विपन्नलाई भोजनको व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश

 न्यूज विराट
विपन्नलाई भोजनको व्यवस्था गर्न उच्च अदालत विराटनगरको आदेश

विराटनगर, ९ जेठ । उच्च अदालत विराटनगरले सवै विपन्न नागरिकलाई भोजनको व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

अधिवक्ता पेशलकुमार न्यौपानेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रेमराज ढकालको इजलासले आइतबार विपन्न नागरिकको पहिचान गरी भोजनको उचित व्यवस्था मिलाउन सरकारका नाममा आदेश जारी गरेको हो ।

‘नेपालको संविधानको धारा ३६ को खाद्य सम्बन्धी हकको उपधारा २ मा प्रत्येक नागरिकलाई खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक हुनेछ भन्ने समेत व्यवस्था रहेको देखिन्छ ।,’ आदेशमा भनिएको छ, ‘खान नपाएका कारणले मर्न सक्ने अवस्था आउन नदिनु राज्यको कर्तव्य भएको हुँदा निषेधाज्ञाको कारणले ज्याला मजदूरी समेत गर्न नपाई जीवन जोखिममा परेका नागरिकको पहिचान हुन आएमा त्यस्ता नागरिकलाई भोजनको उचित व्यवस्था मिलाउनु भनि आदेश जारी गरिदिएको छ ।’

अधिवक्ता न्यौपानेले निषेधाज्ञाका कारण दैनिक मजदूरी गरी गुजारा चलाउने, अपाङ्गताका कारण सडकपेटीमा गुजारा गरिरहेकाहरु भोकै मर्ने अवस्था सृजना भएको उल्लेख गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यस अघि शुक्रबार उच्च अदालतले कोरानाविरुद्धको पहिलो खोप लगाएकालाई दोस्रो र हालसम्म खोप नलगाएका सवै नागरिकलाई तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको थियो । सो रिट युवा अधिवक्ता मयुर अग्रवालले दायर गरेका थिए ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न, मञ्जु अग्रवालले सम्हालिन जिम्मेवारी

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन सम्पन्न भएको छ । विराटनगरमा आयोजित भव्य समारोहकाबिच वर्ष २०२४–२५ का पदाधिकारीहरुको पदस्थापन सम्पन्न भएको हो । सो अवसरमा वर्ष २०२३–२४ का पदाधिकारीहरुले वर्ष २०२४–२५ की प्रेसिडेन्ट...

मौसमा सुधार आउन केही दिन लाग्ने

काठमाडौं, ११ वैशाख-पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको...

पश्चिमी वायुको प्रभाव, वर्षा र हिमपातको सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना...

विश्वकपछि टी-२० को कप्तानी छोड्ने कोहलीको घोषणा

एजेन्सी, ३१ भदोै । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अक्टोबरमा दुबईमा हुने टी-२० विश्व कपपछि छोटो फर्म्याटको क्रिकेटमा भारतीय टोलीको कप्तानी छाड्ने निर्णय गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै कोहलीले यहाँसम्म आइपुग्नका लागि...

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

कास्की, २७ असोज-राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण कार्य ९५ प्रतिशत सकिएको मध्यपहाडी (पुष्पलाल)...

कांग्रेस सभापतिमा ६ जनाकाे उम्मेदवारी

काठमाडौं, २५ मंसिर । कांग्रेस सभापति पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ । काठमाडाैंमा जारी १४औँ महाधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दिएका हुन्...

मारिया मन्टेश्वरीले मनायो वार्षिकोत्सव

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ मा रहेको मारिया किड्स मन्टेश्वरी स्कुलले ८ औं अभिभावक दिवस मनाएको छ । स्कुल परिसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी अभिभाव दिवस मनाएको हो ।उक्त कार्यक्रमको उद्घाटन प्रमुख...

वडा प्रहरी कार्यालय विराटनगर सुविधा सम्पन्न भवनमा

विराटनगर । वडा प्रहरी कार्यालय विराटनगर ‘क’ आफ्नै तीनतले सुविधा सम्पन्न भवनमा सरेको छ । ४ करोड ४ लाख ६३ हजार ८४३ रुपैयाँ लागतमा निमार्ण भएको सुविधा सम्पन्न भवनमा सरेको हो । २०७७ असार ४...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्