विराटनगर, ११ जेठ । मंगलबार विराटनगरमा १०९ महिला र ९२ पुरुष सहित २०१ जना संक्रमित थपिएका छन् । योसँगै विराटनगरमा सक्रिय संक्रमितको संख्या ५६२४ पुगेको महानगरले जनाएको छ । विराटनगरमा हालसम्म १३०३ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार विराटनगरमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको विराटनगर महानगरपालिकाको तथ्यांकमा उल्लेख छ । योसँगै विराटनगरमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८६ पुगेको महानगरपालिकाले जनाएको छ ।
कुन वडामा कति संक्रमित ?
–विराटनगर १ मा १३ जना
–विराटनगर २ मा ११ जना
–विराटनगर ३ मा १३ जना
–विराटनगर ४ मा १९ जना
–विराटनगर ५ मा ११ जना
–विराटनगर ६ मा १५ जना
–विराटनगर ७ मा १२ जना
–विराटनगर ८ मा १० जना
–विराटनगर ९ मा ११ जना
–विराटनगर १० मा १८ जना
–विराटनगर ११ मा ७ जना
–विराटनगर १२ मा २६ जना
–विराटनगर १३ मा १२ जना
–विराटनगर १४ मा १६ जना
–विराटनगर १५ मा ११ जना
–विराटनगर १६ मा २ जना
–विराटनगर १७ मा १ जना
–विराटनगर १८ मा १ जना
–विराटनगर १९ मा १ जना
र वडा नखुलेका १ जनामा संक्रमण देखिएको छ ।