मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

 न्यूज विराट
मेलम्ची खानेपानी आयोजनाका ८ कामदार सम्पर्कविहीन, ७६ को हेलिकोप्टरमार्फत उद्धार

वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ ।

निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ । उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरु, उपकरणहरु, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ ।

मंगलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको थियो । रासस

सम्बन्धित समाचार

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

११३ वर्षीया मारियाले जितिन कोरोना

एजेन्सी, बैशाख ३१-स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा कोरोना भाइरसमुक्त भएकी छन् । अवकाश जीवन बिताउने केएर होममा बस्दै आएका अरु धेरै जना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त...

वीरगञ्जमा कोरोना संक्रमणबाट ४५ वर्षीया महिलाको मृत्यु 

काठमाडाैं, २६ साउन-वीरगन्जकी एक महिलाको मृत्युपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । पहिलेदेखि नै थाइराइडको समस्याबाट पीडित ४५ वर्षीया महिलालाई भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रबार राति मृत्यु भएको थियो ।  मृत्युपछि नारायणी...

साउदीको दमामबाट १ सय ५४ नेपाली स्वदेश फर्किए 

काठमाडौं, ५ असार-साउदीको दमामबाट १ सय ५४ जना नेपाली स्वदेश फर्किएका छन् । हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत् १ सय ५४ नेपाली नेपाली आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यो उडानमार्फत् स्वदेश फिर्तीका...

आजको मौसम : पहाडी भू-भागमा वर्षा हुने

प्रदेश १ लगायतका प्रदेशका पहाडी भू-भागका केही स्थानमा आज अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी तथा मध्यपहाडी तथा तराईका केही भागमा हल्का तुवाँलो लाग्न सक्ने सम्भावना...

लर्डबुद्ध कलेजमा चार दिन निःशुल्क स्वास्थ्य शिविर, मंगलबारबाट सुरू हुने

विराटनगर । विराटनगरस्थित लर्डबुद्ध कलेजमा चारदिनसम्म निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । विराटनगर १० मा रहेको कलेज परिसरमा असार १९ देखि २२ गतेसम्म विराटनगरस्थित न्यूरो हस्पिटका चिकित्सकहरूले निःशुल्क स्वास्थ्य शिविरमा विरामीको स्वास्थ्य उपचार...

छठ हेर्न गएका किशोरमाथि छुरा प्रहार गरी हत्या

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलानजिक छुरा प्रहार गरेर एक किशोरको हत्या गरिएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको आइतबार राती छुरा प्रहार गरी हत्या गरिएको...

पशुपतिनाथको जलहरीमा सुन हिनामिना भएको विषयमा अख्तियारद्वारा मुद्दा दर्ताको तयारी

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । पशुपतिनाथ मन्दिरमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्