मोरङको रंगेलीमा घाँटी रेटेर महिलाको हत्या

 न्यूज विराट
मोरङको रंगेलीमा घाँटी रेटेर महिलाको हत्या

विराटनगर, ५ जेठ । दक्षिणपूर्वी मोरङको रंगेलीमा घाँटी रेटी महिलाको हत्या भएको छ । रंगेली–३ स्थित तिलुवा चोकस्थित नहरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा एक महिलाको शव फेला परेको हो ।

स्थानीय बेचन यादवकी श्रीमती २४ वर्षीया अनिता यादवको शव फेला परेको इलाका प्रहरी कार्यालय रंगेलीमा प्रहरी निरिक्षक अनमोल खड्काले जानकारी दिए । उनले पानी नभएको सुख्खा नहरमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको बताए ।

प्रहरीका अनुसार महिलाको हत्यामा कस्तो खालको हतियार प्रयोग गरिएको हो भन्ने यकिन भइसकेको छैन । हत्यामा संलग्नको पनि पहिचान हुन सकिरहेको छैन । घटनास्थलमा प्रहरी निरीक्षक खड्का नेतृत्वको टोली पुगेको छ । खड्का नेतृत्वको टोलीले हत्यामा संलग्नको खोजि कार्य तिब्र पारेको जनाइएको छ ।

सम्बन्धित समाचार

युवालाई रोजगार बनाउन उद्योग संगठनले सञ्चालनमा ल्यायो ‘कर्मशिल डट कम’

विराटनगर, २१ माघ । वेरोजगार युवायुवतीलाई रोजगार उपलव्ध गराउन आजदेखि कर्मशिल डट कम (karmashil.com)अनलाईन पोर्टल सञ्चालनमा आएको छ । उद्योग संगठन मोरङ र इन्स्योर परियोजनाद्वारा संयुक्त रुपमा संचालित पोर्टलले प्रदेश १ का उद्यमी व्यवसायीहरुलाई आवश्यक...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा मानव सेवा आश्रमलाई पाँचौ पटक खाद्यान्न हस्तान्तरण

विराटनगर, २८ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले विराटनगरस्थित मानव सेवा आश्रमलाई खाद्यान्न हस्तान्तरण गरेको छ। क्लबले एक कार्यक्रमकाबीच पाँचौ पटक मानव सेवा आश्रम र सो आश्रमका दुई वटा शाखामा...

प्रहरीकै अगाडि हतियार फ्याँक्ने अझै फरार  

काठमाडौं, १४ साउन-प्रहरीकै अगाडि हातहतियार फ्याकेर भाग्ने व्यक्तिलाई पक्राउ गर्न प्रहरी असफल भएको छ । सवारी जाँच गर्ने क्रममा काठमाडौंको कमलादीमा मंगलबार बा ६ च ५५१९ नम्बरको स्कारपियो गाडी रोक्न खोज्दा नरोकी गति बढाएपछि प्रहरीले...

सप्तरीमा द्रुत परीक्षण सुरु, ३८ जनाको नेगेटिभ

सप्तरी, १ बैशाख-सप्तरीमा कोरोनाभाइरस जाँचका लागि ‘¥यापिड डाइग्नोस्टिक टेस्ट’ (आरडिटी) विधिबाट द्रुत परीक्षण सुरु भएको छ । क्वारेन्टाइनमा रहेका र ‘फिभर क्लिनिक’ मा जचाउँन आएका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर सो विधिबाट परीक्षण सुरु गरेको जिल्ला...

बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु, ओली पनि सहभागी

काठमाडौं, २० मंसिर-नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा सचिवालय बैठक सुरु भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए । पार्टी सचिवालय बैठक सुरु भएको र...

आगलागीबाट १५ लाखको क्षति

विराटनगर, चैत ११–उदयपुरको त्रियुगा नगरपालिका–२ जोगीदहका हर्क बहादुर बिष्टको घरमा आगलागी हुँदा करिव १५ लाख बराबरको क्षति भएको छ । सोमवार दिउँसो साँढे ३ बजेको समयमा घरमा बिद्युत सर्ट भई अचानक आगलागी हुँदा सेन्टिबेराको २...

दिल्लीको एक अदालतमा गोली हानाहान, तीन जनाको मृत्यु

एजेन्सी, ८ असोज । भारतको राजधानी दिल्लीस्थित एक अदालतमा फाइरिङ भएको छ । उक्त गोली हानाहानमा परी तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार दिल्लीस्थित 'रोहिणी कोर्ट'को कोर्ट नम्बर एकबाहिर फाइरिङ...

थप १२ हजार ८ जनामा कोरोना पुष्टि, आठ जनाको मृत्यु

काठमाडौं, ११ माघ । नेपालमा थप १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाको नमूना परीक्षण गर्दा १२ हजार ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्