सरकारमा जान ठाकुर-महतो छलफलमा

 न्यूज विराट
सरकारमा जान ठाकुर-महतो छलफलमा

प्रधानमन्त्री केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी हुन जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष छलफलमा जुटेको छ ।

प्रधानमन्त्री ओलीसँग ठाकुर-महतो पक्षले आज छलफल गर्दैछन् । मन्त्रालयको संख्या र नाम टुंगो लागे आइतबार नै मन्त्रीमण्डलमा सहभागी हुने सम्भावना छ ।

ठाकुर-महतोनिकट एक नेताका अनुसार अहिलेसम्म ८ देखि १० वटा मन्त्रालय लिनेबारेमा छलफल चलेको छ । तर, मन्त्रालयको नाम टुंगो लागेको छैन ।

पूर्वमाओवादीका नेताहरूले सम्हालेका मन्त्रालय नै लिने वा अन्य भन्नेमा पनि छलफल चलिरहेको छ । तर, टुंगो नलागेको ती नेताको भनाइ छ । तर, राजेन्द्र महतोको नेतृत्वमा सरकारमा जाने सहमति भने भइसकेको छ । दुईवटासम्म उपप्रधामन्त्री लिन सक्ने ती नेताको भनाइ छ । र, केही राज्यमन्त्री पनि बन्नेछन् ।

ती नेताका अनुसार उपेन्द्र यादव पक्षबाट तानिएका विमल श्रीवास्तव, उमाशंकर अरगरियालयातका नेताहरूको पनि व्यवस्थापन गर्नुपर्ने भएकोले १० वटा मन्त्रालयमा दाबी भइरहेको छ ।

बढी मन्त्रालय हुदाँ नेताहरूको व्यवस्थापन सजिलो हुने भन्दै ओलीलाई जानकारी पनि गराइसकेका छन् । श्रीवास्तव र अरगरियालाई त मन्त्रीको आश्वसन दिएर नै ठाकुरले आफ्नो पक्षमा तानेका थिए । त्यसको सहजीकरण एमालेका नेता महेश बस्नेतले गरेका थिए ।

अहिले पूर्वमाओवादीका नेताहरूले सम्हालेका मन्त्रालयहरू गृह, उर्जा, उद्योग, सहरी, खानेपानी, श्रम, युवा तथा खेलकुदलगायतका मन्त्रालय छन् ।

कतिपयले गृह मन्त्रालयमा भने पूर्वमाओवादी नेता रामबहादुर थापा बादललाई नै दोहोर्याउने मनसायमा प्रधानमन्त्री रहेको बताएका छन् । त्यसको संकेत जसपाका नेताहरूलाई पनि ओलीले दिएका छन् ।

सम्बन्धित समाचार

प्रदेश १ मा पीसीआर विधिबाट ३ सय ५५ नमुना परीक्षण

विराटनगर, ५ वैशाख-प्रदेश १ मा शुक्रबारसम्म पीसीआर विधिबाट ३ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) परीक्षण गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कोरोना सूचना डेस्कका अनुसार ६७ महिला र २ सय ८८ पुरुषको नमूना...

आज ६४९५ को परीक्षण गर्दा १०९६ जनामा कोरोना पुष्टि

गत २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार ४ सय ९५ को पीसीआर गर्दा १ हजार ९६ संक्रमित थपिएका हुन् । योसहित नेपालमा संक्रमितको संख्या २ लाख ४०...

विराटनगरमा ढाका महोत्सव सुरु, १४ जिल्लाका ३० स्टल

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा तीन दिने ढाका कपडा महोत्सव बिहीबारदेखि सुरु भएको छ । विराटनगरस्थित जैन भवनमा आयोजित यस महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरे ।...

डाक्टर बनेर काठमाडौंबाट झापा पुगेका २ जना प्रहरीको नियन्त्रणमा

इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका २ युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र २८ वर्षीय गणेश अधिकारी रहेका छन् । लकडाउनमा पनि ती...

विराटनगरको नोबेल हस्पिटलमा उपचारमा चरम लापरवाही गर्ने चिकित्सकविरुद्ध मुद्दा दायर

विराटनगर । विराटनगर – ४ कन्चनबारीमा रहेको नोबेल शिक्षण अस्पतालमा उपचारमा गम्भिर लापरवाही गरेको कारणले एक जना विरामीको मृत्यु भएपछि पीडित परिवारले अदालतमा मुद्दा दायर गरेका छन् ।सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि परिवारले...

बुद्धोदय बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः खनाल चयन, लेखा समिति संयोजकमा निधी

विराटनगर । मोरङको विराटनगर –३ बुद्धचोक स्थित बुद्धोदय बचत तथा ऋण सहकारी संस्था लिं. को नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । संस्थाको १५ औं साधारणसभाले राजेन्द्रप्रसाद खनालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति र अविनाशकुमार...

बजेटबारे निजी क्षेत्रसँग कांग्रेसको छलफल : ‘सर्भाइभ’ र ‘रिभाइभ’मा सरकारको सहयोग आवश्यक

काठमाडौं, २४ वैशाख-नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम र बजेट सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । कांग्रेसले बुधबार पार्टी कार्याल सानेपामा निजी क्षेत्रका विभिन्न छाता संगठनहरूको नेतृत्वसँग छलफल गरेको हो । छलफलमा...

कटहरीले बेरुजु घटाउँदै, एक वर्षमा १० करोड ८४ लाख बेरुजु फछ्र्यौट

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा ३ करोड २७ लाख ४४ हजार रुपैयाँ बेरुजु फछ्र्यौट हुन बाँकी रहेको पाइएको छ ।६ वर्षमा जम्मा १४ करोड ११ लाख ७५ हजार बेरुजु रहेको मध्ये आर्थिक वर्षमा २०७७÷०७८ मा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्