प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

 न्यूज विराट
प्रदेश सरकारलाई खोप खरिदको अनुमति दिन मन्त्री राईको आग्रह

विराटनगर, २६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छन् । संघीय सरकारले तुरुन्तै खोपको प्रवन्ध गर्नु पर्ने र गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोना संक्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले संघीय सरकारलाई चाडोभन्दा चाडो प्रवन्ध गर्न आग्रह गरिन् । कोरोनाको तेश्रो लहर शुरु हुने विज्ञहरुले बताईरहेकाले आवस्यक तयारी गर्न आवस्यक देखिएको उनले बताइन् ।

तेश्रो लहरको पनि पुर्वतयारी आवस्यक रहेकोमा मन्त्री राईको जोड छ । कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले दावी गरिन् ।

प्रदेशका दुर्गम–दुर्गम स्थानमा कोरोना फैलिदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले बताइन् । मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपुर्तीमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवस्यक रहेकोमा जोड दिइन् ।

उनले प्रदेश १ का सवै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारी गराइन् । ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरि अघि बढेका छौं । सवै स्थानीय सरकारको बजेट केन्द्रिकृत गरि पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा हामी लागि परेका छौँ ।’ उनले भनिन्,‘एचडियू, आईसीयू, भेन्टिलेटर, आवस्यक जनशक्ति सहितको विकसित अस्पताल निर्माण हुनेछ ।’ भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार

सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल 

काठमाडौं, १३ जेठ-आज बसेको सर्वदलीय बैठकमा संविधान संशोधनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री  सरकारी निवास बालुवाटारमा आज साँझ ५ बजेपछि बसेको सर्वदलीय बैठकमा संविधान संशोधनको बारेमा छलफल भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी...

देशकै नमुना क्षेत्र बनाउने जीवन आचार्यको प्रतिवद्धता

विराटनगर । मोरङ क्षेत्र नं. ६ (क) का गठबन्धन उम्मेद्वार जीवन आचार्यले आफ्नो निर्वाचन क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिवद्धता जनाएका छन् । माओवादी केन्द्रका तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका आचार्यले क्षेत्रको समग्र विकासमा अकल्पनीय...

ब्राउनसुगरसहित मोरङको रंगेलीबाट दुई जना पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका – ७ स्थितबाट प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनबर्षी नगरपालिका ४ का २५ बर्षीय अमित कुमार दाश र ३५ बर्षीय निलेश दाश रहेका...

विराटनगरबाट लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर, १४ माघ । विराटनगरबाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । विराटनगर–१६ स्थितबाट लागुऔषध सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान–१६ का २४ बर्षीय मनिस भुजेल र सोही स्थानकी...

गोकर्णेश्वरका विद्यार्थीलाई रामायण अध्यापन गराइने

गोकर्णेश्वर नगरपालिकाका सामुदायिक एवं संस्थागत विद्यालयमा बालबालिकालाई रामायणका विषयमा अध्यापन गराइने भएको छ । बालबालिकाका लागि पढ्न सकिने गरी पहिलो मुख्यसचिव चन्द्रबहादुर थापाले लेखेको ‘छोटकरी रामायण’ सबै विद्यालयमा वितरण गर्ने अभियान सुरु गरिएको छ ।...

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

झापा, १ भदौ । झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १० देखि बेलुका ६ बजेसम्म सबैखाले पसल, सटर खुला गर्ने...

क्यानडा पठाइदिन्छु भनी ९० लाख ठगेको अभियोगमा एक जना पक्राउ

क्यानडा पठाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा पवर्तको मोदी गाउँपालिका–७ घर भई हाल पोखरा महानगरपालिका–३० शिशुवा बस्ने ३८ वर्षीय धीरजकुमार विश्वकर्मा रहेका छन्...

सार्वजनिक जग्गासहित अनियमिततामा संलग्न जोकोहीलाई कारवाही गर्ने अख्तियार प्रमुख राईको घोषणा

काठमाडौं, माघ २८-अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले अनियमिततामा संलग्न सबैलाई कारवाही गर्ने घोषणा गर्नुभएको छ । अख्तियारको ३० औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाले सरकारी, सार्वजनिक जमीन अतिक्रमण गर्ने जोकोहीलाई...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्