कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

 न्यूज विराट
कोरोना संक्रमणका कारण युवा नेता नवराज शंकरको निधन

विराटनगर, २ जेठ । कोरोना भाइरसको संक्रमणका कारण नेकपा एमालेका युवा नेता नवराज शंकरको निधन भएको छ । नेकपा एमाले इलामका कार्यालय सचिव र एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य रहेका ३६ वर्षीय शंकरको मोरङको बुढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार विहान निधन भएको हो ।

एक साताअघि कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर, स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका शंकरको उपचारकै क्रममा मृत्यु भएको विराट शिक्षण अस्पतालले जनाएको छ ।

युवा नेता शंकर राजनीतिसँगै सामाजिक अभियान र र दलित आन्दोलनमा समेत सकृय थिए । शंकर उत्पीडित अधिकार मञ्च इलामका अध्यक्ष समेत थिए । उनले दलित अधिकारका सवालमा पैरवी समेत गर्दै आएका थिए । उनका श्रीमती र १५ महिनाकी एक छोरी छन् ।

सम्बन्धित समाचार

नेकपा (एमाले) मोरङ अध्यक्षमा पुनः ऋषिकेश पोखरेल

विराटननगर, ३० भदौ । नेकपा (एमाले) मोरङको बुधबार बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा पुनः ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण...

काठमाडौं उपत्यकामा थपिए आज ४०४ कोरोना संक्रमित

बिहीबार काठमाडौं उपत्यकामा ४ सय ४ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । संक्रमित हुनेमा १ सय ६० महिला र २ सय ४४ जना पुरुष रहेका छन् । आज काठमाडौंका ३ सय २८, भक्तपुरका...

प्रदेश १ मा १ सय ६६ संक्रमित थपिए

विराटनगर, ६ असोज-प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ७६, मोरङमा ५६, झापामा २४, संखुवासभामा ३, तेह्रथुममा १ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास...

रूकुम घटनाका पीडितलाई कर्णाली प्रदेशले राहत दिने थप

सुर्खेत, १३ जेठ-कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशसभाको छैठौँ अधिवेशनलाई सम्बोधन गर्दे रुकुम जिल्लामा घटेको घटना दुःखद भएको बताएका छन् । एक्काइसौँ शताब्दीमा पनि जातका नाममा भएको यो घटनाले प्रदेश सरकारलाई स्तब्ध भएको बताए ।...

विमानस्थलबाट सय ग्राम सुनसहित युवक पक्राउ

कुवेतबाट काठमाडाैं आएका रुपन्देहीका एक युवक त्रिभुवन विमानस्थलबाट सुनसहित पक्राउ परेका छन् । २८ वर्षका ती युवक जजिरा एयरबाट मंगलबार बिहान काठमाडाैं आएका थिए । उनकाे साथबाट एक सय ग्राम सुन बरामद भएकाे प्रहरीले जनाएकाे छ । विमानस्थल...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

सुनको मूल्य घट्यो

काठमाडौं, २९ मंसिर । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ ।अधिल्लो दिन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा मा कारोबार भएको सुनको मूल्य प्रतितोला आज ५०० रुपैयाँले घटेको हो...

ओलीलाई जवाफ दिँदै प्रचण्डले पेस गरे राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ कात्तिक-लामो विवाद र रस्साकस्सीपछि शुक्रबार बसेको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २२ पेज लामाे राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा पार्टीभित्रका अन्तरविरोध र विवाद समाधानबारे उल्लेख गरिएको बताइएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्