विराटनगर, २० जेठ । विराटनगर विमानस्थलको पुनःनिर्माण गरिएपछि आकर्षक देखिएको छ । विमानस्थल प्रवेशद्वारको पुननिर्माणसम्पन्न भएपछि पहिलेभन्दा आकर्षक देखिएको हो । विराटनगर विमानस्थलको प्रवेशद्वार विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको हो ।
यसअघि समान्य प्रवेशद्वार रहेकोमा थ्रीडी एलइडी लाइटसहितको प्रवेशद्वारले अहिले विमानस्थल निकै आकर्षक देखिएको छ । उक्त प्रवेशद्वारको सम्पूर्ण पुनःनिर्माणको कार्य विराटनगरस्थित थ्रीडी एड्भरटाइजिङले पुनःनिर्माण गरेको निर्देशक मो. मोजमले जानकारी दिए ।
उनले वितग तीन महिनादेखि राति ११ बजेदेखि विहान तीन बजेसम्म काम गरेर प्रवेशद्वारको पुनःनिर्माण गरिएको बताए ।
‘यो विराटनगर एयरपोर्टको स्वामित्वमा बनेको र यसमा हामीले पनि सहयोग गरेका छौँ । थ्रीडी एडभरटाइजिङले पूर्णरुपमा बनाएको हो । डिजाइन र कन्सेप्ट क्यानको हो । हामीले सामानको मात्र लिएका हौँ र हाम्रो लागत पनि लिएका छैनौँ ।’ उनले भने,‘गेटमा थ्रीडि एलइडी लेटर लगाएको छौँ । राति र दिनमा पनि तीन तिरबाट देख्न सकिन्छ । एयरपोर्ट संवेदनशिल ठाउँ भएकाले हामीले केही पनि नबिगारि गर्नुपर्ने थियो । त्यहि भएर राति काम गरेका हौँ । हावा हुरिले पनि केही हुँदैन ।’