रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

 न्यूज विराट
रतुवामाईको मकैबारीमा महिलाको हत्यामा संलग्न पक्राउ, प्रेमीले हत्या गरेको खुलासा

विराटनगर, ४ असार । मोरङको कानेपोखरीकी सरिता सोरेनको हत्या उनकै प्रेमीले गरेको रहस्य बाहिर आएको छ । घटना घटेको करिब डेढ महिना पछि प्रहरीले सरिताको हत्यामा संलग्न ३१ वर्षीय रतुवामाई–६ का सुफल हस्दालाई पक्राउ गरेसँगै उक्त रहस्य बाहिर आएको हो ।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले सरिताको हत्यामा हस्दाको संलग्नता पुष्टि भएको जानकारी दिए । घटनापछि अनुसन्धानका क्रममा दुबैबिच ६ महिनादेखि प्रेम सम्बन्ध रहेको, सरिताले विवाह गरेर घर लैजान हस्दा समक्ष कर गरेपछि घटना भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले बताएको छ ।

वैशाख १७ गते घरबाट विवाहमा सहभागी हुने भन्दै निस्किएकी ३० वर्षीया सरिता दुई दिनपछि वैशाख १९ मा रतुवामाई नगरपालिका–६ मा पर्ने मकैवारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।

हत्यामा संलग्न भनिएका सुफलका घरमा दुई श्रीमती र तीन सन्तान छन् भने हत्या गरिएकी सरिता पनि एक सन्तानकी आमा हुन् । घटनापछि फरार रहेका हस्दालाई मोरङ प्रहरीको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट बुधवार पक्राउ गरेको थियो । पक्राउ परेका हस्दाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मोरङ जिल्ला अदालतबाट बिहीबार म्याद थप गर्दै प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

सम्बन्धित समाचार

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

काठमाडौं, १ जेठ-नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरपालिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला,...

अध्यादेश खारेजीको माग गर्दै काठमाडौंमा नेविसंघको प्रदर्शन

काठमाडौं, ११ वैशाख-नेपाल बिद्यार्थी संघ (नेविसंघ) को एक समूहले सरकारको बिरोध गर्दै प्रदर्शन गरेको छ । बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समूहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको हो ।...

माओवादी केन्द्र बुढीगंगाको अध्यक्षमा योगेन्द्र पौडेल

विराटनगर । नेकपा माओवादी केन्द्र बुढीगंगा गाउँपालिकाको अध्यक्षमा योगेन्द्र पौडेल निर्वाचित भएका छन् । मोरङको बुढीगंगा गाउँपालिकामा बुधबार भएको माओवादी केन्द्र बुढीगंगाको दोस्रो अधिवेशनबाट पौडेल निर्विरोध निर्वाचित भएका हुन् ।उपाध्यक्षमा रुपेश भट्टराई, सवरलाल मोदी, कमला...

लगानी सम्मेलन सफल बनाउन : नाटा अध्यक्ष भट्टराई

विराटनगर । कोशी प्रदेश सरकारले माघ ११ गतेदेखि विराटनगरमा सुरु गर्ने प्रदेश लगानी सम्मेलन सफल बनाउन लागि पर्न नेपाल ट्राभल्स एण्ड टुर्स एशोसिएसन (नाटा) कोशी प्रदेशले व्यवसायीहरुलाई आग्रह गरेको छ । नाटा कोशी प्रदेशका अध्यक्ष...

नेपालमा थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ

विराटनगर, १० चैत । उदयपुरबाट लागुऔषध ब्राउनसुगर सहित छ जना पक्राउ परेका छन् । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ नमुना स्थितबाट लागुऔषध ब्राउनसुगर सहित ६ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी–५ का २३ बर्षीय...

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार बढी, अमेरिकामा एकै दिनमा १९ हजार संक्रमित बढे

युरोपेली देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको दर अत्यधिक बढेको छ । इटालीमा संक्रमित र मृत्युदर रोक्न समस्या परेको छ । त्यहाँ हालसम्म १० हजार २३ जनाकाे कोरोनाका कारण मृत्यु भएको छ । जसमध्ये एक दिनमा...

ग्यास बिक्रेता संघ मोरङको अध्यक्षमा गणेश साह

विराटनगर, २३ माघ । ग्याँस विक्रेता संघ मोरङमा नयाँ कार्यसमिति चयन भएको छ । संघको शुक्रबार विराटनगरमा आयोजित १३ औं अधिवेशन र १४ औं साधारणसभाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको नयाँ कार्यसमितिमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्