प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

 न्यूज विराट
प्रधानमन्त्रीलाई कांग्रेसको १५ बुँदे ज्ञापनपत्र

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना संक्रमण रोकथाम गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

बिहीबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकार असफल भएकाले तत्काल आमजनतालाई खोप लगाउने व्यवस्था गर्न माग गरेका हुन् ।

देउवाले तेस्रो चरणको संक्रमणबाट सुरक्षित राख्न आमजनतालाई तत्काल खोप लगाउने व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् ।

सभापति देउवाले खोप ल्याउन कूटनीतिक पहल तीव्र पार्न पनि सरकारलाई आग्रह गरेका छन् । यस्तै, खोप आपूर्ति गर्ने व्यवस्था विचौलियारहित र पारदर्शी ढंगबाट गर्न पनि देउवाले माग गरेका छन् ।

यस्तै, सभापति देउवाले पहिलो चरणमा स्वास्थ्य सामग्री आपूर्तिमा देखिएको अनियमितता, भ्रष्टाचार तथा अहिले भ्याक्सिन आपूर्तिमा देखिएको कमिसनतन्त्रको स्वतन्त्र रूपमा छानबिन गर्ने वातावरण बनाउन पनि माग गरेका छन् ।

देउवाले अहिले अस्पतालमा अक्सिजनको चरम अभाव हटाउन अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन प्लान्ट र अक्सिजन सिलिण्डरको तत्काल आपूर्ति गरेर वितरण गर्न पनि आग्रह गरेका छन् ।

सभापति देउवाले सबै जिल्लामा आवश्यकताअनुसार अस्पताल बेड, अक्सिजन, आईसीयू र भेन्टिलेटरसहितको अस्पताल तथा स्वास्थ्यकर्मीको व्यवस्था तत्काल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले पीसीआर परीक्षणको दायरा फराकिलो बनाउन पनि माग गरेका छन् । सभापति देउवाले स्वास्थ्य मन्त्रालयमा प्राविधिक स्वास्थ्य सचिवको तत्काल नियुक्ति गर्न पनि माग गरेका छन् ।

यसैगरी देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको वर्तमान संरचना असफल भएकाले प्रभावकारी संयन्त्रको व्यवस्था गर्न पनि माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षणपत्र बुझाउन सभापति देउवासहित पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेता डा. रामशरण महतलगायत नेताहरू सिंहदरबार पुगेका थिए ।

सम्बन्धित समाचार

नेकपा स्थायी कमिटी बैठक शुक्रबारसम्म स्थगित

काठमाडौं, २४ असार-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आज बिहान ११ बजे बस्ने भनिएको स्थायी समिति बैठक पनि स्थगित भएको छ । नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी...

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच चुनावी तालमेलमा हस्ताक्षर

विराटनगर, १० वैशाख ।  संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र यूवा किसान मोर्चा बिच स्थानीय तह चुनावमा तालमेल गर्ने सहमति भएको छ । विराटनगरस्थित होटल विगमा शनिबार मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको उपस्थितिमा मञ्चका संघीय...

मापसे गरेर एम्बुलेन्स चालकको विराटनगरमा आतंक, चार वटा सवारीलाई दिए ठक्कर

विराटनगर । विराटनगरको हस्पिटल चोकमा मादक पदार्थ सेवन (मापसे) गरी एक जना एम्बुलेन्स चालकले आतंक मच्याएका छन् । मोरङको रतुवामाइ नगरपालिका – ५ का वर्ष २९ का सुफल मुर्मुले मापसे सेवन गरेर मंगलबार राती चलाएको...

मोरङमा चीनियाँ राष्ट्रपति सि जिनपिङबारेको पुस्तक वितरण

विराटनगर, माघ १०=मोरङका विभिन्न स्थानमा चीनका राष्ट्रपति सि जिनपिङकाबारे लेखिएको पुस्तक वितरण गरिएको छ । चीनको अर्थिक समृद्धिका लागि जिनपिङको सोच र उनले अघि सारेका योजनालगायतका विषय समेटेर प्रकाशित भएको पुस्तक जिल्लाका विभिन्न स्थानीय तह,...

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना संक्रमण

काठमाडौं, २६ साउन-भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनले सामाजिक संजाल ट्विटरमा ट्विट लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । उनले आज गरिएको अस्पताल भिजिटका क्रममा...

तेस्रो प्याब्सन कप : विराटनगरको ग्यालेक्सी, मदरल्याण्ड, दर्पन र मोर्डन एराको विजय सुरुवात

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका चार वटा विद्यालय विजय भएका छन् । प्याब्सन विराटनगरको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा ग्यालेक्सी, मदरल्याण्ड एकाडेमी, दर्पन र मोर्डन एरा स्कुल विजय...

विराटनगर महानगरका वडामा एमालेको बर्चश्व

विराटनगर, ७ जेठ । विराटनगर महानरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा एमालेकी शिल्पा कार्की फराकिलो मतान्तरले विजयी भएका छन् । सार्वजनिक गरिएको अन्तिम मतपरिणाम अनुसार मोयरमा कोइराला ८७१५ र उपमेयरमा कार्की...

थप ८२१ जनामा कोरोना पुष्टि, संक्रमणबाट मृत्यु हुने १७ सय नाघे

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४२३ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ३१७ महिला र ५०४ पुरुषमा कोरोना भाइरस...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्