उद्योग परिसंघ प्रदेश १ र एसियन थाइफुड्सद्वार दुई हजार मजदुरलाई राहत वितरण

 न्यूज विराट
उद्योग परिसंघ प्रदेश १ र एसियन थाइफुड्सद्वार दुई हजार मजदुरलाई राहत वितरण

विराटनगर, ११ जेठ । नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ प्रदेश समितिको समन्वय र एशियन थाइफुड्सको सौजन्यमा सुनसरी–मोरङ औद्योगिक क्षेत्रका श्रमिक परिवारलाई राहत हस्तान्तरण गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरण र रोकथामका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण काम गर्न नपाउँदा समस्यामा परेका श्रमिकहरुलाई राहत वितरण गरिएको हो ।

एसियन थाई फूड्सको सहयोगमा नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले औद्योगिक क्षेत्रअन्तर्गत दुहबीका अति विपन्न श्रमिक परिवारलाई २५ लाख मूल्य बराबारको राहत सामग्री मंगलबार हस्तान्तरण गरिएको छ । सो क्षेत्रका विभिन्न उद्योगमा कार्यरत २ हजार श्रमिक परिवारलाई राहत वितरण गरिएको थियो ।

चामल, दाल, नुन, खाने तेललगायतका खाद्यन्न सामग्री प्रदान गरिएको परिसंघले जनाएको छ । दुहवी नगरपालिकाका २, ८, ९, १० र ११ वडा नम्बरका वडाध्यक्षहरुलाई प्रत्येक वडाका चार सयजनालाई एक साता पुग्ने सामग्री हस्तान्तरण गरिएको हो ।

एशियन थाइफुड्सको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरेले लकडाउनले उद्योगहरुको उत्पादन कटौति भएको र कतिपय उद्योगहरु बन्द भएकाले विहान–बेलुका छाक टार्न समस्या भएका मजदुरहरुलाई एक सातासम्म पुग्ने खाद्यान्न वितरण गरिएको बताए ।

उनले अति विपन्नहरुको पहिचान गरेर राहत स्वरुप खाद्यन्न अझै सहयोग गर्ने प्रतिबद्धता जनाए । राज्यले नसोचेको बेला एशियन थाई फूड्सको सहयोगमा परिसंघले अति विपन्नहरुको पहिचान गरेर राहत वितरण गरेको अध्यक्ष घिमिरेले बताए ।

दुहबी वडा नम्बर ९ का अध्यक्ष मेहदी हुसैनले आयोजकहरुलाई धन्यवाद दिदै विपन्न परिवारलाई इमान्दारीताका साथ राहत सामाग्री वितरण गरिने बताए । उनले अहिलेसम्म संघीय र प्रदेश सरकारले विपन्न परिवारलाई राहत दिने विषयमा केही नसोचेको गुनोसो व्यक्त गरे ।

लकडाउनका कारणले दैनिक ज्याला मजदुरी गर्न नपाउँदा विपन्न परिवारलाई बिहान बेलुका हातमुख जोड्न समस्या भएको बेला अति एशियन थाइ फूड्स प्रा.लि. सुनसरीले सहयोग जुटाइदिएको एशियन थाइ फूड्स प्रालिका प्रबन्धक समिर साह र परिसंघका उपाध्यक्ष दिपक पौडेलको भनाइ छ ।

एक पोका राहत सामग्रीभित्र ५ केजी चामल, एक केजी दाल, एक लिटर खानेतेल, एक केजी नून, ५ प्याकेट चाउचाउ, एक पोका विस्कुट, भटमासको मस्यौरा र १० थान मास्क रहेको छ । दुवही नगरपालिकाका ५ वटा वडामा ४०० सय परिवारको दरले वितरण गरिने जनाइएको छ ।

सम्बन्धित समाचार

कोरोना जितेर घर फर्किइन् ६ वर्षीया बालिका

काठमाडौं, २२ जेठ-महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड-१९ लाई पराजित गरेर छ वर्षकी १ बालिका बुधबार घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका कारण शल्यक्रियाका लागि ३० वैशाखमा अस्पतालको नाक, कान तथा घाँटी विभागमा भर्ना...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । एक कार्यक्रमकाबिच क्लबले श्री माध्यमिक विद्यालय कञ्चनबारीमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर वितरण गरेको हो । विराटनगर ८ का वडाध्यव उद्धव अर्यालको उपस्थितीमा...

बलात्कार आरोपी पक्राउ

विराटनगर, बैशाख २८–मोरङको मिक्लाजुङकी दलित बालिका बलात्कार गरी फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । गत वैशाख १९ गते मिक्लाजुङकी १४ बर्षीय दलित बालिका बलात्कार गरेर फरार रहेका स्थानाीय २२ वर्षीय धिरेन मगर आइतबार...

बसले विद्यार्थीलाई ठक्कर दिएपछि चाबहिल तनावग्रस्त

काठमाडौं, पुस ७–विद्यार्थीलाई ठक्कर दिएपछि काठमाडौंको चाबहिल क्षेत्र सोमबार बिहान तनावग्रस्त बनेको छ । चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई ठक्कर दिएर गम्भीर घाइते बनाएपछि विद्यार्थीहरुले गाडीमा आगजनी गर्नुका साथै सडक अवरुद्ध पारेका थिए...

औषधी व्यवसायी ढकालको दण्ड प्रणाम यात्रा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले छठ पूजाका क्रममा सडकमा दण्ड प्रणाम गर्दै यात्रा गरेका छन् । मुलुकको शान्ति विकास र समबृद्धिको कामना गर्दै दण्ड प्रणाम यात्रा गरेको उनले बताए ।...

विराटनगरमा १२ सहित प्रदेश १ मा ४२ जनामा कोरोना संक्रमण

विराटनगर, १७ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण भएको छ । ५ सय जनाको पीसीआर परीक्षण गर्दा ३७ र १२० जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा संक्रमण देखिएको सामाजिक...

हात्तीले पूर्वी तराईमा लिँदैछ ज्यान, १३ दिनमा हात्तीको आक्रमणबाट चार जनाको मृत्यु

विराटनगर । कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको चुरे फेदीमा यतिबेला जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । विगत १३ दिनयता मात्रै हात्तीको आक्रमणबाट झापामा २, सुनसरी र मोरङमा १–१ जना गरी ४ जना सर्वसाधरणको मृत्यु...

कृष्णदासको थुनछेक बहस आज सकिएन

विराटनगर, पुस १३–अनुयायी बलात्कारको अभियोग लागेका कृष्णबहादुर गिरी उपरको थुनछेक बहस भोलिलाई सारिएको छ । आज कार्यालय समय सम्म थुनछेक वहस नसकिएपछि गिरीलाई लगाइएको अभियोग उपरको थुनछेक भोली सम्मकालागि सारिएको सुनसरी जिल्ला अदालतले जनाएको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्