शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

 न्यूज विराट
शववाहन नहुँदा डोजरले व्यवस्थापन गरिँदै कोरोना संक्रमितको शव

तनहुँमा शववाहनको अभाव खड्किएको छ । जिल्लामा एउटा पनि शववाहन छैन । कोभिड– १९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी सुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने सङ्क्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताए । उनका अनुसार व्यास नगरपालिका बाहेकका स्थानीय तहमा शववाहन नहुँदा समस्या भएको छ ।

शववाहनको अभावमा देवघाट गाउँपालिकामा डोजरमा राखेर कोरोना सङ्क्रमितको शव व्यवस्थापन गरिएको छ । देवघाट– ५ निवासी ६८ वर्षीया महिलाको शव आफन्तले डोजरमा राखेर घाटसम्म पुर्याएका हुन् ।

गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले शववाहनको आवश्यकता भए पनि गाउँपालिकाको भौगोलिक अवस्थाका कारण शववाहन किन्ने योजना नबनाइएको बताए ।

‘देवघाटको वडा नं १, २, ३, ४ दुर्गम ठाउँ हो । त्यहाँ सङ्क्रमितको मृत्यु भयो भने पीपीई लगाएर आफन्तले शव बोकेर लैजानुपर्छ, त्यहाँ शववाहन लैजान सक्ने स्थिति छैन,’ थापाले भने । थापाका अनुसार गाउँपालिकासँग एम्बुलेन्स पनि छैन ।

व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ । नगर क्षेत्रभित्रका बासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहन भाडामा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

‘नगरपालिकामा एउटा शववाहन छ तर त्यो पुरानो भएकाले जुनसुकै बेला धोका हुनसक्छ, त्यही भएर एउटा शववाहन भाडामा लिएका छौँ,’ उनले भने, ‘सङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म पुर्याउन एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।’

सम्बन्धित समाचार

इंग्लिस प्रिमियर लिगमा टोटनह्यामको महत्वपूर्ण जीत

एजेन्सी, ११ कात्तिक-इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा टोटनह्याम हट्सपर विजयी भएको छ ।  टोटनह्यामले गएराति बर्नलीलाई उसकै मैदानमा १–० ले पराजित गरेको हो । टोटनह्यामको सन हेङ्ग–मिनले निर्णायक गोल गरे । ह्यारी...

पेट्रोलियम पदार्थको मूल्य यथावत्

काठमाडौं, ३ जेठ-नेपाल आयल निगमले इन्धनको खपत अत्यन्त न्यून रहेको भन्दै तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको जनाएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेशन (आइओसी) बाट आज प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ...

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ जनामा कोरोना संक्रमण

विराटनगर, १६ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३३ जनामा कोरोना संक्रमण भएको छ । ३३२ जनाको पीसीआर परीक्षण गर्दा ३० र २२९ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको सामाजिक विकास...

धनुषा र महोत्तरीमा चट्याङ लागेर २ जनाको मृत्यु

जनकपुर, १९ जेठ-चट्याङ लागेर धनुषा र महोत्तरीमा २ जनाको मृत्यु भएकाे छ । चट्याङ लागेर धनुषाको मिथिला नगरपालिका-७ऽ केमलीपुरकी ४८ वर्षीया छिनमाया काफ्ले र महाेत्तरीकाे महोत्तरी गाउँपालिका-१ का ४५ वर्षका इन्दल यादवको मृत्यु भएको हाे...

नेपाल बिजनेस कलेजका विद्यार्थीले सांगीतिक साझ गर्दै, उदय र मनिलाले प्रस्तुती दिने

विराटनगर । विराटनगर – ११ मा रहेको नेपाल बिजनेस कलेजका विद्यार्थीहरूले कपल जोडीहरुको लागि विराटनगरमै पहिलो पटक सांगीतिक साझ आयोजना गर्ने भएको छ ।‘द टाइमलेस टियुनेसू’ नाम दिइएको यो सांगीतिक कार्यक्रम भदौ १४ गते विराटनगरको...

उज्वेकिस्तानले खसाल्यो अफगान सैन्य विमान

एजेन्सी, १ भदौ । उज्वेकिस्तानले अफगानिस्तानको एक सैन्य विमान खसालेको छ । उज्वेकिस्तानको रक्षा मन्त्रालयले सीमा उल्लंघन गरेको अफगान सैन्य विमानलाई खसालेको जनाएको हो । उक्त विमानमा कति सवार थिए र उनीहरूको अवस्था कस्तो छ...

भारतमा २४ घण्टामा कोरोना संक्रमित ८ सय ६१ जनाको मृत्यु

एजेन्सी, साउन २५-भारतमा विगत २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिको संख्या ६४ हजार ३ सय ९९ जना रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोनाभाइरस संक्रमित व्यक्तिमध्ये...

नेपालमा थप ३१२५ जनामा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं, १८ साउन । नेपालमा थप ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप  ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्