गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

 न्यूज विराट
गाेकर्ण विष्ट भन्छन्, ‘मेराेबारे गलत प्रचार भयाे’

काठमाडौं, २० जेठ । एमाले नेता गोकर्ण विष्टले आफ्नाबारे भ्रमपूर्ण प्रचार भएको भन्दै दुःख व्यक्त गरेका छन् । आज फेसबुकमा एक स्टाटस शेयर गर्दै विष्टले आफू एमाले एकता जोगाउन प्रयासरत रहेको पनि उल्लेख गरेका छन् ।

‘नेकपा एमालेको एकता जोगाउन भइरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नामसमेत जोडेर केही सञ्चारमाध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन्’, विष्टले लेखेका छन्, ‘एकताका लागि गरिएका इमानदारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

पार्टी र जनसंगठनका सबै तहका कमिटीहरूलाई २ जेठ २०७५ को पूर्ववत् अवस्थामा फर्काउन लागिपरेकाे उनकाे भनाइ छ । ‘राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशासहितको सबल एवं एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो’, विष्टले भनेका छन्, ‘हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

सम्बन्धित समाचार

कुवेतमा लकडाउन उल्लंघन गर्ने विदशीलाई सीधै देश निकाला

एजेन्सी, चैत २२-कोरोना भाइरसको संक्रमण फैलिन नदिन कुवेत सरकारले गरेको लकडाउन उल्लंघन गर्ने विदेशी श्रमिकलाई स्वदेश फिर्ता गर्ने भएको छ ।कुवेतको आन्तरिक मन्त्रालयले रात्रि समयका लागि लागू गरिएको कफर्यू उल्लंघन गर्ने विदेशी नागरिकलाई देश निकाला...

कालापानी क्षेत्रको अनुगमनपछि काठमाडौं फर्कंदै गृह मन्त्रालयको टोली

काठमाडौं, २ जेठ-दार्चुलाको कालापानी/लिपुलेक क्षेत्रको स्थलगत अनुगमनपछि गृह मन्त्रालयको टोली काठमाडौं फर्किन लागेको छ । बुधबार कालापानीनजिक सशस्त्रको बोर्डर आउट पाेस्ट (बीओपी) स्थापना र अनुगमनका लागि छाङ्गरू पुगेको गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राईको...

कित्ताकाट खुलाउन नेपाल जग्गा तथा आवास विकास महासंघको माग

विराटनगर । नेपाल जग्गा तथा आवास विकास महासंघले सबै ठाउँका कित्ताकाट खुलाउनुपर्ने बताएको छ। सरकारले भूउपयोग नीति कार्यान्वयन गरेसँगै अधिकांश पालिकामा कित्ताकाट रोकिएको छ। पालिकाले जमिनको वर्गीकरण गरेसँगै कित्ताकाट गर्न सकिने व्यवस्था छ। महासंघले हालसम्म...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...

कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु थप

काठमाडौं, ३० जेठ-नेपालमा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । अर्घाखाँचीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टि गरेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षर

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

चौतर्फी दबावपछि सिटीलाई लगाएको निर्णायबाट पछि हट्यो ट्राफिक , विराटनगरको मुख्य राजमार्गमा सिटी चलाउन पाउने

विराटनगर । जिल्ला ट्राफिक प्रहरीले कार्यालय मोरङले विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक गर्ने निर्णाय चौतर्फी दबावपछि फिर्ता लिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार बसेको सर्बपक्षीय बैठकपछि मुख्य राजमार्गमा सिटी सफारी चलाउन...

मध्यप्रदेशमा राजनीतिक संकट

भारतको मध्यप्रदेश राज्यका मुख्यमन्त्री कमलनाथले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् । सत्तारूढ भारतीय राष्ट्रिय कांग्रेसका २२ जना सांसदले पार्टीबाट राजीनामा दिएसँगै मध्यप्रदेश विधानसभामा काङ्ग्रेसले बहुमत गुमाएको थियो । भोपालमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्