बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

 न्यूज विराट
बजेट यथार्थपरक छ, कार्यान्वयन हुन्छ : मन्त्री आङ्बुहाङ

विराटनगर, २ असार । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक वर्ष २०७८/७९ को बजेट यथार्थपरक रहेको दाबी गरेका छन् । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधबार आयोजित सञ्चारकर्मीसँगको भेटमा मन्त्री आङ्बुहाङले बजेटमा पुरानै योजना तथा कार्यक्रम मात्र नभएर प्रतिफल प्राप्त हुने नयाँ कार्यक्रमहरू पनि रहेको बताए ।

अस्पतालको स्तरोन्नति गर्नेजस्ता नयाँ कार्यक्रमसहित आएको बजेट अन्य प्रदेशको भन्दा उत्कृष्ट रहेको मन्त्री आङ्बुहाङले दाबी गरे । प्रदेशको आर्थिक हैसियतअनुसारको आर्थिक रूपान्तरणका लागि बजेट ल्याएको उनको भनाइ थियो ।

बजेटमा आलोचना हुँदै आएको विभिन्न व्यक्तिका नाममा स्थापित प्रतिष्ठानलाई बजेट दिने व्यवस्था राखेको मन्त्री आङ्बुहाङले त्यसको बचाउ गरेका छन् । प्रदेशका नेता तथा सामाजिक व्यक्तित्वको नाममा स्थापित प्रतिष्ठानहरूलाई अनुदानको व्यवस्था गरेर सम्मान प्रकट गरेको उनले बताए ।

निर्वाचनक्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रमको कार्यविधि संशोधन गरी कार्यान्वयन गरिने भन्दै उनले निर्वाचनक्षेत्र पूर्वाधार विकास र विशेष कार्यक्रमका लागि एकमुष्ट ७२ करोड बजेट विनियोजन गरेको बताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तरकुमार खत्रीले चालु आर्थिक वर्षको २ अर्ब नगद मौज्दात, समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानको रकम रहेको बताएका छन् ।

१० दिनको पर्यटन काज बिदा निजामति कर्मचारीहरूका लागि मात्रै भएको बताउँदै उनले शिक्षक र प्राध्यापकहरूलाई त्यो सुविधा नभएको बताए । सेवा प्रवाह प्रभावकारी बनाउन कार्यालय आएको प्रत्येक दिन कर्मचारीलाई खाजा खर्चबापत १ सय रुपैयाँ दिने व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्री आङ्बुहाङले मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७८/०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

विराटनगरमा भदौ १० गतेसम्म निषेधाज्ञा जारी

विराटनगर, १० भदौ-कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विराटनगरमा शुक्रबार मध्यरातिदेखि निषेधाज्ञा जारी भएको छ । जिल्ला सुरक्षा समिति मोरङको शुक्रबार बसेको बैठकले भदौ १० गते मध्यरातिसम्म ५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका...

सरकारविरुद्ध आन्दोलन गर्ने व्यवसायीको चेतावनी

काठमाडौं, २४ असार-कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित उद्योगी व्यवसायीका लागि सरकारले राहत प्याकेज नल्याएको भन्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघले चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोना भाइरस (कोभिड–...

विराटनगर आएर डा. शेखर कोइरालाले भने–देउवा पक्ष गलत मानसिकताबाट अघि बढीरहेको छ

विराटनगर, ६ मंसिर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४ औं महाधिवेशनका लागि बनाइएको निर्वाचन समिति निष्पक्ष नभएको आरोप लगाएका छन्। सोमबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन्...

विरामी निकाल्ने नोबेल विरुद्ध उजुरी

विराटनगर, बैशाख १९–उदयपुर घर भएकै कारण अपरेशन थिएटरबाट विरामी निकाल्ने विराटनगर स्थित नोबेल मेडिकल कलेजमाथि कार्वाहीको माग गर्दै विरामीका आफन्तले उजुरी दिएका छन् । प्रसुति शल्यक्रियाको लागि भर्ना भएकी उदयपुरको त्रियुगा–११ की सरस्वती रौनियारलाई बुधबार...

महेशको आरोप – चोलेन्द्र जी ! प्रधानमन्त्री बन्ने सपना देख्नुभएको छ भने तुहिन्छ

नेकपा एमालेका युवा नेता महेश बस्नेतले सर्वोच्चको फैसला सेटिङमा आएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामा जहानीया शैली देखिएको टिप्पणी गरेका छन् । फैसलाविरुद्ध नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघले सोमबार माइतीघरमा गरेको विरोधसभामा बोल्दै...

विराटनगर लगायत पूर्वका ३ शहरमा ‘थ्री वाई थ्री बास्केटबल’ भदौ ६ गतेदेखि १० गते सम्म हुने

मोरङ –प्रदेश नं. १ का ३ शहरमा विपन्न बालबालिकाका लागी खेलकुद नेपाल  (पिडिसिएन) ले ‘थ्री वाई थ्री वास्केटबल’ प्रतियोगिता गर्ने भएको छ । पिडिसिएनको आयोजनमा विराटनगर लगायत धरान र विर्तामोडमा गर्ने भएको छ । प्रतियोगिता...

र्‍यापिड टेस्ट गराएर प्रमाणपत्र लिन जमातीलाई मुस्लिम संघको अपिल

काठमाडौं, १० वैशाख-मुस्लिम संघ नेपालले तब्लिक जमातीलाई स्थानीय तहको सम्पर्कमा गएर तत्काल र्‍यापिड डाइग्नोष्टिक परीक्षण गराउन अपिल गरेको छ । जमातीले कोरोना संक्रमण फैलाएको भन्ने हल्ला व्यापक भएपछि सबैलाई स्थानीय तहका सम्पर्कमा गएर परीक्षण गराउन...

ब्राउनसुगर सहित १ जना पक्राउ

विराटनगर, १६ मंसिर । सुनसरी ईटहरी उप-महानगरपालिका ६ स्थितबाट ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईटहरी ४ पान्धारे का ३० बर्षिय सन्तोष श्रेष्ठ रहेका छन् । हिजो बेलुका साढे ६ बजे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्