भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

 न्यूज विराट
भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमितलाई आवश्यक पर्ने भेन्टिलेर, अक्सिजन र औषधिको व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले आज उक्त आदेश जारी गर्दै  कोरोना भाइरसको संक्रमण भएको व्यक्ति उपचार नपाएर मर्ने अवस्था आउन नदिनका लागि कोभिडको उपचार हुने भनिएको कुनै पनि अस्पतालमा सघन उपचार कक्ष तथा भेन्टिलेटरको व्यवस्था गर्न भनेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय एवं गृह, स्वास्थ्य तथा जनसंख्या, कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयलाई विपक्षी बनाई अधिवक्ता मनीषकुमार श्रेष्ठले आइतबार दायर गरेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइमा उक्त आदेश जारी भएको हो ।

‘हरेक अस्पताल तथा स्वास्थ्य संस्थामा पर्याप्त मात्रा विशेषज्ञ पठाई उचित उपचारको व्यवस्था गर्नू, आईयीयू तथा भेन्टिलेसनको प्रयोग गर्नका लागि विशेषज्ञको व्यवस्था गर्नू’, आदेशमा भनिएको छ, ‘त्यतिकै थन्किएर रहेका आईसीयू तथा भेन्टिलेसन मेसिनहरूलाई चुस्त र दुरुस्त बनाइ प्रयोगमा ल्याउनू ।’

नेपालको संविधानको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगर्न आदेशमा भनिएको  छ । रासस

सम्बन्धित समाचार

सर्वोच्चको ठहर : कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले संविधानसम्मत विश्वासको मत लिएको भन्न मिल्दैन

विराटनगर । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते लिएको विश्वासको मतमाथि संवैधानिक प्रश्न उठाएको छ। प्रदेशसभा बैठकमा अध्यक्षमण्डलका दुई दुईजना सदस्यहरुले अध्यक्षता गरेको भन्दै सर्वोच्चले रिट निवेदक नेकपा एमाले संसदीय...

कोरोना त्रासः प्रदेश नं. १ मा उच्च सर्तकता

विराटनगर, फागुन २२–कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिनका लागि प्रदेश नं. १ मा उच्च सर्तकता अपनाईएको छ । प्रदेश सरकारले शंकास्पद व्यक्तिको नमूना संकलन, संक्रमितको उपचारका लागि आइसोलेसन वार्ड, आपतकालिन स्वास्थ्य व्यवस्थापन केन्द्र, सीमा...

चुच्चे नक्साबिना छापिएका पाठ्यपुस्तक जफत गरी प्रकाशकमाथि कडा कार्वाही गर्न शिक्षामन्त्रीको निर्देशन

काठमाडौं, जेठ २६ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले चुच्चे नक्साको ठाउँमा पुरानो नक्सा छापेर बिक्रि गरेको पुस्तक जफत गर्न निर्देशन दिनुभएको छ । केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा...

महानगरद्वारा टोली गठन गरेरै सामुदायिक विद्यालयहरूको अनुगमन सुरु

विराटनगर । सामुदायिक विद्यालयकोे गुणस्तर वृद्धिका लागि विराटनगर महानगरपालिकाले टोली नै गठन गरेर अनुगमनलाई तीव्रता दिएको छ ।मेयर नागेश कोइराला अध्यक्ष रहेको शिक्षा समितिबाठ गठित अनुगमन समितिले विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित विभिन्न सामुदायिक विद्यालयहरूको अनुगमन...

यस्तो छ आज दिनभर र राति देशभरकाे माैसम

काठमाडौं, २४ माघ । देशभर  आजकाे माैसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । प्रदेश १ का पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएकाे माैसमविद्ले जानकारी दिएका छन् ।...

हाइड्रोक्सिक्लोरोक्विन सम्बन्धी अनुसन्धान प्रतिवेदन फिर्ता

एजेन्सी, जेठ २३-मलेरियाको औषधि हाइड्रोक्सिक्लारोक्विन कोरोना भाइरसका विरामीको उपचारमा घातक रहेको निष्कर्षसहितको अनुसन्धान प्रतिवेदन फिर्ता लिइएको छ । हाइड्रोक्सिक्लोक्विन औषधि कोरोना भाइरसका संक्रमितलाई दिएमा मृत्यु हुने  वा मुटुमा समस्या आउने जोखिम रहेको सो प्रतिवेदनमा औल्याइएको...

अब स्वास्थ्य बीमाबाट २ लाखसम्मको उपचार सुविधा, आठ जटिल रोगका बिरामीलाई राहत

विराटनगर । स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध नागरिकले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आठ प्रकारका जटिल रोगका बिरामीका लागि उपचार सहायता रकम १ लाखबाट बढाएर २...

तलब नपाएपछि यूएईको एमपी होटलमा कार्यरत मजदुर आन्दोलित

काठमाडौं, जेठ ४-यूएईको एमपी स्टार होटलमा कार्यरत नेपाली कामदारहरू आन्दाेलित भएका छन् । उनीहरू कम्पनीले विगत २ महिनादेखि तलब नदिएपछि आन्दोलनमा उत्रिएका हुन् । उनीहरूका अनुसार होटलले विगत २ महिनादेखि तलब दिएको छैन । साे...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्