भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

 न्यूज विराट
भारतमा दैनिक कोरोना संक्रमितको संख्या तीन लाखबाट घट्यो

एजेन्सी, ३ जेठ । कोरोना भाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय संकट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप दुई लाख ८१ हजार ३६८ जना संक्रमित थपिएका छन् । यो संख्या गत अप्रिल २१ तारिख पछिकै सबैभन्दा कमी भएको भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा दुई लाख ८१ हजार ३६८ जना नयाँ संक्रमित भेटिएका हुन् । सो मन्त्रालयले यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरूमा यो संख्या घट्दै गएको देखिएको हो ।

त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीमा गएको २४ घन्टा यता यहाँका ४ हजार १०६ जनाको यो कारोना संक्रमणबाट मृत्यु भएको छ ।  सोमबार सार्वजनिक भएको यो तथ्यांकसँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ७४ हजार ३९० जनाको ज्यान गएको पनि बताइएको छ ।

मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४९ लाख ६५ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।  भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ ।

गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कर्फ्यू लगाएका छन् ।

पछिल्ला केही दिनहरूमा कोभिडका संक्रमितहरूको संख्या बढेसँगै ठूलो संकट बढ्दै गएको छ । यो संकटको सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति र अत्यावश्यक औषधि तथा अस्पतालमा अत्यावश्यक सेवाको पनि चरम अभाव भएको छ ।

सम्बन्धित समाचार

पार्कोटे र लिमे जातका भैँसीपालन प्राथमिकतामा

कास्की, १० असार-प्रदेश सरकारले गण्डकी प्रदेशमा पाइने रैथाने पार्कोटे र लिमे जातका भैँसीपालनलाई प्राथमिकतामा राखेको छ । सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटमा स्थानीय प्रजातिका पशुवस्तु एवं कृषिजन्य उत्पादनलाई प्राथमिकतामा राखिएको हो । सरकारले स्थानीय...

सर्वोच्चले भन्यो : पीसीआर परीक्षणको दायरा बढाउनू

काठमाडौं, १ जेठ-सर्वोच्च अदालतले कोरोना भाइरसको सङ्क्रमणबाट नागरिकको जीवन रक्षा गर्न तत्कालै पीसीआर परीक्षणको दायरा बढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासले आज उक्त भाइरसको महामारीबाट बच्न...

तेली समाजद्धारा निःशुल्क लोक सेवा तयारी कक्षा

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ्ग र नापी पेशाकर्मी समाज मोरङ्गको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा गर्ने भएको छ । अमिन, सर्वेयर तथा नापी अधिकृतहरूका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गर्ने भएको...

‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर’ सुरू, १९ देशका खेलाडी सहभागी

पोखरा, फागुन ११–पोखरामा ‘प्याराग्लाइडिङ वर्ल्ड कप एशियन टुर- २०२०’ तथा ‘१९औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशीप’ आइतबारबाट सुरु भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजना तथा नेपाल प्याराग्लाइडिङ तथा प्याङग्लाइडिङ संघ (नेफा) र नेपाल...

विराटनगरमा दिनदहाडै युवामाथि तरबार प्रहार गर्ने दुई जना पक्राउ, ६ जना अझै फरार

विराटनगर । विराटनगरको व्यस्त बजारमा दिनदहाडै एक युवामाथि तरबार प्रहार गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका – ८ का २२ वर्षीय समीर हुसेन र विराटनगर – ६ का...

आज सुनचाँदी अहिलेसम्मकै महँगो 

काठमाडौं, ९ साउन -शुक्रबार सुनको मूल्य इतिहासकै महँगो भएको छ । एकैदिन तोालमा १३ सय रुपैयाँले बढेर सुनको मूल्य इतिहासकै महँगो भएको हो । बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा १८२ संक्रमित थपिए, १७४ डिस्चार्ज

विराटनगर, १५ असोज–पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप ३ जनाको मृत्यु भएको छ । सुनसरीका दुई पुरुष र मोरङकी एक महिलाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७४ पुगेको सामाजिक...

भगत परिवारको घर भत्काएपछि रतुवामाईका मेयर विवादित, मेयरविरुद्ध खनिए स्थानीय राजनीतिक दल

विराटनगर, बैशाख २३–मोरङको रतुवामाई नगरपालिकाका मेयर रवीनले राई स्थानीय गंगाप्रसाद भगतले बनाउँदै गरेको घर भत्काइदिएपछी विवाद सुरु भएको छ । रतुवामाई–५ गोविन्दुर बजार स्थित भगतको आधा बनिसकेको घर मेयर राई आफै पुगेर भत्काइदिएपछी विवाद सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्