आफनो समूहका प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन नसकेको माधव नेपालको स्वीकारोक्ति

 न्यूज विराट
आफनो समूहका प्रभावशाली नेता विभाजित भएकाले तत्काल नयाँ पार्टी बनाउन नसकेको माधव नेपालको स्वीकारोक्ति

काठमाडौँ, जेठ २२ । नेकपा (एमाले)ले साधारण सदस्य समेत बाट हटाइएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निकटका जिल्ला अध्यक्ष र सचिवसँग प्रभावशाली नेताहरूको मत बाझिएका कारण तत्काल नयाँ पार्टी गठनको सम्भावना कम रहेको बताउनुभएको छ ।

आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा उहाँले तत्कालै नयाँ पार्टी बनाउने अवस्था नरहेको बताउनुभएको हो ।उहाँले आफ्नो टिमभित्रै समस्या रहेको कुरा समेत बताउनुभयो । भेलामा सहभागी एक नेताका अनुसार नेपालले भन्नुभयो ‘नयाँ पार्टी गठन गर्न टिममा समस्या भयो । परिस्थिति पनि अनुकूल देखिएन । संसद्मा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ । एमालेकै तर्फबाट हामी त्यहाँ मुद्दा लडिरहेका छौँ ।’ त्यसैले तत्काल नया पार्टी वन्न नसक्ने बताउनुएको हो ।

माधवको यही नियत बुझेपछिसो समूहमा गम्भीर विग्रह उत्पन्न भएको छ । केही प्रभावशाली नेताहरु र जिल्ला तथा गाउँ तहका सयौं नेता कार्यकर्ता पार्टी छाडन नसकिने अडानमा उभिएका कारण नेपाल समूहमा विग्रहसमेत देखापरेको छ । पार्टीबाट निश्काशनमा परे पनि नेपाल समूहले अहिले पनि नेकपा एमालेकै नाममा गतिविधि गरिरहेको छ । संस्थापन पक्षसँग वार्ता गरिरहनुभएका योगेश भट्टराई र घनश्याम भुषाल, गोकर्ण बिष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले एमालेमै रहन प्रस्ताव राख्नुभएपछि त्यहाँ भित्र माधव दिन प्रतिदिन एक्लिदै जानुभएको छ ।

सम्बन्धित समाचार

फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग

एजेन्सी, १ असोज-अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ । एन्फाका पदाधिकारीहरुले राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको...

उपत्यकामा आज १ हजार ५ सय ३३ जनामा कोरोना पुष्टि

काठमाडौं, २३ कात्तिक-शनिबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौंका १ सय २ सय ९४, भक्तपुरका ७७ र ललितपुरका १ सय ६२ जना हुन् ।   स्वास्थ्य...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

एमाले बैठक- १० बुँदे सहमति अनुमोदन, कार्यदल भंग

एमाले स्थायी कमिटी बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले सहमति ग्रहणसहित कार्यदललाई धन्यवाद दिँदै कार्यदल...

एकै पोखरीमा डुबेर ३ बालकको मृत्यु

झापा, ८ साउन-झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर ३ बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल तामाङका १० वर्षीय छोरा अङ्कुश, सोही स्थानका कमला थामीका २...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न वितरण

विराटनगर, २२ साउन । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई पहिलो चरणमा खाद्यान्न वितरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच विराटनगर तीनटोलियास्थित मानव सेवा आश्रममा आश्रित ७८ जनाको...

प्रदेश १ः पाँच दलिय गठबन्धनले सार्बजनिक गर्यो न्यूनतम साझा कार्यक्रम

विराटनगर, १० पुस । पाँच दलीय गठबन्धन नेतृत्वको प्रदेश १ सरकारले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । शनिबार गठबन्धनले न्यूनतम साझा कार्यक्रम घोषणा गरेको हो । अघिल्लो सरकारले अनुत्पादक क्षेत्रमा खर्च गर्नका लागि छुट्याएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्