सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

 न्यूज विराट
सुनवर्षीमा अक्सिजनसहित २० बेडको आइसोलेन केन्द्र सञ्चालन

विराटनगर, ५ जेठ । नयाँ भेरियन्टको कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि मोरङको सुनवर्षी नगरपालिकाले सुविधासम्पन्न आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलँदै गएपछि नगरपालिकाले वडा नं. २ स्थित अमरदह स्वास्थ्य चौकीमा अक्सिजनसहितको सुविधासम्पन्न २० शैयाको आइसोलेसन केन्द्र बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।

अस्पतालहरुमा अक्सिन र बेडको अभाव भएर संक्रमितको उपचारमा समस्या भइरहेकाले नगरका अक्सिजन चाहिँने संक्रमितको उपचारका लागि आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको नगरप्रमुख कालीप्रसाद दासले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो आइसोलेसन केन्द्रमा संक्रमितको उपचारका लागि पब्लिक हेल्थ अफिसर, एमबिबिएस चिकित्सकसहित १६ जना स्वास्थ्यकर्मीको टोलि परिचालन गरिएको छ । उहाँले आवश्यक परेको खण्डमा थप स्वास्थ्यकर्मी परिचालन गरिने बताउनुभयो । नगरप्रमुख दासले संक्रमितको संख्या थप बढ्दै गएको खण्डमा वडा नं. ९ स्थित वीपी सेवा केन्द्र डाईनिया र नगरपालिकाका सवै स्वास्थ्य चौकिमा आईसोलेसन सेन्टर निर्माण गर्ने तयरिसमेत थालिएको बताए ।

सम्बन्धित समाचार

धेरै कोरोना संक्रमण भएका देशको सूचीमा भारत १५औँ स्थानमा

एजेन्सी, बैशाख १७-कोरोना भाइरस (कोभिड-१९) संक्रमण धेरै फैलिने देशहरूमध्ये छिमेकी राष्ट्र भारत १५औँ स्थानमा पुगेको छ । विश्वभर ३१ लाख ३९ हजार ४ सय ७१ जनामा कोरोनाको संक्रमण देखिएकोमा भारतमा ३१ हजारभन्दा बढीमा संक्रमणकाे पुष्टि...

लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं, १५ वैशाख-गृह मन्त्रालयले लकडाउनलाई थप कडाइ गर्ने भएको छ । सवारी साधनमा हुलमुलका साथ यात्रा गर्दा कोरोना संक्रमणले थप जटिलता निम्त्याउन सक्ने भन्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको हो । गृह मन्त्रालयले सबै जिल्ला...

भारतको उत्तर प्रदेशमा न्यायाधीशकै अगाडि अभियुक्तको हत्या

एजेन्सी, पुस १–भारत उत्तर प्रदेशको बिजनोर जिल्लास्थित सीजेएम कोर्टमा न्यायाधीशकै अगाडि एक अभियुक्त मारिएका छन् । पेशीमा आएका हत्याका दुई अभियुक्तलाई केही व्यक्तिले गोली हानेका हुन् । दुईमध्ये एकको अदालतभित्रै मृत्यु भएको छ भने अर्का...

क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँ ‘पिनट’ मात्र हुन्छ : कोइराला

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले क्यान्सरका बिरामीको उपचारका लागि सरकारले दिने गरेको एक लाख रुपैयाँ सहुलियत ‘पिनट’ मात्र हुने बताएका छन् । आइतबार मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर...

वीरगञ्जका सरसफाइकर्मी हड्तालमा

जनकपुर, १८ जेठ-सरसफाइकर्मी हड्तालमा बसेपछि वीरगन्ज महानगरको फोहोर शनिबारदेखि उठ्न सकेको छैन । फोहोर उठाउन सडकमा निस्किँदा प्रहरीले कुटपिट गरेको भन्दै महानगरपालिकाका सरसफाइकर्मी हड्तालमा बसेका छन् । सरसफाइमा खटिने कर्मचारीलाई प्रहरीले अवरोध गर्दै हातपात गर्न...

विद्यालयका क्वारेन्टाइन हटाउने निर्णय

विराटनगर, १५ असोज–मोरङका शैक्षिक संस्थामा रहेका रहेका क्वारेन्टाइनहरुलाई तत्काल हटाइने भएको छ । जिल्ला कोरोना संक्रमण व्यवस्था समितिको बैठकले क्वारेन्टाइन सञ्चालन भइरहेका सबै स्थानीय तहहरूलाई शैक्षिक संस्थाबाहेक अन्य स्थानमा क्वारेन्टाइन सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिएको...

दुई न्यायाधीशमा कोरोना

धनुषा, साउन १६–उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ ।  ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत...

झापामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

विराटनगर, १४ जेठ-बुधबार झापामा थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट स्वाब परीक्षणका क्रममा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्