५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

 न्यूज विराट
५० प्रतिशत घरभाडा मिनाहा गर्न घरबहाल सरोकार महासंघको माग

विराटनगर, १३ जेठ । घरबहाल सरोकार महासंघले घर बहाल मिनाह गर्न माग गरेको छ । घरबहाल सरोकार महासंघका अध्यक्ष अधिवक्ता बलभद्र खनालले एक विज्ञप्ति जारी गर्दै महामारीका कारण विभिन्न पेशा, रोजगारी, व्यापार, व्यवसाय, उद्योग, कलकारखानाका लागि लिइएको घर तथा त्यहाँ ज्याला मजदुरी गरी दैनिक जीवन गुजारा गर्ने, विद्यार्थी तथा निम्न आय भएका डेरावालहरु संंकटमा परेको भन्दै घरभाडामा छुट दिन माग गरेका हुन् ।

असक्षमहरुका लागि बन्दाबन्दी अवधिभरको ५० प्रतिशत बहाल मिनाहा गर्न, बहाल भुक्तानी लिँदा दिँदा सरल किस्ताबन्दीमा भुक्तानी दिने व्यवस्था गर्न र विपत सामना पछि २५ प्रतिशत बहाल दर घटाइ बहाल सम्झौताको व्यवस्था गर्न तिनै तहका सरकारसँग आग्रह गरेका छन् ।

साथै उनले अहिलको कोरोना संकटको बेलामा घर जग्गा बहाल मिनाहा गर्ने र राहत दिने घरधनीलाई उच्चसम्मान, अभिनन्दन गर्न पनि माग गरेका छन् । साथै घरबहाल सरोकार महासंघले कोरोना संकटका बेला घरबेटीले डेरामा बस्नेमाथि गलत व्यवहार गरेको भन्दै आपत्ति समेतजनाएको छ ।

महासंघले विपतको बेला गलत व्यवहार गर्ने घरबेटीलाई कारवाही गर्न सरकारसँग माग पनि गरेको छ ।विज्ञप्तिमा महासंघका अध्यक्षले खनालले भनेका छन्–‘बहाल नदिएको निहुँ झिकी घरबाट निकाल्ने, जवरजस्ती बहाल बुझाउन बाध्य पार्ने, बहाल बृद्धि गर्ने, सुविधा बन्द गर्ने, पेश्की रकम माग गर्ने, जबरजस्त बन्द गर्न बाध्य पार्ने जस्ता विवेकहीन र मानवीय संवेदनहीनतको कार्यहरु सिमित घरधनीबाट भएकोले सो प्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

साथै राष्ट्रिय घरजग्गा बहाल क्षेत्र संरक्षण कानुन बनाउन, वैज्ञानिक भाडादर निर्धारण गर्न पनि सरकारसँग माग गरिएको छ ।

सम्बन्धित समाचार

काँकरभिट्टा नाका लागु औषधको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै

विराटनगर, चैत ९–पछिल्लो समय पूर्वीनाका काँकरभिट्टा लागूऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ । पूर्वमा लागूऔषध प्रयोग र कारोबार गर्नेको संख्या दैनिक बढ्दै गएपछि काँकडभिट्टानाका यतिखेर उनीहरुका लागि सुरक्षित यात्रास्थल जस्तै बनेको हो । केहीवर्ष अघिसम्म...

एमाले कोशी प्रदेश अधिवेशन : ढकाल र खतिवडा प्यानल बनाएर चुनावी मैदानमा

विराटनगर । नेकपा एमाले कोशी प्रदेश अधिवेशनमा ५ जना पदाधिकारीका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्षमा विराटनगरका विनोद ढकाल र लेटाङ घर भएका घनश्याम खतिवडाले उम्मेदवारी दिएका हुन् । यस्तै उपाध्यक्षमा धनकुटाका टिकाराम...

खुमलटारमा प्रचण्ड-खनाल ३ घण्टा भेटवार्ता

काठमाडौं, १५ वैशाख-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ झलनाथ खनाल पनि प्रचण्ड निवास खुमलटारमा ३ घण्टा लामो छलफल गरेको उच्च स्रोतले बताए । अहिलेको अवस्था धेरै लम्ब्याउन नहुने र छिटो...

२ वर्षमा प्रदेश १ मा विदेशी लगानी भित्र्याउन सरकार सफलः मुख्यमन्त्री राई

विराटनगर, माघ ३–प्रदेश नम्बर एकका प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश सरकारले दुईवर्षको छोटो समयमा जनताको मन जित्न सफल भएको बताएका छन् । विराटनगर स्थित मुख्यमन्त्री कार्यालय परिसरमा आज विहान आयोजित प्रदेश सरकारको दोश्रो वार्षिकउत्सव...

बलिउड अभिनेता इरफान खानको निधन

एजेन्सी, बैशाख १७-बलिउड अभिनेता इरफान खानको निधन भएको छ ।उनको आज बिहान मुम्बईको कोकिलाबेन धिरूभाई अम्बानी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी २ वर्षदेखि न्युरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । गत वर्ष बेलायतमा उपचार गराएर फर्केपछि...

विराटनगरस्थित मानव सेवा आश्रममा निःशुल्क आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर

विराटनगर । विराटनगरस्थित मानव सेवा आश्रममा आश्रितहरुको लागि निःशुल्क आँखा जाँच तथा मोतियाविन्दु शल्यक्रिया शिविर आयोजना गरिएको छ । रोटरी क्लब अफ विराटनगर डाउनटाउन र रामलाल गोल्छा आँखा अस्पतालको संयुक्त आयोजनामा निःशुल्क शिविर आयोजना गरिएको...

सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै...

मुनलाइट होस्टल संचालक मधु रेग्मी पक्राउ, अभद्र व्यवहारको मुद्दामा म्याद थप गर्ने तयारीमा प्रहरी

विराटनगर । विराटनगर महानगरपालिका—८ मधुमारास्थित मुनलाइट गर्ल्स होस्टलकी सन्चालक मधु रेग्मी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई आज दिउँसो पक्राउ गरेको हो । मंगलबार साँझमा विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्