इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

 न्यूज विराट
इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई झलनाथको अपिल

काठमाडौं, असार २ । एमाले बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इगो त्यागेर पार्टी एकताको बाटोमा अग्रसर हुन सवै नेता कार्यकर्तालाई अपिल गर्नुभएको छ । केही दिनदेखि अस्वस्थ भई नर्भिक अस्पतालमा उपचाररत नेता खनालले थप उपचारका लागि दिल्ली जानुअघि बिज्ञप्ती प्रकाशित गरी एकताका लागि अपिल गर्नुभएको हो ।

प्रेस वक्तव्य
आदरणीय दिदि बहिनी तथा दाजुभाईहरु,
उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा म आज केहि दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पुर्णमा आभार व्यक्त गर्न चाहान्छु । सफल उपचार पछि म स्वदेश फर्केर यहाँहरुमाझ पुनः हुनेछु भन्ने विश्वास लिएको छु ।
देशको विथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई धेरै चिन्तित बनाएको छ । राजनैतिक दलहरु विवाद र ध्रुविकरणले विभाजन उन्मुख भएका छन् । त्यही अन्तर संघर्षको पराकम्पन हाम्रो तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मा पर्यो र अहिले नेकपा ९एमाले० मा परिरहेको छ । राष्ट्रिय एकता,अखण्डता लोकतन्त्र र स्थायीत्वको खम्बाको रुपमा रहेका दलहरुभित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ती दुर्भाग्यपुर्ण अवस्था हो । त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताहरु विचको अनावश्यक टकराव, महत्वकांक्षा र व्यक्तिगत इगो साध्ने कार्य यथाशीघ्र अन्त्य गरिनु पर्दछ । हामी सबै एकजुट भएर मुलुकका मुलभुत समस्याहरु हल गर्नु पर्दछ भन्ने कुरा म सबैलाई आग्रह गर्न चाहान्छु ।
हाम्रो पार्टी नेकपा (एमाले) सयौँ सहिदहरुको वलिदान, हजारौं योद्धाहरुको रगत पसिना, कैयौँको प्रवास, जेल, भुमिगत जिवनको संघर्ष, त्याग र तपस्याको कारण सफलताको यो विन्दु सम्म आइपुगेको हो । सो त्यागले यो पार्टी देशको नेतृत्वदायी पार्टी बनोस, राष्ट्र र जनताको हित तथा विकास र समृद्धिको बाहक बनोस र बन्नेछ भन्ने अपेक्षा राखेको छ । तर त्यो जनताको चाहना र अपेक्षा विपरित हामिमा देखिएको अनेकौं गलत प्रवृत्तिहरु, बदलाको भाव र अनावश्यक ईगोका कारण पार्टी जिवनमा यतिखेर गम्भीर संकट उत्पन्न भएको छ । देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ ।

विगतमा हामि सबै मिलेर ठुलाठुला सफलताहरु प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट बिनासको । त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टिका बैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न म सबै नेता कार्यकर्ताहरुलाई विशेष आह्वान गर्न चहान्छु । पार्टीलाई फुटतर्फ धकेल्ने होइन, धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गर्यौ भने मात्र हामि सफल हुन सक्छौँ र सिङ्गो राष्ट्रको नेतृत्व गर्न सक्छौं । त्यसैले टुट(फुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडी बढौं भन्ने सबैमा आह्वान गर्न चहान्छु ।

सम्बन्धित समाचार

१ वर्षभन्दा कम सजाय पाएका कैदीलाई कैदमुक्त गरिने

कोरोना भाइरस संक्रमणबाट बच्न १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई रिहा गरिने भएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठकले १ वर्षभन्दा कम सजाय पाएर जेलमा रहेका कैदीलाई कैदवापतको रकम लिएर कैदमुक्त...

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

कार्यकक्षमै कुटिए सब-इन्जिनियर

जाजरकोट, १४ चैत । जाजरकोटको शिवालय गाउँपालिका– ७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इन्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै आफूले राम्रोसँग काम गर्न र...

प्रदेश १ : घरभाडा छुट गर्ने घाेषणा कार्यान्वयन गर्न सांसदहरूकाे माग

विराटनगर, २५ जेठ-विद्युतमा २५ प्रतिशत महशुल छुट गर्ने, लकडाउन अवधिभर घर धनीले भाडा माग्न नपाउने, एक महिनाको घरभाडा छुट दिनुपर्नेलगायत सरकारले घोषणा गरेका राहतका कार्यक्रम तत्काल  कार्यान्वयन गर्न सांसदहरूले माग गरेका छन् । आइतबार प्रदेशसभा...

रुसबाट कोरोना खोप ल्याउन सम्पूर्ण प्रक्रिया पूरा, केही दिनमै नेपाल आइपुग्ने

काठमाडौं, असार १७ । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभाव भइरहेका बेला निजी क्षेत्रले रुसबाट ल्याउन लागेको स्पुतनिक भी भ्याक्सिनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ । लोमस फर्मासुटिकल कम्पनीले रुसी सरकारसँगको समन्वयमा उक्त खोप नेपाल ल्याउन...

ऋचा मेमोरियल टी–२० क्रिकेट : एनबीएससीको दोस्रो जित, दिल्ली दुई खेलमा जित बिहनी

विराटनगर । घरेलु टिम एनबीएससी विराटनगरले प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगितामा लागातार दोस्रो जित हात पारेको छ । लागातार जित हात पार्ने क्रममा एनबीएससीले पाहुना टिम दिल्ली युनाईटेड क्रिकेट क्बलमाथि ३२ रनको...

कोरोना देखाएर तर्किने छुट भारतलाई छैन : प्रम ओली

काठमाडौं, ३१ वैशाख-प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतले अतिक्रमण गरेर सडक बनाउदै गरेकाले त्यसलाई तत्काल रोकेर वार्ता गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैकमा ओलीले नेपालको सीमा काली नदीको मुहान भएकोमा...

संसद बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विशेष अधिवेशन शुरू भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावको सूचना दिएकाले त्यससम्बन्धी प्रक्रिया सुरु गर्न १५ मिनेटपछि बस्नेगरी बैठक स्थगित गरेका हुन् । आजको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्