोले मर्यादित र स्वच्छपूर्ण तकिारले औषधी व्यवसायीहरुले व्यापार व्यवसाय संचालन गरिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै संघका उपाध्यक्ष देशबन्दु ढकालले पुरानो औषधि ऐनलाई परिमार्जन गरि कडा सजाए भएको औषधी ऐन ल्याउनुपर्ने बताए । ‘स्वास्थ्य जस्तो सम्बेदनशिल क्षेत्रमा ज्यान लिनेसम्मका अपराध गरेको देखा परेका छन् ।

तर, अहिले पुरानो औषधी ऐन हुदा अपराधमा संलग्न प्रतिवादी सामान्य धरौटिमा छुटने र पुरानै धन्दा संचालन गर्दछन्,’ उनले भने, ‘त्यही भएर राज्यले कडा सजायको व्यवस्था राखेर औषधी ऐन परिमार्जन गरेर ल्याउनुपर्दछ । जसले गर्दा औषधी क्षेत्रमा देखा परेको विकृती अन्त्य हुनेछ ।’
कार्यक्रममा बोल्दै नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संन्जिव शर्मा कट्टेलले औषधी क्षेत्रमा देखा परेको बिकृति अन्त्य गरिन सबै क्षेत्र लागि परे मात्र स्वच्छ र मर्यादित व्यवसाय संचालन गर्न सकिने बताए । उनले औषधी ऐन शंसोधन गरिन राज्य लागि परेको बताए । ‘अहिलेको ऐन पुरानो भएकोले औषधी ऐन शंसोधनको लागि ३ पटक ड्राफ भइसकेको छ,’ उनले भने, ‘नयाँ आउने औषधी ऐनमा थप परिमार्जन भएर आउनेछ ।’

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्य चन्द्रदत्त पौडेल, पुर्व अध्यक्ष सुवास अग्रवाल, नेपाल पत्रकार महासंघ मोरङ शाखाको अध्यक्ष संन्जीव खनाललगायतले बोलेका थिए । सोही अवसमार ४३ सालदेखि मर्यादित रूपमा व्यवसाय संचालन गर्दै आएका अशोक थापालाई सम्मान गरिएको छ । थापालाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेल र संघका अध्यक्ष तिम्सिनाले सम्मान गरे ।

स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा २२ जनाले रक्तदान गरे । सोही अवसरमा विराटनगरस्थित कोशी अस्पतालका विरामीलाई फलफूल पनि वितरण गरियो ।

यसअघि मोरङको कटहरी गाउँपालिका – २ आर्दशटोलमा रहेको एक दृष्टिविहनी परिवारलाई खाद्यान्य सहयोग गरेको थियो भने मोरङको उर्लाबारी – ७ मा रहेको नमूना बाल गृहका बालवालिकाहरूको लागि महिना दिनसम्मलाई पुग्ने खाद्यान्य र मोरङको पूर्वी क्षेत्रका संचारकर्मीहरू आवद्ध भएका संचार क्लब उर्लाबारीलाई स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ ।

सम्बन्धित समाचार

निश्हित भए एसविएससि सिङ्गिङ स्टार

विराटनगर । मोरङ पथरीमा रहेको अन्नपूर्ण सेकेण्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसविएससि सिङ्गिङ स्टारको उपाधि जितेका छन् । विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि...

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् । डिएसपी...

सांसद अपहरणको जाहेरी लिन प्रहरीले मानेनः डा. बाबुराम भट्टराई

काठमाडौं, १४ वैशाख-जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै दर्ता गर्न खोजिएको जाहेरी दर्ता गर्न प्रहरीले इन्कार गरेको छ ।सो पार्टीका नेता बाबुराम भट्टराईका अनुसार नेकपाका सांसद र पूर्व आईजीपीविरुद्ध यादवको अपहरण...

थप १३ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या २ सय १९ पुग्यो

काठमाडौं, १७ जेठ-0शनिबार थप १३ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर घर फर्किएका छन् । कोरोनाको संक्रमणलाई पराजित गर्नेमा ७ वर्षीय बालकदेखि ४२ वर्षीय पुरुषसम्म छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार शनिबार...

मिस कोशीमा १७ जना छनौट, दोस्रो र तेस्रो अडिसन पनि हुने

विराटनगर, ६ साउन । छैठौं संस्करणको मिस कोशी प्रतियोगिताकोमा पहिलो चरणको अडिसनबाट १७ जना किशोरी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो चरणको अनलाइन र भौतिक रूपमा लिएको अडिसनमा ३१ जना किशोरी सहभागि...

राजनीतिक दलको विषयमा न्यायालयले हस्तक्षेप गर्नु हुँदैन : महासचिव पोखरेल

काठमाडौं, असार १२ । एमाले महासचिव इश्वर पोखरेलले न्यायपालिकाले राजनीतिक दलमाथि हस्तक्षेप गर्न नहुने बताउनु भएको छ । पछिल्लो समय सर्वाेच्च अदालतले राजनीतिक दलको अधिकार क्षेत्रमाथि हस्तक्षेप गरिरहेको भन्दै महासचिव पोखरेलले अदालत राजनीतिक मुद्दामा प्रवेश गर्दा...

ताप्लेजुङको हाप्पुखोला बृहत खानेपानी आयोजनको मन्त्री चौधरीले गरे उद्घाटन

विराटनगर, ९ फागुन । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकास्थित हाप्पुखोला बृहत खानेपानी आयोजनाको मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका छन् । आयोजना निर्माणको काम सम्पन्न भएपछि बुधबार मन्त्रप्ी चौधरीले उद्घाटन गरेका हुन् । सो अबसरमा मन्त्री चौधरीले आयोजना...

सोमबारबाट पुनः मौसम सक्रिय हुने

काठमाडौं, १० साउन-आगामी सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद् गङ्गा नगरकोटीले...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्