काठमाडौं, जेठ ८ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई स्वागत गरेको छ।
जसपाको ठाकुर महतोनिकट नेता सर्वेन्द्र नाथ शुक्लाले आफ्नो पार्टी ताजा जनादेशको पक्षमा रहेको भन्दै प्रधानमन्त्रीको कदमको स्वागत गरेको हो । ‘एमाले र जसपामा अस्थिरताको द्योतक देखियो। अराजकता देखियो। यस्तो अवस्थामा प्रधानमन्त्रीसँग प्रतिनिधि सभा विघटनको विकल्प थिएन,’ शुक्लले भन्नुभयो, ‘प्रधानमन्त्रीले संविधानसम्मत ढंगले काम गरेकाले अब निष्पक्ष निर्वाचनका लागि सबैले सहयोग गर्नुपर्छ।’
संविधानको धारा ७६ को उपाधारा (५) अन्तर्गत सरकार बन्न नसक्ने नसक्ने निर्धारण गर्ने राष्ट्रपतिको स्वविवेकीय अधिकार रहेको भन्दै उहाँले उपाधारा (५) अन्तर्गत सरकार नबनेपछि प्रधानमन्त्री ओलीसँग अरु विकल्प नरहेको प्रष्ट पार्नुभयो ।