संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

 न्यूज विराट
संसद् विघटनविरुद्ध विपक्षी गठबन्धनद्वारा सर्वोच्चमा रिट दायर

काठमाडौं, १० जेठ । प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । प्रधानमन्त्रीमा विपक्षी गठबन्धनका शेरबहादुर देउवालाई नियुक्ति गर्न, चुनाव गराउने राष्ट्रपतिको निर्णय कार्यान्वयन नगर्न, चुनावी कार्यक्रम रोक्न र संविधानले तोकेकै मितिमा बजेट ल्याउन प्रतिनिधिसभा बैठक आह्वानको प्रबन्ध गर्नुपर्ने मागसहित विपक्षी गठबन्धनले सोमबार सर्वोच्चमा रिट दायर गरेको हो ।

रिटमा १ सय ४६ सांसदको हस्ताक्षर छ । प्रधानमन्त्रीको संसद् विघटनको कदमविरुद्ध कानुनी र राजनीतिक लडाइँको घोषणा गरेका विपक्षी गठबन्धनले  रिट दर्ता गर्दै कानुनी लडाइँ सुरु गरेका छन् ।

प्रतिनिधिसभाको बहुमत सदस्यको समर्थन पाएकाले देउवालाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री नियुक्ति गर्न र विश्वासको मत लिने प्रबन्ध गरिदिन रिटमा भनिएको छ ।

कोभिड महामारीका बीच निर्वाचनका कार्यक्रम प्रकाशित भएमा रोग डरलाग्दो गरी फैलिने भन्दै कुनै पनि चुनावी गतिविधि र तालिका नल्याउन निर्वाचन आयोगविरुद्धसमेत आदेश माग गरिएको छ ।

त्यस्तै, १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले त्यसअगावै प्रतिनिधिसभा बोलाउनुपर्नेसमेत विपक्षीले रिट मस्यौदामा माग गरेका छन् । हस्ताक्षरसहित रिट लिएर विपक्षी गठबन्धका शीर्ष नेता सर्वोच्च अदालत जाने तयारी छ । हिजोदेखि नै हस्ताक्षर संकलनमा लागे पनि गठनबन्धन शक्तिले सबै हस्ताक्षर जम्मा गर्न समय लगाइरहेको छ ।

धारा ७६ को उपधारा ५ बमोजिम विपक्षी गठबन्धनका देउवा र प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति कार्यालयमा आफूसँग बहुमत रहेको दाबीसहित प्रधानमन्त्रीका लागि आवेदन दिएका थिए । तर, दुवै दाबी भरपर्दो नभएको कारण देखाउँदै राष्ट्रपति कार्यालयले अस्वीकार गरेको थियो ।

लगत्तै मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा विघटन गरेर आगामी २६ कात्तिक र ३ मंसिरमा मध्यावधि चुनावको सिफारिस गरेको थियो । त्यसलाई राष्ट्रपति कार्यालयले सदर गरिदिएको थियो ।

सम्बन्धित समाचार

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

कोशी प्रदेश सभाको बैठक ३ बजे बस्दै, बैठक चलाउने मन्सुरीले पनि मुख्यमन्त्रीलाई भोट हाल्ने

विराटनगर । कोशी प्रदेश सभाको बैठक ३ बजे बस्ने भएको छ । कार्यव्यवस्था परामर्श समितीको बैठकले ३ बजे प्रदेशसभा बैठक बस्ने कार्यसूची तय गरेको हो । आज बस्ने प्रदेशसभा बैठकले मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको...

थारु सामुदायको अधिकार स्थिापित गर्न एक जुट हुनुपर्छ : मन्त्री मोदी

विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले थारु समुदायको पहिचान जोगाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।मोरङको बेलबारी नगरपालिकाको डांगिहाटमा थारु कल्याणकारिणी सभाको १० औं जिल्ला अधिवेशनको शुक्रबार उद्घाटन गर्दै...

कोरोना संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापी असफल

एजेन्सी, बैशाख १९-भारतको मुम्बईमा कोरोना भाइरसका संक्रमितमा गरिएको पहिलो प्लाज्मा थेरापीको प्रयोग असफल भएको छ ।महाराष्ट्र राज्यका स्वास्थ्यमन्त्री राजेश टोपेले कोरोना भाइरसका बिरामीको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी हुने दाबी गरेका थिए । तर बिहीबार कोरोना...

बेलायतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, एकै दिन साढे ८ सयको मृत्यु

एजेन्सी, बैशाख ५-बेलायतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १ लाख नाघेको छ । बिहीबार ४ हजार ६ सय थपिएसँगै त्यहाँ संक्रमितको संख्या १ लाख नाघेको हो । वर्ल्डोमिटर्सका अनुसार बेलायत सर्बाधिक कोरोना संक्रमित...

आँधीले अमेरिकाका ८ हजार उडान रद्द

टेक्सासदेखि अमेरिकाको पूर्वी तटसम्मको आँधीले अमेरिकामा हवाई उडान अवरुद्ध गरेको छ । वासिङ्‍गटन पोस्टको रिपोर्टअनुसार १,४८५ उडानहरू रद्द भएका छन् र ६ हजारभन्दा बढी ढिलाइ भएका छन् । प्रमुख एयरलाइन्सहरूमध्ये अमेरिकी, साउथवेस्ट र युनाइटेड सबैभन्दा...

कोशी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको ओलीको आरोप

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रदेश कमिटीको निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका छन्। कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथग्रहण कार्यक्रलाई बुधबार विराटनगरमा सम्बोधनका क्रममा ओलीले यस्तो आरोप लगाएका हुन्।...

२४ घण्टामा थप ५९४ जनामा कोरोना पुष्टि, निको हुनेको संख्या १७ हजार नाघ्यो

काठमाडौं ३० साउन-पछिल्लो २४ घण्टाको अवधिमा थप ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ५७५ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म ४ लाख ९४ हजार ६१३ जनाको कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्