नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

 न्यूज विराट
नेपालसहितका १६ एसियाली मुलुकलाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

काठमाडौं, २० जेठ । संयुक्त राज्य अमेरिकाले नेपालसहितका १६ एसियाली मुलुकलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने भन्ने उल्लेख छ ।

नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छैन । ह्वाइट हाउसको पत्रमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस्, पपुवा न्यूगिनी, ताइवान र प्यासिफिक आइल्यान्डले खोप प्राप्त गर्ने उल्लेख छ ।

नेपालले प्राप्त गर्ने खोपको परिमाण भने केही समयमै टुंगो लाग्ने जनाइएको छ । गतसाता राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी जो बाइडेनलाई पत्राचार गर्दै खोपको विशेष पहल गर्न अनुरोध गरेकी थिइन् ।

अमेरिकाले आगामी जुनभित्र ८० मिलियन डोज खोप उपलब्ध गराउने योजनाअनुरुप पहिलो चरणमा २५ मिलियन डोज खोप प्राप्त गर्ने मुलुकको सूची सार्वजनिक गरेको हो ।

अमेरिकाको यो खोप वितरण खाका अनुसार ७५ प्रतिशत खोप कोभ्याक्स संयन्त्रमार्फत वितरण हुने भएको छ ।  अमेरिकाले नेपाल, भारतसहितका १६ एसियाली मुलुकलाई ७ मिलियन डोज, दक्षिण तथा मध्य अमेरिकी मुलुकको लागि ६ मिलियन, अफ्रिकी मुलुकको लागि ५ मिलियन खोप वितरण गर्ने जनाएको छ । अमेरिकाले आफूसँग स्टकमा रहेको आस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोर्डना खोप वितरण गर्न लागेको हो ।

सम्बन्धित समाचार

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

सीमा सुरक्षा सरकारको प्राथमिकतामा : गृहमन्त्री थापा 

डडेल्धुरा, ९ असोज-गृहमन्त्री रामबहादुर थापा (बादल)ले सीमा सुरक्षा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजिकको सशस्त्र प्रहरी बल नेपाल गुल्म नम्बर ५० छाङरु दार्चुलाको उद्घाटन र भवन शिलान्यास गर्दै...

प्रधानमन्त्री ओलीद्वारा मोदीलाई बधाई तथा शुभकामना

काठमाडौं, ३१ साउन-प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी देश भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज बिहान...

घरेलु तथा साना उद्योग महासङ्घद्वारा शुभकामना आदान प्रदान कार्यक्रम 

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ मोरङले विराटनगरमा वडा दसैँ, शुभ दीपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरस्थित होटेल रुविजमा आइतबार एक कार्यक्रम आयोजना गरी दसैँ, दीपावली...

सर्जिकल मास्क र सेनिटाइजरको कालोबारी गर्ने अग्रवाललाई म्याद थप

विराटनगर, चैत ११–कोरोना भाइरस (कोभिड १९) को प्रकोपको बेला विराटनगरमा सर्जिकल मास्क र सेनिटाइजरको बजारमा अभाव देखाएर कालोबारी गर्ने विराटनगरका एक व्यापारीलाई कालोबजारी ऐन अन्तर्गत म्याद थप गरिएको छ । अनुचित लाभ लिने उद्देश्यले मास्क...

राष्ट्रियसभामा सात अध्यादेश पेस

काठमाडौं, १८ पुस-राष्ट्रियसभाको आजको बैठकमा सरकारले जारी गरेका विभिन्न सातवटा अध्यादेश पेस भएका छन् । राष्ट्रियसभाको बैठकमा पेस भएका अध्यादेशमा  ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ रहेका छन् ।...

कांग्रेस अधिवेशन प्रदेश १: नेतृत्व चयनका लागि सुरु भयो मतदान

विराटनगर, १८ मंसिर । नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । यसअघि मतपत्रमा तीन जना उम्मेदवारको नाम छुटेपछि मतदान रोकिएको थियो । बिहान ८ बजेदेखि मतदान हुने भनिए पनि...

सर्वसाधारणको उच्च अपेक्षा र जीवनको अग्निपरीक्षा

श्रीमन्त भट्टराईविराटनगर । ‘अघिल्लो पटक चुनाव हार्दा पनि १६ करोडको योजना क्षेत्रमा ल्याएछन्, अब जिते पछि त काम गर्छन् होला । सडक निर्माण, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत क्षेत्रमा उनले धेरै काम गरेका छन्...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्