प्रदेश १ मा २२ सयको परिक्षण गर्दा ८९७ संक्रमित थपिए

 न्यूज विराट
प्रदेश १ मा २२ सयको परिक्षण गर्दा ८९७ संक्रमित थपिए

विराटनगर, ११ जेठ । प्रदेश १ मा आज ८९७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९५, झापामा २३०, सुनसरीमा १७८, धनकुटामा ११४, उदयपुरमा २७, संखुवासभामा ११, इलाममा ९, पाँचथरमा ६, ताप्लेजुङमा ४, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ९२ महिला र १०९ पुरुष सहित २०१, बुढीगंगामा १३, उर्लाबारीमा ११, कटहरी र सुन्दरहरैचामा १०–१०, पथरीशनिश्चरेमा ८, सुनबर्षी र रतुवामाईमा ७–७, जहदा, धनपालथान र बेलबारीमा ५–५, ग्रामथानमा ३, रंगेली, केराबारी, कानेपोखरी, लेटाङ र स्थानी तह नखुलेका २–२, झापाको मेचीनगरमा ६८, विर्तामोडमा ३५, दमकमा २८, कमल गाउँपालिकामा १९, अर्जुनधारामा १७, भद्रपुरमा १५, कनकाईमा १४, बुद्धशान्तिमा १०, गौरीगञ्जमा ५, शिवसताक्षी र स्थानीय तह नखुलेका ४–४, गौरादह र झापा गाउँपालिकामा ३–३, गौरीगञ्जमा २, बा¥हदशी, कचनकवल र हल्दिबारीमा १–१, सुनसरीको धरानमा ८०, बराहक्षेत्रमा ३९, इटहरीमा ३२, इनरुवा र दुहवीमा ६–६, बर्जुमा ४, हरिनगर, गढी, रामधुनी, देवानगञ्ज र भोक्राहानरसिंहमा २–२ र कोशी गाउँपालिकामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि धनकुटाको महालक्ष्मीमा ६४, शहिदभूमीमा २४, धनकुटा नगरपालिकामा २१, पाख्रिबासमा ३ र छथरमा २, उदयपुरको त्रियुगामा २३, उदयपुरगढीमा १ र स्थानीय तह नखुलेका ३, संखुवासभाको खाँदबारीमा ९, मकालु र पाँथखपनमा १–१, इलामको माईजोगमाई र इलाम नगरपालिकामा ४–४, चुलाचुलीमा १, पाँचथरको मिक्लाजुङमा ३, स्थानीय तह नखुलेका २, फिदिममा १, ताप्लेजुङको मिक्वाखोलामा २, फुङलिङ र स्थानीय तह नखुलेका १–१, सोलुखुम्वु र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५३ हजार १६५ पुगेको छ । संक्रमित भएका मध्ये ३२ हजार ८५९ जना संक्रमणमुक्त भएका छन् । आज ३१२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १९ हजार ५०२ पुगेको छ । प्रदेश १ मा आज २ हजार १९२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ३९२ महिला र ५०५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सम्बन्धित समाचार

तरकारी बेच्ने वडाध्यक्षको नयाँ तरिका

विश्वव्यापी महामारीरूपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणप्रति सजगत अपाउँदै जनकपुरधाममा एक वडाध्यक्षको पहलमा आफ्नो वडावासीलाई सहजरूपमा खाद्यान्न उपभोग्य वस्तु वितरण शुरु गरिएको छ । जनकपुरधाम वडा नम्बर–७ का वडाध्यक्ष जानकीराम साहको अगुवाइ तथा पहलमा आफ्ना वडावासीलाई दैनिक...

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

विराटनगरको अत्रि बचत तथा ऋण सहकारीको १० करोड कारोबार

विराटनगर, २७ कात्तिक । अत्रि बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७७÷७८ मा १० करोड २५ लाख नौ हजार ३४ रूपैयाँ कारोबार गरेको छ । उक्त कारोबारबाट संस्थाले एक लाख ९६ हजार रूपैयाँ...

बजेट कार्यान्वयनको प्रभावकारी व्यवस्था मिलाइँदैछ : अर्थमन्त्री

काठमाडौं, १५ असार-अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी साउनदेखि नै आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि आवश्यक कार्यविधि तथा कार्ययोजनाको तयारीमा सरकार गम्भीरतापूर्वक जुटेको स्पष्ट पारेका छन् । नेपाल उद्योग परिसङ्घको १७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित...

चौतर्फी दबावपछि सिटीलाई लगाएको निर्णायबाट पछि हट्यो ट्राफिक , विराटनगरको मुख्य राजमार्गमा सिटी चलाउन पाउने

विराटनगर । जिल्ला ट्राफिक प्रहरीले कार्यालय मोरङले विराटनगरका मुख्य राजमार्गमा सिटी सफारी चलाउन लगाएको रोक गर्ने निर्णाय चौतर्फी दबावपछि फिर्ता लिएको छ ।जिल्ला प्रशासन कार्यालय मोरङमा शनिबार बसेको सर्बपक्षीय बैठकपछि मुख्य राजमार्गमा सिटी सफारी चलाउन...

चीनसँग तनाव बढेका बेला भारतका रक्षामन्त्री रुस प्रस्थान

एजेन्सी, असार ८-भारतका रक्षामन्त्री राजनाथ सिंह सोमबार रुस प्रस्थान गरको छन् । भारतीय सञ्चारका अनुसार रुससँग प्रतिरक्षाका विषयमा छलफल गर्नका लागि उनी रुस प्रस्थान गरेका हुन् । उनी तीनदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेका...

प्रदेश १ मा आज ८६ संक्रमित थपिए, संक्रमितको संख्या १९०७ पुग्यो

विराटनगर, ३१ साउन–प्रदेश १ मा आज ८६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ६४, सुनसरीमा १९, ते¥हथुम, ओखलढुङ्गा र उदयपुरमा १÷१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १९ महिला...

खेलाडीहरुलाई सानो समूहमा प्रशिक्षण गर्न दिन प्रिमियर लिगका क्लबहरू सहमत

एजेन्सी, जेठ ६-इंग्लिस प्रिमियर लिगका क्लबहरु सानो समूहमा खेलाडीहरुलाई प्रशिक्षण गर्न दिन सहमत भएका छन् । अब प्रिमियर लिगका खेलाडीहरुले ५ जनासम्मको समूहमा प्रशिक्षण गर्न पाउने भएपनि खेलाडीहरुबीच सम्पर्क भने हुन पाउने छैन । सम्पर्क...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्