मोरङको पथरीमा स्कारपिओ दुर्घटनाः विरामी हेर्न हिँडेका दुई जनाको मृत्यु

 न्यूज विराट
मोरङको पथरीमा स्कारपिओ दुर्घटनाः विरामी हेर्न हिँडेका दुई जनाको मृत्यु

विराटनगर, ६ जेठ । मोरङको पथरीशनिश्चरेमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । बिरामी आफन्तलाई हेर्न आउने क्रममा पाँच जना सवार रहेको मे १ च १८५१ नम्बरको स्कारपिओ गाडी पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको पथरीशनिश्चरे नगरपालिका–२ जय चोकमा राति १२ बजेतिर दुर्घटनामा परेको थियो । सो दुर्घटनामा झापाको झापा गाउँपालिका–५ का ५३ वर्षीय लक्ष्मीप्रसाद पौडेल र मोरङको रङ्गेली नगरपालिका–३ रञ्जनीकी ७६ वर्षीया विष्णुमाया शिवकोटीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माका अनुसार दुर्घटनामा परेर स्कोरपिओ चालक बिर्तामोडका विकास उप्रेती, झापा गाउँपालिकाकी विनिता पौडेल र हल्दिबारीका रोशन उप्रेती घाइते भएका छन् । घाइतेहरूको विराटनगरको गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

न्यूरो अस्पताल र विराटमा मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने

विराटनगर, २४ भदौ–विराटनगरस्थित न्युरो अस्पताल र बुढीगंगा गाउँपालिकास्थित विराट मेडिकल कलेजले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका छन् । कोभिड उपचारका लगि छुट्टै अस्पताल सञ्चालनमा ल्याएका दुवै स्वास्थ्य संस्थाले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका...

मोरङ कारागारका फेरी अर्का एक बन्दीको मृत्यु

विराटनगर, १३ भदौ-मोरङ कारागारमा शनिबार एक बन्दीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुन्दरहरैँचा नगरपालिका–४ का २६ वर्षिय फुर्वासिंह तामाङ रहेका छन् । उनी गत फागुन महिनामा पुर्पक्षका लागि कारागारमा थुनामा रहेका थिए । स्वास्थ्यमा...

प्रदेश १ मा समुदायस्तरमा कोरोना परीक्षण गरिने

विराटनगर, ३१ असार-प्रदेश १ मा समुदायस्तरमा पनि कोरोना परीक्षण गरिने भएको छ । प्रदेश १ मा कोरोना संक्रमण क्वारेन्टाइनमा बसेका मात्रको परीक्षण गरिएकोमा अब समुदायमा संक्रमण भएनभएको परीक्षण गर्न लागिउको हो । प्रदेश सरकारले नमुनाका...

तलब मात्र होइन, कोरोना भाईरस नियन्त्रणका लागि सरकार र पार्टीले गर्ने जुनसुकै निर्णय कार्यान्वयनः पूर्वमन्त्री मण्डल

विराटनगर, चैत ११–पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य शिवकुमार मण्डलले आफुले प्राप्त गर्ने १ महिनाको तलब मात्र नभएर कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि सरकार र पार्टीले गर्ने जस्तोसुकै निर्णय पनि कार्यान्वय गर्ने बताएका छन् । सञ्चारकर्मीहरुसँग...

प्रदेश नं. १ बाट ४६ जनाको नमूना संकलन

विराटनगर, चैत १८–प्रदेश नं. १ बाट कोरोना भाईरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको छ । आज सम्ममा १० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश नं. १...

प्रदेश सरकारको ध्यान ‘थ्रिटी’मा: मन्त्री घिमिरे

विराटनगर, बैशाख २६–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना भाईरसको नियन्त्रणका लागि प्रदेश सरकारको ध्यान थ्रिटीमा केन्द्रित रहेको बताएका छन् । प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि ट्रेसिङ, टेष्टीङ र ट्रिटमेन्टलाई मुख्य प्राथमिकता दिएर...

कटहरीमा युवा उद्यमीद्वारा कृषिको व्यवसायिकरणका लागि साप्ताहिक बजार सञ्चालन गर्ने

विराटनगर, १३ फागुन । ंनेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले घरेलु तथा साना उद्यमीहरुले उत्पादिन वस्तुको बजारीकरणका लागि स्टल राख्ने भएको छ । मञ्चले विराटनगरमा पत्रकार सम्मेलन गरी युवा उद्यमीले उत्पादन गरेका वस्तुको प्रवद्र्धन गर्ने...

सामाजिक काममा अझ सकृय युवा संघ

विराटनगर, २ असोज–नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ मोरङ कोरोना भाइरसको संक्रमण रोकथान तथा नियन्त्रणमा पनि सकृय भएको छ । कोरोना माहामारीमा राहत र उद्धारमा सर्वसाधारणको घर घर पुगेर सहयोग पुर्याउँदै आएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्